काठमाडौं- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।
सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी दिए।
स्व सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।