Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीलाई राहत, श्रमिकलाई भार थप्दै सरकार 
‘फ्रि भिसा, फ्रि टिकट’ नीतिमा संशोधन तयारी व्यवसायीलाई राहत, श्रमिकलाई भार थप्दै सरकार 
ममता थापा
ममता थापा सोमबार, पुस २९, २०८१

काठमाडौं– सरकारले मलेसिया तथा खाडी मुलुकमा जाने कामदारलाई म्यानपावर कम्पनीहरुबाट पार्ने आर्थिक बोझबाट मुक्त गर्ने भन्दै लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यवहारमा पूर्णतः असफल देखिएको छ । सीमितबाहेक अधिकांश कम्पनीले यसको कार्यान्वयन गरेको पाइँदैन । व्यवसायीहरु स्वयंले यो विषय स्वीकार गर्दै आएका छन् । उनीहरुले यो व्यवस्था हटाउन सरकारलाई दबाब दिँदै आएका छन् ।

म्यानपावर व्यवसायीहरुले सरकारले तोकेको १० हजार रुपैयाँ सेवा शुल्कबाहेक कामदारसँग मोटो रकम उठाउने गरेका छन् । कानुनीरुपमा त्यसरी बढी रकम लिनु गैरकानुनी हो तर अहिलेसम्म सरकारले ती म्यानपावर व्यवसायीलाई कारबाही गरेको पाइँदैन । बरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैं अहिले उक्त प्रावधान अव्यावहारिक भएको भन्दै पुनरावलोकनको तयारीमा जुटेको छ । ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधान हटाउनुपर्ने व्यवसायीहरुको दबाबका कारण पनि मन्त्रालय यसमा जुटेको बुझिन्छ ।

श्रमिकको हितमा ल्याइएको जायज प्रावधानलाई सच्याउन भन्दै सरकार उल्टो बाटोमा हिँडेको छ । व्यवसायीलाई कानुनको दायरामा ल्याउने जिम्मा सरकारको हो । उनीहरुलाई मर्का प¥यो भन्दैमा श्रमिकको अधिकार खोस्न मिल्दैन । 
रामेश्वर नेपाल
श्रमविज्ञ


त्यसो त वर्तमान श्रममन्त्री शरत्सिंह भण्डारी विगतदेखि नै वैदेशिक रोजगार व्यवसायीमैत्री मन्त्रीको छवि बनाएका नेता हुन् । उनले अघिल्लो कार्यकालमै ‘फ्रि भिसा, फ्रि टिकट’ हटाउनेगरी नीति संशोधन गर्ने तयारी गरेका थिए । तर, सरकार परिवर्तनसँगै उनले उक्त काम गर्न पाएनन् । अहिले पुनः मन्त्री भएपछि उनले ‘फ्रि भिसा, फ्रि टिकट’को नीति पुनरावलोकन गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

Hardik health

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २१ बाट ‘फ्रि भिसा, फ्रि टिकट’को नीति कार्यान्वयनमा ल्याएका थिए । राज्यमन्त्रीस्तरबाट आएको उक्त निर्णयले त्यतिबेला वाहवाही त पायो तर प्रभावकारी कार्यान्वयनका लागि काम गर्न मन्त्रालय चुक्यो । १०औं वर्षसम्म आइपुग्दा यो प्रावधान नै त्रुटिपूर्ण ठानेर संशोधनको प्रक्रियामा लगिएको छ । श्रम मन्त्रालयका अनुसार संशोधनको खाका बनेर हाल रायका लागि कानुन मन्त्रालयमा पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे फ्रि भिसा, फ्रि टिकटको व्यवस्था व्यवहारमा कार्यान्वयन गर्न नसक्दा श्रमिक उल्टै दोहोरो मारमा परेकाले संशोधन गर्ने तयारी भइरहेको बताउँछन् । ‘सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गर्न दिएको छ । त्यसका लागि व्यवसायीहरुले दुईदेखि छ करोड रुपैयाँसम्म धरौटी राख्नुपर्छ । व्यवसाय सञ्चालन गर्न दिएर पैसा लिन पाइँदैन भन्नु आफैंमा दोहोरो कुरा भयो,’ घिमिरे भन्छन् । उनका अनुसार संशोधनको खाका बनेर रायका लागि कानुन मन्त्रालयमा पुगेको छ ।

उक्त प्रावधानअनुसार मलेसियासहित खाडीका प्रमुख श्रम गन्तव्य मुलुकमा जाने कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने निर्णय भएको थियो । सरकारले श्रम सम्झौता गर्दाखेरि नै शून्य लागतको विषयमा अडान लिँदै आएको छ । तर कागजको योजनालाई व्यवहारमा उतार्न चुकेको छ । श्रम स्वीकृति लिनेमध्ये चार–पाँच प्रतिशतले मात्र यो सुविधा लिएको बताइन्छ । हाल आठदेखि १० वटा म्यानपावरले मात्र फ्रि भिसा, फ्रि टिकटको नियम पालना गरहेको श्रम विभागकै अधिकारीहरु बताउँछन् । जबकि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त म्यानपावर कम्पनी ८०० भन्दा बढी रहेका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल फ्रि भिसा र फ्रि टिकटको प्रावधान सुन्दा कर्णप्रिय भए पनि सबै रोजगारदाताले त्यो सुविधा उपलब्ध नगराउने बताउँछन् । ‘सरकारले लागतको वर्गीकरण गर्नुपर्छ । यसो गर्दा श्रमिक, राज्य र व्यवसायी सबैको हित हुन्छ,’ उनी भन्छन् ।तोकिएका मुलुकमा श्रमिक पठाउँदा पैसा लिएको पाइए कानुनबमोजिम कारबाही हुनुपर्ने हो । तर, हालसम्म कति म्यानपावर कारबाहीमा परे भन्ने यकीन तथ्यांक सरकारसँग छैन ।

गैरकानुनी हुने भएपछि म्यानपावरले कामदारसँग पैसा लिँदा रसिद काट्दैनन् । बेरोजगारीको मारमा परेका युवाहरु व्यवसायीलाई लाखौं तिरेर जान बाध्य छन् । कुनै कारणवस फर्किन परेको अवस्थामा उनीहरु आफूले तिरेको रकम दाबी गर्नसक्ने अवस्थामा नभएको सरोरकारवालाहरु बताउँछन् । वैदेशिक रोजगार विभागका अनुसार त्यहाँ दर्ता भएका उजुरीमध्ये पाँचदेखि १० प्रतिशत बढी पैसा लिएका उजुरी छन् । ‘बिल भर्पाइ नहुँदा त्यस्ता उजुरीउपर कारबाही गर्न समस्या भइरहेको छ,’ विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् । 

‘ब्याक’ हुनु सरकारको लाचारी
श्रमविज्ञ रामेश्वर नेपाल सरकारले गरेको संशोधन तयारीप्रति असहमति जनाउँछन् । तत्कालीन सरकारको निर्णय स्वागतयोग्य भएकाले यसलाई कसरी पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सकिन्छ भन्नेतर्फ गृहकार्य गर्नेभन्दा पनि सम्भव छैन भनेर लाचारी देखाउनतर्फ लागेको उनी बताउँछन् । ऋण गरेर विदेश जाने परिस्थिति बनाइँदा श्रमिकहरु अपमानजनक, शोषणमा पर्ने खालका सम्झौता गर्न बाध्य हुने तथा जोखिममा पर्ने गरेको विभिन्न अध्ययनले देखाएको उनले उल्लेख गरे । 

‘अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले श्रमिकको अधिकारको सन्दर्भमा कुनै पनि व्यक्तिले रोजगारी पाउन ऋण काढेर जानु पर्दैन भनेर व्यवस्था गरेको छ । श्रमिकको हितमा ल्याइएको जायज प्रावधानलाई सच्याउन भन्दै सरकार उल्टो बाटोमा हिँडेको छ,’ श्रमविज्ञ नेपाल भन्छन्, ‘व्यवसायीलाई कानुनको दायरामा ल्याउने जिम्मा सरकारको हो । उनीहरुलाई मर्का प¥यो भन्दैमा श्रमिकको अधिकार खोस्न मिल्दैन । यो अभ्यास चुनौतीपूर्ण छ, असम्भव होइन ।’
 


प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती सोमबार, फागुन २५, २०८२
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस् शुक्रबार, फागुन २२, २०८२
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली बुधबार, फागुन २०, २०८२
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस मंगलबार, फागुन १९, २०८२
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP