Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण
यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ६, २०८१

काठमाडौँ - निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गर्नुभएको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुस गरेर चलचित्र तयार गरेको जानकारी दिए ।

उनले भने, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै चलचित्र बनेका पाइए पनि नेपालमा निर्माण भएका छैनन । त्यसैले यो चलचित्र तयार गरेको हुँ ।” निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताउनुभयो । चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए । “यो बिहे गर्ने उमेर बितिसकेर पनि अविवाहित रहेका कविको मनोविज्ञानबाट भनिएको कथा हो ।

समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई चलचित्रमा देखाएका छौँ । यो चलचित्रले मनोरञ्जनमै भए पनि केही सिकाउँछ, चलचित्र भवनबाट हेरेर फर्किँदा केही फरकपन पक्कै महसुस गर्नुहुनेछ”, निर्देशक लामाले भने । ‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गरेका छन् ।

Nada Auto Show 2026
Hardik health

हिमाल कडरिया निर्माता रहेको उक्त चलचित्रमा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेका छन्।


प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP