Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न,३१ विधामा अवार्ड प्रदान
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न,३१ विधामा अवार्ड प्रदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०८१

काठमाडौं -  शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न भएको हो ।

महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिए । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समापन समारोहमा स्वदेशी तथा विदेशी विजेतालाई अवार्ड प्रदान गरियो ।

यो महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मोदरले, अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको वृत्तचित्र जायदले पायो । अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतबाट देवेन्द्र जादव निर्देशित वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बंगलादेशको चलचित्र सौदाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेनसन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन्सले र अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु बृत्तचित्र द टेम्पल अफ इटर्नल साउन्डले जित्यो । अन्तर्राष्ट्रिय विधा तर्फको निर्णायकमा दक्षिण अफ्रिकाबाट क्याथेरिन सोफियानोज, भारतबाट अंकित बाघ्छी, बँगलादेशबाट साहदत्त रुसेल र नेपालबाट निर्माता निर्देशक अभिनेत्री रोशनी केसी रहेका थिए ।

Hardik health

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र सहभागी मध्य ७ वटा कथानक चलचित्र थिए । जसमा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड छक्का पन्जा ५ ले, यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौलाले र सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले पाए । सर्वोत्कृष्ट निर्देशकको अवार्ड चलचित्र तेल भिसाबाट शंकर घिमिरेले हासिल गरे भने तेल भिसाबाटै सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले र सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड ऋचा घिमिरेले हासिल गरिन् ।

चलचित्र तर्फ स्पेसल मेनसन अवार्ड चलचित्र द्रौपदीबाट ऋषिराज आचार्यले, तर्फ जुरी अवार्ड द्रौपदीबाटै अभिनेत्री अश्विनी शाहीले, उत्कृष्ट नायिकाको अवार्ड चलचित्र ऐँचो पैँचोबाट वर्षा राउतले र ऐँचो पैँचोबाटै कृषा चौलागाईँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हाँसिल गरे । नव अभिनेत्रीको अवार्ड चलचित्र संकल्पबाट अनुष्का बुढाथोकीले पाइन भने संगीतकारको अवार्ड चलचित्र लन्डन टु पेरिसको खुला आकाश गीतबाट संगीतकार हर्कुलेस बस्नेतले प्राप्त गरे । कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे थिए ।

यस्तै राष्ट्रिय विधामा उत्कृष्ट लघु चलचित्रको अवार्ड द ट्री म्यानबाट सन्तोष सुवेदीले, लघु चलचित्र तर्फनै उत्कृष्ट अभिनयको अवार्ड नो स्मोकिङ प्लिजबाट कृपा प्याकुरेलले, र स्पेसल मेन्सन अवार्ड नो स्मोकिङ प्लिजबाटै भूपेन्द्र कुमार खड्काले प्राप्त गरे । म्युजिकल लघु चलचित्र र निर्देशकको अवार्ड गीति चलचित्र तिमि आँसु रहेछौ बाट सोनम पाख्रिनले, सर्वोत्कृष्ट सांगीतिक चलचित्र अभिनेताको अवार्ड भुल्नै गारो भो बाट सनम कठायतले, सांगीतिक लघु चलचित्रमै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि यही गीतबाट पवित्र शाँकी (मिस पबी)ले, सर्वोत्कृष्ट सांगीतिक चलचित्र गायकको अवार्ड संगै जुनी काटम्लाबाट  हेमन्त शिशिरले र सांगीतिक लघु चलचित्र डान्स कोरियोग्राफरको अवार्ड थिंक अबाउट युबाट रविता मगरले हासिल गरिन् ।

सर्वोत्कृष्ट वृत्तचित्र र निर्देशकको अवार्ड डिजाईन्ड टु डिसापेयरबाट शिव पुरीले हासिल गरे । डिजाईन्ड टु डिसापेयरबाटै शिव पुरीले सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि चुमे । राष्ट्रिय आदिबासी चलचित्रको अवार्ड सागर केरुङ निर्देशित चलचित्र के २ ले, लघु विधार्थी चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन अभिलाषीले पाए । यो समूहको निर्णायकमा अभिनेता मोडल सागर लम्साल क्षत्री, भिडियो सम्पादक रविन बिक, गायिका सुजता केसी र गायक रुद्र शेखर शर्मा थिए । यस्तै यो वर्षको चलचित्र पत्रकार पुरस्कार लेन्स नेपालका पत्रकार विष्णु प्रसाद सुवेदीले प्राप्त गरे ।

संस्कृति मन्त्रीसहित सो समारोहका अतिथिहरू श्रीलँकाको लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्धय जगप्रसाद शर्मा, सिता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जेआईजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पटलगायतले अवार्ड वितेज चलचित्रकर्मीलाई विशेष सम्मान गरे ।
 


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP