Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया जाने आशले झन् निराश
कोरिया जाने आशले झन् निराश
ममता थापा
ममता थापा बुधबार, माघ २, २०८१

काठमाडौं– नेपालीहरुको आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियामा गत एक वर्षको अवधि (२०८० पुसदेखि २०८१ मंसिर)मा १० हजार ३७१ जना रोजगारीका लागि पुगेका छन् । उनीहरु रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियामा पुगेका हुन् । उक्त अवधिमा कोरिया पुगेकाको यो संख्या इपिएस भाषा परीक्षा उत्तीर्ण गरेकाको कूल संख्याको तुलनामा निकै कम हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार अधिकांश युवाहरु भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने प्रतीक्षामा छन् । तर, उनीहरुमध्ये कमैले मात्र यो अवसर पाउने गरेका छन् । कोरियाले न्यून संख्यामा कामदार लैजाने हुँदा हजारौं युवाहरुको समय पर्खाइमै गुज्रिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन् । 

त्यसो त कोरियन भाषा परीक्षामा कोरियाले लैजानेभन्दा तीन गुणा बढीलाई उत्तीर्ण गराई ‘रोस्टर’ राखिँदै आएको छ । रोस्टरमा रहेका नामबाटै कोरियास्थित कम्पनीले कामदार छनोट गरेर पठाउने गरेका छन् । त्यसरी छानिएर आएपछि बल्ल कोरिया जान पाउने सुनिश्चित हुन्छ । भाषा परीक्षामा सहभागी हुनेको संख्या भने हजारौं हुने गर्दछ ।

विगतमा उत्तीर्ण भएका सबै परीक्षार्थी कोरिया जान पाएका छैनन् । तर हरेक वर्ष लिइने परीक्षामा आवेदन दिनेको संख्या बढेको बढ्यै छ । अर्कोतिर कोरियन सरकारले नेपालबाट लग्ने कामदारको संख्यामा एकरुपता छैन । कुनै वर्ष उल्लेख्य संख्यामा कामदार लग्दा, कहिले भने स्थिति निराशाजनक देखिन्छ । मुलुकमा बेरोजगारिको समस्याले निराश भएका युवाहरु कोरिया जान पाए केही कमाउन सकिन्थ्यो कि भन्ने आशमा बसिरहेका बेला अपेक्षाकृत हिसाबले कामदार नलग्दा थप निराश भएका छन् ।

Hardik health

कोरियन भाषा परीक्षामा मागभन्दा तीनगुणा बढी परीक्षार्थी उत्तीर्ण गराउने, रिटर्नीहरुको कागजात सम्बन्धित कम्पनीमा नपठाउने, समयमा उडान मिति तय गर्न नसक्नेजस्ता समस्या देखिँदै आएका छन् । आवश्यकताभन्दा कयौं गुणा बढीले आवेदन दिने अनि परीक्षा उत्तीर्ण भएकाहरुको छनोट प्रक्रिया पनि अत्यन्तै सुस्त भएको भन्दै परीक्षार्थीहरु सामाजिक सञ्जालदेखि सडकसम्म आक्रोश पोखिरहेका छन् ।

दक्षिण कोरियाले सबैभन्दा बढी अंक ल्याउनेमध्येबाट आफूलाई आवश्यक कामदारमात्रै छनोट गर्दा भाषा परीक्षामा धेरै जना अनुत्तीर्ण हुन थालेको अधिकारीहरू बताउँछन् । एचआरडी कोरियाले आगामी वर्ष हुने परीक्षामा नेपालको कोटाभन्दा तीन गुणा बढीलाई मात्रै भाषा परीक्षामा सहभागी गराउन आग्रह गरेको छ । जसकारण परीक्षा दिएकाहरूमध्येबाट एकतिहाइ युवा एचआरडीले छनोट गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

श्रममन्त्री–राजदूत छलफलले जगाएको आशा
गत पुस २५ गते श्रममन्त्री शरतसिंह भण्डारी र नेपालका लागि कोरियाली राजदूत पार्क तेइ योङबीचको भेटमा श्रम सम्झौताका विभिन्न पक्षहरुमा छलफल भएको जानकारी दिइएको थियो । इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि, इपिएस उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारलाई जतिसक्दो छिटो रोजगारमा पठाउने विषयमा छलफल भएको थियो ।

यस्तै शिप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरी उडानका लागि पर्खाइमा रहेका नेपाली कामदारहरुलाई सहज ढंगबाट दक्षिण कोरिया पठाउन सहजीकरण गर्नुपर्ने विषय पनि छलफलमा समेटिएको थियो ।

मन्त्री भण्डारीले परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई पठाउन र आगामी दिनमा कामदारको माग संख्या बढाउन अनुरोध गरेका थिए । जवाफमा योङले नेपालबाट निरन्तर कामदार लैजाने, रोस्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकतामा लैजान पहल गर्ने आश्वासन दिएका थिए । आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने समेत सम्भावना भएको उनको भनाइ थियो ।

परीक्षार्थीका विषयमा इपिएस कोरिया शाखाले प्रभावकारी ढंगबाट सहकार्य नगरेको भन्दै गत पुस २२ गते शाखाको कार्यालयमा युवाहरुले धर्ना दिएका थिए । त्यस्तै गत वर्षको आन्दोलनमा प्रहरीको गोलि लागि दुई जनाको ज्यानसमेत गएको थियो । इपिएस कोरिया शाखाले भने आफ्नो भूमिका समन्वयकारी मात्र भएकाले छनोट प्रक्रियामा आफूहरुको कुनै हात नहुने जवाफ दिँदै आएको छ ।
 


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
साढे तीन महिनामै बिदा भए श्रममन्त्री भण्डारी
साढे तीन महिनामै बिदा भए श्रममन्त्री भण्डारी शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP