Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • उद्योगमन्त्रीको आडमा सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’
उद्योगमन्त्रीको आडमा सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १०, २०८१

अहिले मूल्यवृद्धि भएको नै होइन । हाम्रो लागत कति हो, अनि फाइदा कति हो सबै थाहा नै छ । साउन भदौमा घटेको मूल्यमा एक–दुई सय बढेको हो ।
dhruba-thapa-1737609164.jpg
ध्रुव थापा
सिमेन्ट उद्योगी

  • अध्यादेशमार्फत सरकारले कालोबजारीलाई वैधता दिएको आरोप
  • लेखा समितिको निर्देशन– मूल्यवृद्धि अस्वाभाविक, तत्काल नियन्त्रण गर्नू

काठमाडौं– निर्माण कार्यको सिजन छोपेर सिमेन्ट व्यवसायीले मूल्य अचाक्ली बढाएपछि निर्माण व्यवसायी महासंघले रोष पोखेको छ । उनीहरुले संसद्को सार्वजनिक लेखा समितिमा बुधबार रोष पोखेका हुन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ५०० रुपैयाँ पर्ने एक बोरा सिमेन्टको ८०० रुपैयाँभन्दा बढी लिने गरेको आरोप लगाए । ‘उहाँहरूले ५४० रुपैयाँमा काठमाडौंमा सिमेन्ट उपलब्ध गराउने भन्नुभएको थियो । भारतमा ५०० रुपैयाँमा निर्यात गर्ने अनि यहाँ ८१६ रुपैयाँ पर्ने किन ?,’ सिंहले प्रश्न गरे ।

थुप्रै कम्पनीको मूल्य कम्पनीअनुसार फरक–फरक छ । ४०० रुपैयाँको सिमेन्ट ८०० मा भन्ने त्यति सत्य होइन । ५०/६० देखि ७५ प्रतिशतसम्म मूल्यवृद्धि भन्ने साँचो होइन ।
Damodar-Bhandari_Minister-1737609164.jpg
दामोदर भण्डारी
मन्त्री, उद्योग वाणिज्य

Hardik health

सरकारले अध्यादेश ल्याएर कालोबजारीलाई वैधता दिएकोसमेत उनको आरोप थियो । ‘अहिले कालोबजारी भन्न मिलेन । सरकारले अध्यादेश ल्याएर यसलाई वैधता दिएको छ,’ सिंहले भने । महासंघका पूर्वअध्यक्ष रमेश शर्माले सिमेन्टको मूल्यमा ६० प्रतिशतसम्म वृद्धि भएको दाबी गरे । ‘मूल्यभन्दा पनि उत्पादन कन्ट्रोल भएको छ । उत्पादन घटाएर कार्टेलिङ गरियो,’ शर्माले भने । 

उद्योग विभागका महानिर्देशक राजन पौडेलले यसबारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीसँग चारपटक छलफल गरिसकेको बताए । उद्योगीले लोडसेडिङका कारण मूल्य बढेको बताउने गरेको पौडेलको भनाइ थियो । ‘सिमेन्ट उद्योगीले लोडसेडिङ, ज्यालालगायतका कारण लागत बढेको भन्ने छ,’ महानिर्देशक पौडेलले भने । 

सिमेन्टको मूल्यवृद्धिलाई अहिले कालोबजारी भन्न मिलेन । सरकारले अध्यादेश ल्याएर यसलाई वैधता दिएको छ । 
rabi-singh-1737609165.jpg
रवि सिंह
अध्यक्ष, निर्माण व्यवसायी महासंघ  

पौडेलले बजारको मूल्यबारे नियमित अनुगमन गरेको दाबीसमेत गरे । ‘यसअघि नै मूल्य बढाउने र निर्माण व्यवसायीले आन्दोलन स्थगित गर्ने सहमति भएको थियो,’ पौडेलले भने । उनको भनाइमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले तत्कालै प्रतिवाद गरे । भने, ‘निर्माण व्यवसायी महासंघलाई बाहिर राखेर एमाले, कांग्रेस र राप्रपाका संगठनले गरेको सहमति मान्य छैन,’ उनले भने ।

मूल्य नबढेको सिमेन्ट व्यवसायीको दाबी
सिमेन्ट व्यवसायीहरुले भने सिमेन्टको मूल्य नबढेको दाबी गरे । सिमेन्ट उद्योगी विष्णु न्यौपानेले चुनढुंगाको लागत बढेको र लोडसेडिङका कारण मूल्यमा केही तलमाथि भएको तर्क गरे । ‘पोहोरको तुलनामा अहिले लोडसेडिङ बढेको छ । चुनढुंगा ढुवानीमा पनि लागत बढेको छ । अहिलेको मूल्यमा पनि कुनै पनि कम्पनीले १० प्रतिशतभन्दा बढी फाइदा खान सक्दैन । १२ घण्टासम्म लोडसेडिङ छ,’ उनले भने ।  

अर्का उद्योगी ध्रुव थापाले मूल्य नबढेको दाबी गरे । ‘अहिले मूल्यवृद्धि भएकै होइन । हाम्रो लागत कति हो, अनि फाइदा कति हो सबै थाहा नै छ । साउन भदौमा घटेको मूल्यमा एक–दुई सय बढेको हो,’ थापाले भने ।

मूल्यवृद्धि नियन्त्रण गर्न सांसदहरुको माग
सांसदहरुले भने सिमेन्टको मूल्य बढाएर लुटतन्त्र मच्चाउन खोजेको आरोप लगाए । ‘मूल्य त सरकारले रेगुलेट गर्ने हो । नभए किन राज्य चाहियो । नेपालमा त लुटतन्त्र छ,’ स्वतन्त्र सांसद अमरेश सिंहले भने ।नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले रातारात बढेको मूल्य स्वीकार्य नहुने बताए ।

यस्तो विषयमा तत्काल लेखा समितिले निर्देशन दिनुपर्ने उनको माग थियो । ‘कमसेकम उत्पादित मूल्यको दर र बजार मूल्य सरकारले तोक्नुपर्छ । यो अध्यादेश त खारेज गर्नैपर्छ । लोडसेडिङबारे हामीलाई थाहा छैन । सरकारलाई लेखा समितिले निर्देशन दिनुपर्छ,’ दाहालले भने ।

कांग्रेस सांसद राजन केसीले मूल्यवृद्धिका कारण अन्तर्राष्ट्रिय बजार र नेपालमा नेपाली सिमेन्टको विश्वसनीयता खस्किएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सिमेन्ट व्यवसायीले लोडसेडिङबारे गलत तथ्यांक दिएको तर्क गरे । ‘छ घण्टामात्र लोडसेडिङ छ । १२ घण्टा भनेर गलत तथ्यांक दिएर सदनलाई नहेप्नुस्,’ ढकालले भने । 

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भारतलाई सस्तो दिने तर नेपालमा दिनदिनै मूल्य बढाएको भन्दै आपत्ति जनाए । ‘तपाईंले भारतमा सस्तोमा बेच्ने अनि नेपाली जनतालाई मारमा पार्ने ? सिमेन्ट कम्पनी राम्रो भयो भनेर भन्ने अनि मूल्य दिनदिनै बढाउने ?,’ मोदीले प्रश्न गरे ।

माओवादी केन्द्रकै अर्का सांसद जनार्दन शर्माले अध्यादेशकै कारण मूल्यवृद्धिको बाटो खुला भएको दाबी गरे । ‘अध्यादेशले थप मूल्यवृद्धिको बाटो खोलिदियो । आफ्नै कच्चापदार्थमा चल्ने सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । तर कार्टेलिङ गर्नुभएन,’ शर्माले भने । उनले कार्टेलिङको विषयमा सरकारले हस्तक्षेप नै गर्नुपर्ने तर्क अघि सारे ।

एमाले सांसद योगेश भट्टराईले दुई–तीन महिनामै सिमेन्टमा ७० प्रतिशतसम्म मूल्य बढेको बताए । ‘सबै मूल्य बजारले मात्र निर्धारण गर्दैन । त्यसमा राज्यको पनि भूमिका हुन्छ । ७००/८०० रुपैयाँ मूल्य बढ्ने भनेको दुई/तीन महिनामा के त्यस्तो उथलपुथल भएको छ । यो भनेको त ७० प्रतिशतसम्म हो,’ भट्टराईले भने ।

लेखा समितिको निर्देशन– मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नू
लेखा समितिले मूल्य बढाउनु प्रथम दृष्टिमै अस्वाभाविक देखिएको भन्दै तत्काल नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । ‘सिमेन्टको मूल्य वृद्धिले लागत बढ्न जाने हुन्छ । मूल्यवृद्धि तथ्यमा आधारित हुनुपर्छ । मूल्य बढाउनु प्रथम दृष्टिमा अस्वाभाविक देखिन्छ । तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्देशनमा भनिएको छ । यसैगरी उद्योगमा लोडसेडिङ भएको बारेमा ऊर्जामन्त्रीसँग जानकारी लिने भएको छ ।



मूल्यवृद्धि भएको छैन, समायोजन भएको हो : उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच यसअघि नै छलफल भएर मूल्य समायोजन गर्ने सहमति भइसकेको दाबी गरे । ‘दुई पक्षबीच औपचारिकरूपमा चार/पाँच पटक छलफल गर्यौं । १०/१५ प्रतिशत मूल्य समायोजन गर्ने सहमति भइसकेको छ,’ मन्त्री भण्डारीले भने । 

कम्पनीअनुसार मूल्य फरक–फरक हुने तर्क गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगीको बचाउ गरे । उनले भने, ‘थुप्रै कम्पनीको मूल्य कम्पनीअनुसार फरक–फरक छ । ४०० रुपैयाँको सिमेन्ट ८०० मा भन्ने त्यति सत्य होइन । ५०/६० देखि ७५ प्रतिशतसम्म मूल्यवृद्धि भएको भन्ने साँचो होइन ।’मन्त्री भण्डारीले लोडसेडिङको प्रभावसमेत परेको उल्लेख गर्दै यस्ता समस्या चाँडै टुंगो लगाउने प्रतिबद्धता जनाए ।
 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP