Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सावरीसाधनको तीव्र गति नियन्त्रण गर्न अभियान सुरु
सावरीसाधनको तीव्र गति नियन्त्रण गर्न अभियान सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०८१

भक्तपुर-  जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न तीव्र गति नियन्त्रण अभियान सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि पेप्सीकोला सडकअन्तर्गत निकोेसेरा चोकबाट उक्त अभियान सुरु गरिएको हो । 

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले फराकिलो सडकमा सावरीसाधनको तीव्र गतिका कारण दुर्घटना बढेपछि यसलाई नियन्त्रण गर्न अभियान सुरु गरिएको बताए ।

परिसरले मध्यपुरथिमि नगरपालिकाको संयोजन एवं सहयोगमा ट्राफिक प्रहरी, नगरपालिका, प्रहरी वृत्त थिमि, डिभिजन सडक कार्यालय भक्तपुर, नगर प्रहरीसमेतको टोलीले आज निकोसेरा चोकदेखि पेप्सीकोला मनोहरा पुलसम्म २० ठाउँमा तीव्र गति नियन्त्रणसम्बन्धी जनचेतना एवं सूचनामलक बोर्डहरु राखेको छ ।

विसं २०८१ साउन १ गतेदेखि यही फागुन २ गतेसम्म सल्लाघारीबाट निकोसरा, बाहखा बजार, पुरानोथिमि, सानोठिमी हुँदै पेप्सीकोला सडकमा १६० सवारीसाधन दुर्घटना भएको उनले जानकारी दिए । पेप्सीकोलादेखि फराकिलो र चिल्लो कालोपत्र सडकमा सवारीसाधन तीव्र गतिमा सञ्चालन गरेका कारण बढी दुर्घटना भएको पाइएको छ । तीमध्ये ९० प्रतिशत मोटरसाइकल र स्कुटर दुर्घटनामा परेको तथ्याङ्क छ । 

Hardik health

दुर्घटना बढेपछि ट्राफिक कार्यालयले प्रतिघण्टा ४० किलोमिटरको गति निर्धारण गरेर अभियान सुरु गरेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । मनोहरादेखि सानोठिमी, निकोसेरा सल्लाघारी रुटमा प्रतिघण्टा ४० भन्दा बढी गतिमा सवारीसाधन चलाए कारबाही गरिने उनले बताए ।

नियमाअनुसार तीव्र गति हुने फराकिला सडकलाई ४० किलोमिटर र बस्तीभित्र ३० किलोमिटर प्रतिघण्टाको गति कायम गरिएको भन्दै उनले अरनिको राजमार्गअन्तर्गत मनोहरा खोलादेखि राधेराधे सूर्यविनायकसम्म प्रतिघण्टा ५० किलोमिटरको गति निर्धारण गरिएको बताए।

ट्राफिक प्रहरीले जुनसुकै बेलामा पनि गति नियन्त्रणका लागि ‘राडार गन’को प्रयोग गर्ने भएकाले तीव्र गतिमा सवारीसाधान नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।  चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका जनप्रतिनिधि रामचन्द्र थापा, डिभिजन सडक कार्यालय भक्तपरका सुपरभाइजर सजन श्रेष्ठलगायतले भक्तपुरका मुख्य सडकहरुमा यस्ता अभियान आवश्यक रहेको बताए  । 

रातिमा पनि राडार गनको प्रयोग   

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै कारबाही प्रक्रिया सुरु गरेको छ । सोमबार राति ८ देख ९ बजेसम्म एक घण्टा गरेको जाँजमा ४९ सवारीसाधन तीव्र गतिका कारण कारबाहीमा परेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । 

तीव्र गतिमा सवारीसधान चलाउने टिपर चालकले रातिको समयमा पैदल यात्री, साइकल, मोटरसाइकल तथा स्कुटर र अन्य सवारी साधनलाई ठक्कर दिने, सडकका पोल र सडक किनाराका बारहरु भाँच्ने र अरूको घरभित्र समेत छिर्ने गरी तीव्र गतिमा सवारीसाधन चलाउन थालेपछि टिपरको समेत रातिको समयमा गति मापन गर्न राडार गनको प्रयोग गरी कारबाही गर्न सुरु गरेको उनले बताए । 


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ
युवा संघको अध्यक्षमा गुरुङ शुक्रबार, माघ १६, २०८२
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा शुक्रबार, माघ १६, २०८२
हिउँदे वर्षाले काँचो इँटामा क्षति
हिउँदे वर्षाले काँचो इँटामा क्षति शुक्रबार, माघ १६, २०८२
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP