Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • पैसा छैन कसरी हुन्छ उपचार  !
पैसा छैन कसरी हुन्छ उपचार  !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, पुस २३, २०८१

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, त्यही परिसरमा रहेको मनमोहन अस्पताल, वीर अस्पताल हुन् वा कान्ति बाल अस्पतालदेखि प्रायः सबै अस्पतालको रुप उस्तै छ । कुरा मनमोहन कार्डियोथेरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरको मुख्य द्धारमा पहेँलै रङमा मनमोहन अधिकारीको अर्धकदको सालिक दक्षिणतर्फ फर्काएर राखिएको छ । 

साँझको समय शिक्षण अस्पतालको मुख्य गेटबाट नै सीधै एम्बुलेन्स एकोहोरो कराउँदै मनमोहनकै सालिकसम्म मुटुको रोगको संकेतका बिरामी छाड्दै दौडदै गरिरहेका छन । आफन्तहरु मलिन अनुहार लिएर एम्बुलेन्सबाट बिरामी झारिरहेका छन् । बिरामी झारेर एम्बुलेन्स आफू आएकै बाटो पुनः एकोहोरो ‘साइरन’ बजाउँदै दौडिहाल्छ । विचरा एम्बुलेन्स सजिव प्राणी भए कति थाक्थ्यो होला । एकछिन पनि फुर्सद छैन, एकोहोरो कराउँदै दौडिरहेको छ । अन्य अस्पतालबाट ‘रेफर’ भएर ।

नेपालका नेताहरुजस्तै साँच्चिकै बेफुर्सदी एम्बुलेन्स । एम्बुलेन्स बिरामीको रोग निको पार्न व्यस्त छन्, तर नेताहरु देशलाई नै बिरामी पार्नका लागि व्यस्त देखिन्छन् । आफूलाई भिआइपी भन्दै एम्बुलेन्सजस्तै आवाजमा दिने चिल्लो गाडीमा हुईकिईरहन्छन् । सायद देशलाई रोगी पार्नेहरुलाई वोकेर हिड्ने चारपाङ्ग्रे र बिरामी मान्छेलाई निको पार्न वोकेर हिड्ने चारपाङ्ग्रै उत्तिकै व्यस्त उस्तै आवाज  । 

मनमोहनको सालिकलाई दाहिने पारेर अस्पताल छिर्नेहरु सिँधै एमर्जेन्सीतिर हस्यांङ फस्याँङ गर्दै दौडिरहेका छन् । बिरामी अवस्था जटिल जटिल देखिन्छ । बिरामीको आफन्तको अनुहार निकै त्रासमय देखिन्छ । सेतो कपडा लगाउनेहरुको एक एक नयाँ आएको बिरामीलाई हेर्छन् । हत्त न पत्त फाइलमा रहेको पर्चाको सूचकमा फटाफट चिन्ह् लगाउँछन् । 

Hardik health

बिरामीका आफन्तहरु सेतो कपडा लगाउनेहरुले चिन्ह लगाएको ठाउँमा आँखा डुलाउँछन्, अनि धमाधम औषधी लेखिदिन्छन् । सेतो कपडा लगाउने चिकित्सक बिरामीका आफन्तलाई भन्छन्, ‘बाहिर गएर छाप लगाएर ल्याउनु, यो फार्मेसीमा गएर औषधी ल्याउनुस् !’ बिरामीका आफन्त सेता कपडा लगाउनेले दिएको चिर्कटो वोकेर हतास अनुहारमा छाप लगाउनु पुग्छन् । काउण्टरमा बसेका भलाद्मीलाई बिरामीका आफन्तले भन्छन्, ‘लौन यसमा छाप लगाईदिनुस रे !

हात छिराएर उही सेतो कपडा लगाउनेदे दिएको चिर्कटो भित्र छिराउँछन्, भलाद्मी व्यक्ति भित्र कम्प्यूटरमा फुर्सदले के के लेख्छन्, अनि भन्छन् । खै यति हजार दिनोस् ? बिरामी आफन्त ट्वा पर्छन्, ‘ओहो ! यत्रो पैसा ? उहाँले त छाप लगाएर ल्याउनु भन्नु भएको थियो ’ । 

मानौ छाप मात्र लगाएर पुग्ने होला ? तर त्यसो होइन रहेछ । छाप लगाएर ल्याउनु भनेको पैसा तिरेर आउ पो भनेको रहेछ । लामो लाईन बसेर पैसा तिरेपछि चिर्कटोमा भलाद्मीले छाप हान्दिछन् र भन्छन् जानुस् । बिरामीका आफन्त त्यही चिर्कटोसँगै थमाएको अर्को औषधीको चिर्कटो सहित फार्मेसीमा पुग्छन्, त्यहाँ पनि उही ताल छ, लामो लाईन । जे होस् बिरामीका आफन्तले सेता कपडा लगाएकाहरुले लेखि दिएका सबै औषधी लिन्छन् । र भित्र जान्छन् । 

इमर्जेन्सी कक्षको वीचमा रहेको गोलघरमा सेता कपडा लगाउनेहरु को बाहुल्यता छ । सबै उस्तै लाग्ने रातमा चन्द्रमा टल्के जस्तै । बिरामीहरुका लागि त भगवान् नै हुन् । तर एकैछिनमा निला कपडामाथि सेता एप्रोन लगाएका नारी हस्तीमात्र गोलघरभित्र देखिन्छन् । एकदुई जना कलिला सेता कपडामा सजिएका व्यक्ति गोलघरभित्र छन् । इमर्जेन्सीमा बिरामीहरुको आउने क्रम बढिरहन्छ । यो एक दिनमा मात्र होइन हरेक दिनको कर्म हो । त्यसैले होला गोलघर भित्र बस्नेहरुका लागि दैनिकी हो । तर बिरामी वोकेर जानेहरुको लागि डर त्रास अन्योल र के हो के हो भन्ने अवस्था पनि होला !

कोही बिरामी अईया अईया भन्दै कराईरहेका छन् । कोही वाकवाकी गरिरहेका छन् । कोही एकोहोरो खोकी रहेका छन् । बिरामीका लागि राखिएको बेड भरिभराउ मात्र छैन । कोही भुईँमै पल्टिरहेका छन्, कोही ह्वीलचेयरमा नै शिथिल अवस्था छन् कोही साधारण कुर्सीमा नै पल्छिरहेका छन् । बिरामीका आफन्तहरु त्यही गोलघरको बाहिर गुहार मागे झै भनिरहेका छन्, ‘लौन उता कराईरहनु भएको छ । धेरै गाह्रो भएको जस्तो । एक पटक हेर्दिनुस् न । अर्को बिरामीको आफन्त भनिरहेका छन, मैले औषधी ल्याएर राखेका दुई घण्टा भईसक्यो, खै त तपाईहरु कोही पनि हेर्नुहुन्न ? 

निला कपडामाथि सेता एप्रोन लगाएका साना नानी जस्तै लाग्नेहरु भन्छन्,‘पख्नोस् न, डाक्टर साहेव आउँदै हुनुहुन्छ त्यसपछि हेरिहाल्नु हुन्छ नि ? बिरामीका आफन्त अलि आक्रोश पोख्छन्, एकछिन भनेको कतिबेर हो । बिरामी उता छटपटिएको छ एक घण्टा हुन लागि सक्यो । बिरामीहरु छरप्रष्ट देखिँदा लाग्छ साँच्चैकै विपद् परिरहेको छ । सबैको अनुहारमा त्रास मात्र छ । उत्तर कुनाको एउटा बेडमा करीव ४५ बर्षका अधेवैश घयार्घयार गरिरहेका छन् । उनीसँगै उनकी श्रीमती र सानो बालक पनि बसिरहेको छ । उनीहरुसँग पैसा नभएकै कारण लामो समयदेखि सेतोकपडा लगाउनेहरुको रेखदेखमा पर्न सकेको छैन । 

सरकारले विपन्न परिवारका लागि वेडको त सुविधा दिएकै छ । तर औषधी किन्न समेत पैसा नभएकै कारण ती महिला मोवाईल मार्फत धेरैसँग हार गुहार गरिरहेकी छिन् । सेता पहिरनधारी बिरामी छेउमा पुग्छन्, ‘लौन छिटो गर्नुस् न । बिरामीलाई निकै गाह्रो भए जस्तो छ । औषधी किनेर ल्याउनुस् । ’ विचरा उनले त्यहाँ भन्दा के नै पो भन्न सक्छन् र ? बिरामीका श्रीमती भन्छिन्, ‘हेर्नुस् न कत्तिलाई फोन गरे, कतिलाई गुहार कसैले सापटी दिएनन् !’ म सँग पैसा छैन । 

के गर्ने त ? सेतो पहिरनका व्यक्तिले फेरि भन्छन्, मैले गर्न सक्ने जति सबै सेवा तपाईलाई मिलाईदिईसकेको छु । अव पैसा नै छैन भने पछि कसरी हुन्छ उपचार !’ ती महिला भन्छिन, ‘त्यसो भए घर पठाइदिनुस्, मरे पनि बरु घरमा नै मर्छन्, पैसा छैन त म के गरुँ । सायद उनको कुरा अलि मन परेन होला सेतो पहिरन धारी उनी अर्को बिरामी तिर लाग्छिन् । बिरामीको चाप जति छ सो अनुरुप सेता कपडाधारी व्यक्तिहरु सबै कलिला कलिला छन् । घण्टौं बेडमा, कुर्सीमा वा बेन्चमा बसिरहँदा पनि उपचार पाईरहेका छैनन् । सेता पहिरनधारी छन् तर कता छन् कता छन् । तर बिरामीको उपचारमा कमै मात्र देखिन्छन् । मुटुकै उपचार गराउने सेतोघरभित्र सहज उपचारको पहुँच छैन भने अरु रोगको उपचार के होला ? भगवान् भरोसा !


पैसा भएर त पाएको छैन भने । पैसा छैन त कसरी हुन्छ उपचार ? 


 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP