Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’
नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २२, २०८१

चितवन-  भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रुपमा देखापरेको ‘ट्रोपिलाप्सिस  माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यहाँ आयोजना गरेको तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकले जिल्लाको मौरी घारको निरीक्षणका क्रममा सो माइट फेला पारूेका हुन् ।

विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो । विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाका अनुसार विश्वविद्यालयको मौरी तथा परागसेचनविज्ञ डा केदार देवकोटा, मौरी विकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई, आङ्दोङ् विश्वविद्यालय दक्षिण कोरियाका वैज्ञानिक चुलिआइ जुन र नेस्नल चुङ् सिङ विश्वविद्यालय ताइवानका वैज्ञानिक जेन यानसहितको टोलीले गरेको निरीक्षणका क्रममा माइट भेटिएको हो ।

सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेस गरेपछि आधिकारिक रुपमा सरकारले माइट  भएको प्रमाणित गर्नुपर्ने हुन्छ । हालसम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको जनाउँदै आएको छ । खाग र भिर मौरीमा देखिएको भने पनि व्यावसायिक रुपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन । मौरी तथा परागसेचनविज्ञ देवकोटाले विदेशी वैज्ञानिकहरुले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन् । 

Hardik health

सोही क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्तमा थप बढ्ने भएकाले सतर्क रहन कृषक र नेपाली विज्ञलाई समेत उहाँहरुले सुझाव दिएको देवकोटाले जानकारी दिए । उनका अनुसार तीन महिनाअघि नेदरल्यान्डमा भएको मौरीको रोग कीरा व्यवस्थापनसम्बन्धी सम्मेलनमा एसियाका देशमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।

वैज्ञानिकहरुसँगै रहेका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब कृषक सतर्क भएर काम गर्नुपर्ने बताए ।  माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य विभिन्न महत्वपूर्ण उपलब्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताए । 

उनले भने, “यसले मौरीलाई ठूलो असर पु¥याउँछ, समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्छ ।” भारतलगायत देशमा यो समस्याका कारण मह उत्पादनमा कमी आउने गरेको छ । सम्मेलनमा नेपालसहित अमेरिका, ताइवान, कोरिया, बङ्गलादेश, भारत र नर्वेका वैज्ञानिक सहभागी हुन् । आजसम्म हुने सम्मेलनमा वैज्ञानिकहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेको श्रेष्ठले जानकारी दिए ।  

करिब ७०० भन्दा बढीले सम्मेलनबाट लाभ लिएको उनले जानकारी दिए । सम्मेलनमा विश्वविद्यालयले गरेको अनुसन्धानका विषयमा छलफल, अन्तरराष्ट्रियस्तरमा कृषिसम्बन्धी भएका अनुसन्धान र अवस्थाका बारेमा छलफल, विश्विद्यालयले आगामी दिनमा गर्ने अनुसन्धानका विषयको पहिचान एवं प्राथमिकीकरण लगायत विषयमा बृहत् रुपमा अन्तरक्रिया गरिएको छ । यससँगै बाहिरबाट आएका वैज्ञानिकहरुले यहाँका कृषिसित सम्बन्धित विभिन्न विषयमा स्थलगत अध्ययन गरी सुझाव दिएकोा छन्  ।


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह बुधबार, माघ २१, २०८२
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी बुधबार, माघ २१, २०८२
निर्वाचनमा  मुस्ताङमा हिमपातको डर
निर्वाचनमा मुस्ताङमा हिमपातको डर बुधबार, माघ २१, २०८२
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै बुधबार, माघ २१, २०८२
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह बुधबार, माघ २१, २०८२
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु बुधबार, माघ २१, २०८२
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह मंगलबार, माघ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP