Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
  • #जिप दुर्घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती
विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १९, २०८१

म्याग्दी- रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुर्व खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आउनुभएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ ।

“हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरुलाई नै अधिया र बन्दकी दिएका थियौँ,” उनले भने “कोरोनापछि गाउँ फर्किएर मेरो पुख्र्याैलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु ।” सिमकाजी ब्रर्दश भेञ्चर प्रालिमार्फत रैथाने गौरिया, जेठोबुढो धान, मकै र गहुँ खेतीका साथै खत्रीले भैँसीपालन गरेका छन् । म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, शेरा, पिपलबोट, रणवाङ र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ । खत्रीका पूर्खाहरुले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए । खत्रीले यस वर्ष एक सय मुरी धान फलाएका छन् । बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राख्नुभएको छ ।

“घरमा आवश्यक पर्ने २५ मुरी राखेर ७५ मुरी बिक्री गर्छु,” खत्रीले भन्नुभयो “धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी रु एक हजारका दरले बिक्री हुन्छ ।” पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरिया जातको धान म्याग्दीको रैथाने बाली हो । सहर बजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारी गौरिया धानको चामलका उपभोक्ता हुन् ।

“गौरीया धान पाक्दा खेतनै बास आउँछ । भान्छा कोठामा गौरियाको भात पकाउँदा आगनसम्मै बास्ना आउँछ,” खत्रीले भने “गौरियाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन् । गौरियानै खोज्छन् ।” स्थानीयवासीका अनुसार चार पुस्ता अघिदेखि खेती हुॅंदै आएको गौरियाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन् । म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका किसान छविलाल कँडेलले बताए ।

गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरिया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ । गौरिया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुन्छ । पकाउँदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ ।

सुत्केरी, किरिया बसेकालाई गौरिया धानको चामलको भात उपभोगी हुने बताइन्छ । पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन् । वार्षिक रु १० लाख भन्दा बढीको धान, चामल, दूध, खसीबोका र कुखरा बिक्री हुने खत्रीले बताउनुभयो । एक वटा स्थानीय लिमे–पारकोटे र दुई वटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनी पालेका छन् । हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनले भैँसीको सङ्ख्या बढाउने सोचमा हुनुहुन्छ । खत्रीकी श्रीमतीले उहाँलाई खेतीपाती र व्यवसायमा साथ दिनुभएको छ । एक जनालाई नियमित र भित्र्याउने समयमा अरु धेरै जनालाई रोजगारी दिएका छन्।

वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रुपमा लिएका छन् । पूर्खाहरुले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरिया धानको भात, भैँसीको दूघदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएको छ । सिमलाई कृषि, पर्यटकीय गाउँको रुपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ ।

बेनीदेखि १२ दशमलब पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिङ्गा तातोपानीदेखि चार दशमलब पाँच किलोमिटर नजिक छ । रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपाली सहरमा बसाइँसराइ र विदेशिने क्रम बढिरहेका बेला विदेश र बजारबाँट गाउँ फर्केका खत्रीले सकारात्मक सन्देश दिनुभएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती खत्रीले बताए । “गाउँमा पनि सम्भावना र अवसर छ भनेर उदाहरण प्रस्तुत गर्नुभएका धु्रबको प्रयासलाई हामीले पनि साथ दिएका छौँ,” उनले भने “सिम, कोत्रवाङ र तोराखेतमा सिँचाइ सुविधाका लागि गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिँचाइ योजना निर्माणाधीन छ ।” 


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
हात्ती धपाउन विद्युतीय घेराबारा
हात्ती धपाउन विद्युतीय घेराबारा बिहीबार, भदौ ५, २०८२
सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन
सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन सोमबार, भदौ २, २०८२
साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ
साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ आइतबार, भदौ १, २०८२
 जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै
 जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै शुक्रबार, साउन ३०, २०८२
भोजपुरका अधिकांश किसान किवीखेतीमा
भोजपुरका अधिकांश किसान किवीखेतीमा बिहीबार, साउन २९, २०८२
कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ
कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP