Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
समाचार
  • Home
  • समाचार
  • अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया
अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१

तेह्रथुम -  जिल्लाको म्याङ्लुङमा अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकार भएकासँग अन्तरक्रिया भएको हो ।

प्रदेश र स्थानीय सरकार तथा करुणा फाउण्डेसनको साझदारीमा तेह्रथुममा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । सोही सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरिएको करुणा फाउण्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताए । उनले जिल्लामा अहिलेसम्म अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत भएका कामहरूकाबारेमा अन्तरक्रियामा जानकारी गराएका थिए ।

उनका अनुसार हालसम्म उक्त कार्यक्रममार्फत स्थानीय तहहरूले जिल्लास्तरीय अभिमुखीकरण, पालिकास्तरीय अभिमुखीकरण, पालिका र करुणा नेपालबीच सम्झौता, सिविआर सहजकर्ता नियुक्ति तथा तालिम, अपांगता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनलगायत कार्य भएका छन् । साथै अपांगता भएका व्यक्तिको स्वास्थ परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन गरी एक हजार दुई सय १२ को पहिचान गरी अपाङगता परिचयपत्र वितरण गरिएको कार्यक्रम व्यवस्थापक कोइरालाले जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीलाई जन्मदोष पहिचानसम्बन्धी तालिम, बालबालिकामा हुने कार्यगत सीमितता तथा अपांगताको अवस्था पहिचानबारे शिक्षक तथा विद्यालय नर्सलाई तालिम प्रदान गरिएको छ ।

Nada Auto Show 2026
Hardik health

विद्यालय स्वास्थ्य परीक्षण प्रारम्भ, जन्मदोष पहिचान प्रारम्भ, जन्मेको २९ दिनदेखि पाँच वर्ष मुनिका बालबालिकाको परीक्षण प्रारम्भ, मिलिजुली समूह गठन तथा परिचालनलगायत कार्यक्रम गरिएको छ । प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पछि भने अपांगता भएकाहरूको सेवासुविधामा पहुँच विस्तार हुने आशा गरिएको करुणा फाउण्डेसका संयोजक केदार भण्डारीले बताए । उनले भने, “कार्यक्रम पछि २० प्रतिशत जन्मदोष दर र ४० प्रतिशतले जन्मजात हुने अपांगताको दर घट्ने, ७० प्रतिशत अपांगता भएका बालबालिका र २० प्रतिशत अपांगता भएका वयस्क व्यक्तिको जीवन गुणस्तरमा सुधार हुने, ४० प्रतिशत सार्वजनिक भौतिक संरचना (स्थानीय तहभित्र रहेका) पहँुचयुक्त हुने, स्थानीय तहहरूले प्रदेश सरकारसँगको सहकार्यमा ८० प्रतिशत अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिने विश्वास लिएका छौँ ।”

तीन वर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रमको कूल लागतमा प्रदेश सरकारको रु एक करोड ८८ लाख, पालिकाको रु एक करोड ८८ लाख र करुणा फाउण्डेसनको रु एक करोड ८८ लाख रहेको भण्डारीले जानकारी दिए । उनका अनुसार हालसम्म रु ४६ लाख ५५ हजार खर्च गरिसकिएको छ । अन्तरक्रिया कार्यक्रमका सहभागी देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम संयोजक कपिलदेव सिङ्घकले जिल्लामा सञ्चालन भइरहेको अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम प्रभावकारी रहेको बताए ।

लामो समयदेखि गैरसरकारी संस्थामा रहेर सामाजिक काम गरे पनि यसरी अपांगताका क्षेत्रमा सुक्ष्म ढंगले अहिलेसम्म काम गर्न नसकिएको उनले सुनाए । प्रदेश र स्थानीय सरकार तथा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशसभाका सांसद किशोरचन्द्र दुलालले यो कार्यक्रमले अपांगता रोकथाम तथा पुनःस्थापनामा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षहरूले सहकार्य र समन्वय गर्नुपर्ने भन्दै आफ्नोतर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP