Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको निर्वाचन सार्ने निर्णयविरुद्ध प्रशासनमा निवेदन
संघको निर्वाचन सार्ने निर्णयविरुद्ध प्रशासनमा निवेदन
ममता थापा
ममता थापा बुधबार, माघ ३०, २०८१
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सार्ने निर्णयविरुद्ध हस्ताक्षर संकलन गर्न मंगलबार आठवटा संस्थाले आयोजना गरेको भेलामा सहभागी व्यवसायी । तस्बिरः युनिस राई/प्रभाव 

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तोकिएकै मितिमा सम्पन्न गराउन माग गर्दै व्यवसायीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । संघमा आबद्ध विभिन्न आठवटा संस्थाले निर्वाचन सार्ने संघको निर्णय खारेजीको मागसहित मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संयुक्त निवेदन दर्ता गराएका हुन् । 

निवेदनमा उनीहरुले संघको निर्वाचनसहितको साधारणसभा सार्ने निर्णय कार्यान्वयन नगराउन र यसअघि तोकिएको मिति फागुन २ गते नै सम्पन्न गराउन प्रशासनबाट संघलाई निर्देशन दिन माग गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज र नेपाल वैदेशिक रोजगार मगर समाजका प्रतिनिधिले संयुक्त निवेदनमा हस्ताक्षर गरेका छन् । संघको वर्तमान कार्यसमितिले निर्वाचन सार्न गरेको निर्णय संस्थाको विधानविपरीत रहेको निवेदनमा उल्लेख गरिएको छ ।

‘संघको विधानको दफा १५ (क) र १९ (छ) अनुसार कार्यसमितिको पदावधि दुई वर्ष हुने स्पष्ट वैधानिक व्यवस्था हुँदाहुँदै करिब छ महिना कार्यकाल लम्ब्याउने बदनियतले मात्र यो संघको साधारणसभा मिति पटक–पटक पर धकेलिएको स्पष्ट छ,’ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको निवेदनमा भनिएको छ, ‘...संघको साधारणसभा सार्ने निर्णय विधान तथा कानुनसम्मत नभएको कारण गलत मनसायबाट आएको निर्णय त्यस कार्यालयबाट खारेज गरी अगाडि बढिरहेको निर्वाचन प्रक्रियासहितको साधारणसभालाई निरन्तरता प्रदान गरी सम्पन्न गर्नू भनी निर्देशन दिनुहुन अनुरोध छ ।’ 

यसअघि संघको निर्वाचनसहितको साधारणसभा फागुन २ गतेका लागि तय गरिएको थियो । सोहीअनुसार संघले निर्वाचनका कार्यक्रमसमेत अगाडि बढाएको थियो । संघको आगामी नेतृत्व र कार्यसमितिका लागि प्यानलसहितको उम्मेदवारी घोषणा भइ व्यवसायीहरु निर्वाचनमा होमिएका बेला माघ २७ गते अचानक निर्वाचन सार्ने निर्णय भएको थियो । उक्त दिनको कार्यसमिति बैठकले निर्वाचन असार १७ गते गर्नेगरी सार्ने निर्णय गरेको थियो । व्यवसायीहरु उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रशासनसम्म पुगेका हुन् । 

Hardik health

संघका महासचिव मेघनाथ भुर्तेलले भने वर्तमान कार्यसमितिका केही अधुरा काम पूरा गर्न निर्वाचन सार्नुपरेको बताएका छन् । उनले संस्थाको विधानअनुसार नै निर्वाचन सारिएको र असार १७ मा सम्पन्न गर्ने जानकारी प्रशासनलाई दिइसकेको बताए । संघको भवन खरिद, सय संख्या खारेजी, सेवा शुल्कलगायतका विषय टुंग्याउनकै लागि निर्वाचन सार्नुपरेको दाबी वर्तमान कार्यसमितिको छ । निर्वाचन सार्ने निर्णय हुनुभन्दा अघिल्लो दिनमात्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरुको तर्फबाट भुवनसिंह गुरुङको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको थियो । त्यसअघि नै नेकपा एमाले र एकीकृत समाजवादीनिकट व्यवसायीहरुको संयुक्त प्यानल घोषणा भइसकेको थियो । कांग्रेसनिकट लोकतान्त्रिक एसोसिएसनका कुमुद खनालले पनि छुट्टै प्यानल घोषणा गरेका थिए ।


आज प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर बुझाउने
यसैबीच संघको निर्वाचन सार्ने निर्णयप्रति असन्तुष्ट व्यवसायीहरुले भाेलि जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाउने भएका छन् । फागुन २ गते नै निर्वाचन हुनुपर्ने माग गर्दै प्रशासनमा निवेदन दर्ता गराएका संस्थाहरुले मंगलबार संयुक्त भेला आयोजना गरी व्यवसायीहरुको हस्ताक्षर संकलन गरेका छन् । वर्तमान कार्यसमितिमाथि समयमा साधारणसभा नगर्ने, अडिट रिपोर्ट नदिने, व्यवसायीको कुरा नसुन्ने, कार्यकाल सकिए पनि आफू नै भइरहनुपर्छ भन्ने स्वार्थपूर्ण व्यवहार देखाउने गरेको आरोप लागेको छ । जिल्ला प्रशासनले यसमा न्याय दिलाउने विश्वास व्यवसायीहरुको छ । 

मंगलबारको भेलामा २५० भन्दा बढी व्यवसायीले हस्ताक्षर गरेका र आज (बुधबार) थप व्यवसायीको हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइने भनेकाेमा बुधबार पनि हस्ताक्षर संकलन जारी गरिरहेकाेले भाेलि जाने लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव महेश बस्नेतले जानकारी दिए । उनले व्यवसायीलाई समस्या पर्दा छत्रछायाँ दिने संघ अपहरणमा परेको आरोप लगाए । ‘संघ व्यक्तिको चाहनाअनुरुप नभइ विधानमा टेकेर चल्नुपर्छ । गत माघ ५ गते नै साधारणसभा हुनुपर्ने थियो तर कार्यसमितिले एक महिना पछि धकेल्यो । माघ ५ यता संघ अवैधानिक भइसकेको छ,’ महासचिव बस्नेतले भने । 

गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले संघको वर्तमान कार्यसमितिले आफ्नो आयु आफैं लम्ब्याउनु विधानसम्मत नहुने बताए । साधारणसभा हुन नसकेकोे अवस्थामा २५ प्रतिशतको हस्ताक्षर लिएर निवेदन दिन सकिने विधानमा भएको व्यवस्था अनुसार हस्ताक्षर संकलन गरिएको उनले बताए । ‘यत्रो दुई वर्षसम्म के गरेर बस्नुभयो ? यदि राम्रो काम गर्नुभएको छ भने व्यवसायीले त्यसको हिसाब राखेका छन्, फेरि चुनाव जितेर जानुहोस्,’ जैसीले भने ।तमुधी समाजका अध्यक्ष तीर्थ गुरुङले अब आउने नेतृत्वले बाँकी कामलाई अघि बढाउने बताए । अहिलेको नेतृत्वले भनेजस्तो भवन, सय संख्यालगायतका विषयमा काम गर्नु आवश्यक रहेको तर त्यो भन्दा पनि बढी के आवश्यक छ भनेर बुझ्न सुझाव दिए । ‘यो हस्ताक्षर कसैको विरुद्धमा होइन, तोकिएको मितिमा साधारणसभा हुनुपर्छ भनेर हो,’ उनले भने ।

राई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले विधानविपरीत कार्यकाल लम्ब्याउन खोजेको भन्दै असन्तुष्टि पोखे । ‘व्यवसायीको खोल ओढेर संघमा राजनीति प्रवेश गराएर निर्वाचन गर्न नदिने चलखेल भइरहेको छ, चुप बसेर हुँदैन,’ उनले सजग गराए । त्यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले कसैको आलोचना गर्न नभइ व्यवसायी समस्यामा परेकाले यो बाटो रोज्नुपरेको बताए । व्यवसायीलाई ओत दिने संस्थाको विधान अपहरण भएकाले यसबाट बचाउन संघमा ताला लगाउन पनि तयार रहेको उनले बताए । ‘यदि प्रधानमन्त्रीले आफूले अघि सारेको योजना सक्न नभ्याए यो काम गरेर मात्र कुर्सी छोड्छु भन्न पाउँछ ?,’ पाण्डेले प्रश्न गरे ।

 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने शुक्रबार, कात्तिक २८, २०८२
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह शुक्रबार, कात्तिक २८, २०८२
श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या
श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या शुक्रबार, कात्तिक २८, २०८२
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध बिहीबार, कात्तिक २७, २०८२
जिट्को खारेजीका लागि अध्ययन गर्दै मन्त्रालय
जिट्को खारेजीका लागि अध्ययन गर्दै मन्त्रालय बिहीबार, कात्तिक २७, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बुधबार, कात्तिक २६, २०८२
मंसिर सुरुबाटै कोरियन भाषा परीक्षा
मंसिर सुरुबाटै कोरियन भाषा परीक्षा बुधबार, कात्तिक २६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP