Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विचार
  • Home
  • विचार
  • अध्यादेशको विकल्पमा कानुन निर्माणलाई तीव्रता दिनुपर्छ : प्रमुख सचेतक घिमिरे
अध्यादेशको विकल्पमा कानुन निर्माणलाई तीव्रता दिनुपर्छ : प्रमुख सचेतक घिमिरे
श्यामकुमार घिमिरे
श्यामकुमार घिमिरे सोमबार, फागुन ५, २०८१

नेपाल राष्ट्रको गरिमा र ओज बढाउने मुलुकभरका राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचारलाई राष्ट्रिय समाचार समिति (रासस)ले समेट्ने प्रयास गरिरहेको छ । राससले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने कसरी भन्ने हो । एकाधिकार बजार भएसम्म मात्र राज्यद्वारा सञ्चालित सरकारी संस्थान सञ्चालन हुने विगतका अभ्यास रहेकाले राससले पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने हिसाबबाट आफूलाई तयार पार्नुपर्ने आवश्यकता छ ।

त्यसका लागि राससले आफूलाई ‘अपडेट’ गरी अघि बढ्न सक्नुपर्छ । आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्छ । आवश्यक स्रोतसाधन जुटाउँदै लैजानुपर्छ । आफ्नै खुट्टामा उभिने मानसिकता बनाउनुपर्छ । राससको प्रभावकारी प्रयोग र प्रभावकारी भूमिका र उन्नतिका लागि भोलि आउने निजी क्षेत्रका यस्ता समाचार संस्थासँग प्रतिस्पर्धा गर्ने सामथ्र्य विकास गरेर जान सकोस् । संसदीय ‘रिपोर्टिङ’मा राससले राम्रो गरिरहेको छ । राससका सबै सेवा गुणस्तरीय र प्रभावकारी रहनुपर्छ । 

यसैबीच, मुुलुकमा पछिल्लो समय पत्रकारबाट सवैभन्दा बढी प्रश्न सोधिने र चर्चामा रहेको विषय अध्यादेश हो । त्यसभित्र पनि भूमिसम्बन्धी बढी प्रश्न र चासो हुने गरेको छ । अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण छैन । अध्यादेश यसअघि पनि आएकै हुन् । अघिल्लो सरकारका पालामा पनि लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी भएकै हुन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले त्यसलाई सहजतापूर्वक ग्रहण गरी सहयोग गरेकै हो । सत्तापक्ष र प्रतिपक्षको कानुन बनाउनेतर्फ जोडबल हुनुपर्छ । 

सरकारले ल्याएका अध्यादेश कानुन निर्माण, लगानी प्रोत्साहन र सुशासनसँग जोडिएका छन् । भूमिसम्बन्धी अध्यादेश भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीसँग जोडेर आएको छ । सरकारसँग जग्गा छैन, तर पनि भूमि आयोग सधैँ बनाइराख्ने अभ्यासले निरन्तता पाउँदै आएको छ । बन, बुटियान, हाडबजार, बगर भनिएका जग्गा सरकारका नाममा छैन । त्यो जग्गा आयोगले बाँड्छ कसरी भन्ने ठूलो प्रश्न छ । नेपालमा जति पनि नम्बरी जमिन छ, त्यसको २५ प्रतिशत अव्यस्थित बसोबास छ ।

Hardik health

त्यसलाई कानुनी प्रक्रिया अपनाएर सरकारी नाममा दर्ता नगरिए आयोगले जग्गा वितरण गर्न सक्दैन । त्यो समस्या सुल्झाउन अध्यादेश ल्याइएको हो । सबै निर्वाचन क्षेत्रमा अव्यस्थित बसोबाससम्बन्धी समस्या छ । त्यसलाई सम्बोधन गर्नुपर्ने सबै राजनीतिक दललाई आवश्यकता र चुनौती छ । विरोधका लागि विरोध गर्ने ढङ्गबाट मात्र अध्यादेशमाथि टिप्पणी भएको छ । अन्यथा अध्यादेशमा विरोध गर्नुपर्ने कारण देख्दिन । हाम्रो कानुन बनाउने प्रक्रिया अत्यन्त सुस्त भएकाले अध्यादेश ल्याउन परेको हो । 

विगत २ वर्षमा जम्माजम्मी ११ वटा कानुन ऐन बनाउन सफल भइयो । त्यो पनि राष्ट्रिय महत्वका बनाइएको छैन । कानुन बनाउने गति हाम्रो धिमा छ । सरकार गठन भएको यति समय भयो उपलब्धि खोइ भनेर प्रतिपक्ष र जनताबाट पनि बारम्बार प्रश्न आइरहेकै छ । कानुनी राज्य र लोकतन्त्रमा कानुन संशोधन नगरी बस्न सकिन्छ । 

संसदीय प्रजातन्त्रमा कार्यकारीको आदेशले मुलुक चल्दैन । नेपाल संसदीय प्रजातन्त्र भएको देश हो । संसदीय लोकतन्त्रमा कानुन निर्माण संसद्बाट गरिनुपर्छ, कार्यकारीको आदेश चल्दैन । संसद्बाट कानुन निर्माण गरेर जाँदा अलि समय लाग्ने भएपछि सरकारले अध्यादेश ल्याउन परेको हो । त्यसको विकल्प भनेको कानुन निर्माणको गतिलाई तीव्र बनाउनुपर्छ । एकातिर कानुन निर्माणको गतिलाई सुस्त तुल्याउने अर्कातर्फ अध्यादेश किन भन्ने प्रश्नले देश अघि बढन सक्दैन । मुलुकको समृद्धिका लागि कानुन संशोधनको विकल्पका रूपमा अध्यादेश ल्याउन परेको हो ।

त्यस्तै एमाले र कांग्रेस पार्टीले सुटुक्क कोठाभित्र बसेर संविधान संशोधन गर्दैनन् । संशोधनका बेला सबैसँग सल्लाह हुनेछ । ढुक्क हुनुस्, सबै संसद्वादी राजनीतिक दलसँग खुला छलफलका साथ आमजनताको सहभागितामा राष्ट्रिय सहमति जुटाएरै  संविधान संशोधन हुन्छ । 

(राससको ६४औँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित अन्तर–संवादमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा व्यक्त विचार) 


प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP