Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
विश्व
  • Home
  • विश्व
  • फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ
फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०८१

बर्लिन-  जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाएका छन्  ।

मध्यमार्गी पूर्व चान्सलर एन्जेला मर्केलको लामो समयदेखि सिडियु पार्टीको प्रतिद्वन्द्वी मेर्जले उनको खुला द्वार आप्रवासी नीतिको आलोचना गर्नुभएको छ र संसद्मा यस विवादास्पद मुद्दामा दक्षिणपन्थी एएफडीको समर्थन स्वीकार गरेर उहाँको आक्रोश बेहोरेका छन्  ।

उन्सत्तरी वर्षीय कानून व्यवसायी मेर्जसँग बलियो व्यावसायिक पृष्ठभूमि छ । लगानी कोष ब्ल्याकरक र धेरै कर्पोरेट बोर्डहरूमा काम गरेर उहाँ करोडपति बन्नुभएको छ तर उहाँले कहिल्यै सरकारी नेतृत्वको पद सम्हालेका छैनन् । यद्यपि यी जुझारु वक्ताले राजनेता जस्तो व्यक्तित्व प्रस्तुत गर्न खोज्नुभएको छ र ‘अनुमानित रूपमा अप्रत्याशित’ भनी बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न सक्षम भएको विश्वास व्यक्त गरेका छन्  ।

वामपन्थी चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन असफल भएको बेला विपक्षी सिडियु/सिएसयु गठबन्धनको नेताका रूपमा मेर्जले बाहिरन लागेको ‘हरित–वाम’ सरकारमाथि कडा आलोचना गरेका छन् । व्यक्तिगत स्वीकृति दर न्यून भए पनि सर्वेक्षणहरूले लामो समयदेखि स्कोल्जलाई हटाउन र जर्मनीका लागि ‘तीन खेर गएका वर्षहरू’ भनेको अन्त्य गर्न मेर्जले बलियो दाबेदारको रूपमा घोषणा गरेका  छन्  ।

Hardik health

गत हप्ता संसद्मा मेर्जले स्कोल्ज र उनका सहयोगीहरूलाई कम्पनी दिवालिया बनाएर पनि आफ्नो सम्झौता चार वर्ष थप्न माग्ने व्यवसाय प्रबन्धकहरूसँग तुलना गरे । “तपाईंलाई थाहा छ मालिकहरूले हाँस्न छोडेपछि के भन्थे ?” मेर्जले व्यङ्ग्यात्मक रूपमा सोधे, “उनीहरूले तपाईंलाई विनम्रतापूर्वक कम्पनी छोड्न अनुरोध गर्थे । सामान्य जीवनमा यस्तै हुन्छ ।” मेर्जको चुनावी वाचा बिग्रँदो अर्थतन्त्रलाई पुनर्जीवित गर्नु र ‘फेरि गर्व गर्न सकिने जर्मनी’ का लागि बर्लिनको अन्तर्राष्ट्रिय भूमिका पुनर्निर्माण गर्नु रहेको छ ।

शून्य सहनशीलता

उनका कडा प्रस्तावहरू मध्ये शरण खोजे पनि कागजातविहीन आप्रवासीहरूलाई जर्मन सीमाबाट रोक्ने योजना छ । यो कानूनी अधिकार हो । साथै प्रस्तावमा निर्वासनको प्रतीक्षामा रहेकाहरूलाई हिरासतमा राख्ने योजनासमेत छ ।मेर्जले विगतमा मुस्लिम आप्रवासीका छोराहरूलाई ‘साना पाशाहरू’ भनेका थिए र केही युक्रेनी युद्ध शरणार्थीहरूलाई ‘सामाजिक कल्याण पर्यटन’ को आरोप लगाएका थिए । पछि उनले माफी माग्नु परेको थियो । 

लामो समयदेखिको मान्यता तोड्दै अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थनमा आफ्नो आप्रवासन कडाइको प्रस्ताव पारित गरेपछि गत महिना मेर्जले संसद्मा ठूलो हलचल मच्चाउनुभयो र सडक प्रदर्शनको लहर ल्याए । दक्षिणपन्थी मोडका अन्य सङ्केतहरूमा मेर्जले ‘शून्य सहनशीलता’ कानून र व्यवस्था अभियान, गाँजा वैधानिकता उल्ट्याउने, ‘वोक’ नीतिहरू र लैङ्गिक–संवेदनशील भाषा सीमित गर्ने र आणविक ऊर्जामा फर्कने अध्ययन गर्ने वाचा गरेका छन्  ।

यी सबैले एएफडीबाट मतदाताहरूलाई फर्काउने मेर्जको तर्क छ ।   तर यदि उहाँले जित्नुभयो भने गठबन्धन साझेदार खोज्दा सम्भवतः स्कोल्जको सोसल डेमोक्रेटसँग केही नीतिहरू नरम बनाउनु पर्ने हुनसक्छ । स्कोल्जले आफ्ना प्रतिद्वन्द्वीलाई ‘चिडचिडाहट व्यक्ति’ का रूपमा चित्रण गर्न खोज्नुभएको छ र एएफडीसँगको उहाँको सम्बन्धले एक दिन उहाँले अति–दक्षिणपन्थी पार्टीसँग शासन गर्ने सङ्केत गरेको आरोप लगाउनुभएको छ । उक्त आरोपलाई मेर्जले कडा रूपमा अस्वीकार गरेका छन्  । समाचार पत्रिका डेर स्पिगेलले मेर्जलाई द्वन्द्वलाई व्यक्तिगत रूपमा लिने र कहिलेकाहीँ रिसको आवेगमा आउने बताएका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु शुक्रबार, साउन २९, २०८३
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
बंगलादेशको राष्ट्रपति दौडमा आलमगीर
बंगलादेशको राष्ट्रपति दौडमा आलमगीर बिहीबार, साउन २८, २०८३
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण बिहीबार, साउन २८, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन बिहीबार, साउन २८, २०८३
कुरिल टापुमा पुटिन
कुरिल टापुमा पुटिन बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP