Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • लाखौं लिएर गजेन्द्र बेपत्ता,क्रोएसिया जाने भन्दै पैसा बुझाएकाहरु अलपत्र
क्रोएसिया जाने भन्दै पैसा बुझाएकाहरु अलपत्र लाखौं लिएर गजेन्द्र बेपत्ता,क्रोएसिया जाने भन्दै पैसा बुझाएकाहरु अलपत्र
ममता थापा
ममता थापा आइतबार, फागुन ११, २०८१
  • काठमाडौं ब्राइट ह्युमन रिसोर्स प्रालिका सञ्चालक गजेन्द्रबहादुर तामाङ दुई वर्षदेखि फरार 
  • आफू भारत रहेको र उजुरी नहाल्न भन्दै पीडितहरुलाई अनुरोध गरे पनि वैदेशिक रोजगार विभाग बेखबर
  • विभागमा मेनपावरले राखेको धरौटिबाट पीडितको रकम फिर्ता गरिदिन भन्दै हारगुहार

काठमाडौं– सर्लाही हरिवनका राजकुमार तामाङ रोजगारीका लागि जसरी पनि युरोप छिर्ने योजनामा थिए । काठमाडौंमा केही दिनको सोधखोजपछि उनले रोजेजस्तै र खोजेजस्तै मेनपावर भेटाए सुकेधारामा । म्यानपावरको नाम थियो – काठमाडौं ब्राइट ह्युमन रिसोर्स प्रालि । ‘क्रोएसिया छिर्न पाउने भएपछि किन अरुतिर धाउने ?’ राजकुमारले यहीबाट जाने निधो गरे ।

मेनपावरका सञ्चालक थिए गजेन्द्रबहादुर तामाङ । गजेन्द्र भेटिएपछि राजकुमारलाई आफ्नै दाजुभाइ झैं लाग्यो । गजेन्द्रले पनि राजकुमारलाई भन्थे, ‘ल भाइ अब ढुक्क हुनु ।’ गजेन्द्र राजकुमारको सुखदुःख सोध्थे । बाआमाको सञ्चोबिसञ्चो सोध्थे । राजकुमारले नबुझेका धेरै प्रक्रिया आफै गरिदिन्थे । यसरी नै एकदिन हरिवनमै भएको बेला गजेन्द्रको फोन आयो– ल भाइ भिजा आयो ।

राजकुमारले आफूसँग भएको केही पैसामा छिमेकीसँग ऋण मागेर साढे तीन लाख पुर्याए । अनि काठमाडौं आएर गजेन्द्रको हातैमा थमाइदिए । ‘अरुको म भन्न सक्दिनँ, तिम्रो काम जसरी पनि हुन्छ नभए पैसा फिर्ता गरिदिन्छु,’ गजेन्द्रले त्यतिबेला भनेका थिए । त्यसपछि न त राजकुमार क्रोएसिया जान पाए न त गजेन्द्र नै भेटियो । 

Hardik health

‘बेराजगार थिएँ, पैसा कमाउन यूरोप जान पाए सहज हुन्थ्यो कि भनेर सरसापट गरेर पैसा खोजें । अहिले ऋणको ब्याज तिर्दै ठिक्क छ,’ राजकुमार भन्छन् । यस्तो समस्या परेकालाई सघाउन भन्दै सरकारले वैदेशिक रोजगार विभाग स्थापना गरिदिएको छ । आफ्नो समस्या समाधान गरिदिन्छ कि भनेर राजकुमार विभाग धाएको दुई वर्ष पुगिसक्यो । तर उनको समस्याको सुनुवाई कहिले हुने हो कुनै पत्तो छैन । ‘विभागमा पुग्दा डिजी सापले उनकी श्रीमती चन्द्रकुमारी तामाङको नाममा पनि शेयर भएको पत्ता लाग्यो, तपाईंहरुको पैसा फिर्ता हुन्छ भन्नुभएको थियो, तर पछि फेरि श्रीमतीको नाममा मुद्दा चलाउन नमिल्ने भन्नुभयो,’ राजकुमारले गुनासो सुनाए ।

गजेन्द्रकै मेनपावरबाट क्रोएसिया जाने तयारी गरेका धादिङका केशव अधिकारी अहिले  आफ्नो साढे ३ लाख रुपैयाँ फिर्ता गरिदिन भन्दै सरकारी निकाय धाउँदै छन् । ‘पैसा पाइँदैन जस्तो छ, यत्रो समय भइसक्यो । सबैतिर पुगिसक्यौँ, कसैले केही गर्ने होइन,’ अधिकारी आक्रोशित सुनिए ।  

नुवाकोट ककनी नगरपालिकाकी सन्ध्या तामाङले पनि दुई वर्ष अगाडि साढे तीन लाख बुझाएकी थिइन् गजेन्द्रलाई । गजेन्द्रले आफू ककनीकै भएको बताएका थिए सन्ध्यालाई । आफ्नै गाउँलेले नठग्ला भन्ने विश्वास लागेको थियो सन्ध्यालाई । ‘मलाई अरुले फसायो तिम्रो पैसा दिन्छु, मिडियामा नजाउ, मलाई समातेर चौकीमा लग्यो भने कसले पैसा दिन्छ भनेको थियो,’ सन्ध्या भन्छिन् । त्यसको केही महिनापछि मेनपावर नै बन्द भयो । गजेन्द्रले आफू भारतमा रहेको जानकारी गराएको उनी बताउँछिन् । ‘यत्रो समय भइसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन्, विभाग पनि सेटिङमा चल्छ भन्छन्, हाम्रो कुरा कसले सुन्ने, बिचल्ली हुनेभयो,’ उनी भन्छिन् ।    

अछामका दीपक रावल पनि आफ्ना तीनजना भाइहरुलाई क्रोएसिया पठाउन भनेर उक्त मेनपावर पुगेका रहेछन् । गाउँका अन्य दुई जनाले पनि यूरोपको प्रोसेस गरिदिन भनेका थिए । पाँच जनाले मेनपावरलाई जम्मा १६ लाख बुझाएको उनले सुनाए । ‘वेबसाइटमा हेर्दा सबै ठिकै थियो । नियत नै गलत भएपछि के लाग्छ र ?’ रावलले भने ।  गजेन्द्रले रिसोर्स देखाउँदै २०० जनाभन्दालाई ठगेको उजुरी परेको छ । नुवाकोट विदुर नगरपालिका स्थायी घर भएका गजेन्दले उनीहरुबाट साढे ३ लाखदेखि १६ लाखसम्म उठाएको देखिएको छ । गजेन्द्र दुई वर्षदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । पीडितहरुले प्रहरीमा उजुरी गरेको आठ महिनाभन्दा बढी भयो  । ‘प्रहरीले पक्रन नसकेको हो या नचाहेको हो ?’ आफैँ ठगीएपछि पीडितको आवाज उठाउँदै आएका दीपक रावल प्रश्न गर्छन् । 

नुवाकोटकै पीडितका अनुसार गजेन्द्रकी श्रीमती चन्द्रकुमारी तामाङको नाममा संस्थाको शेयर रहेको छ । तर प्रशासनले उनीहरु श्रीमान–श्रीमती नभएको भन्दै आएको थियो । पीडितले चन्द्रकुमारीलाई तीन महिनाअघि प्रहरीमा बुझाएका थिए । उक्त मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन छ । मुद्दाको पेशी भोलिका लागि रहेकोे रावल बताउँछन् । सरकारले गत जेठमा यो मेनपावरको कारोबार रोक्का गरिदिएको छ । पीडितहरुले मेनपावरको धरौतिबाट रकम फिर्ता गराइदिन माग गर्दै आएका छन् । यही मेनपावरबाट रसिया पठाएका १३ नेपाली गत जेठमा अलपत्र परेका थिए । 
 


प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP