Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • बागमती मन्त्रिपरिषद् गुफाडाँडामा राख्न माग
बागमती मन्त्रिपरिषद् गुफाडाँडामा राख्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १८, २०८१

गुफाडाँडा (सिन्धुपाल्चोक)– गुफाडाँडामा मेलम्ची नगरपालिकाले आयोजना गरेको जलवायु सम्मेलनमा नेताहरुले जलवायु परिवर्तनको प्रभावबारे चिन्ता व्यक्त गरेका छन् । दोर्जेलाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा लहरै देखिनेगरी बनाइएको मञ्चबाट नेताहरुले कालो बन्दै गरेको हिमाल हेर्दै यस्तो चिन्ता जनाएका हुन् ।

बुधबार दिउँसो घाम खुल्दा पहिलेपहिले सेताम्मे देखिने हिमाल अहिले कालो बन्दै गएको स्थानीयहरु बताउँदै थिए । यसैबारे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा आयोजित कार्यक्रममा नेताहरुले यसबारे चिन्ता व्यक्त गरेका हुन् ।

‘हामीले प्रकृति दोहन गरेका छौं । सडक बनाउँदा हामीले इआइए गर्छौं । यो भएको छ भन्छौं तर डकुमेन्टमा मात्र,’ मुख्यमन्त्री लामाले भने । यस्ता विषयमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्दा त्यसबाट हुनसक्ने क्षति उल्लेख गरिने भए पनि प्रतिवेदन लुकाउने गरेको बताए । जसकारण प्रकृति दोहन भइरहेको मानवीय क्षति भइरहेको उनको तर्क रह्यो । गत असार ११ देखि १३ गतेसम्म काठमाडौं केन्द्रित वर्षासमेत जलवायु परिवर्तनका कारण आएको उनको भनाइ थियो । 

bahadursing-1735826286.jpg
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले गुफाडाँडा क्षेत्रलाई आकर्षक थलो बनाउन सकिने प्रस्ताव राखे । ‘यति नजिकबाट देखिने हिमाल देखाएर नगरकोटबासीले पैसा कमाएका छन् । यही किन होटल नबनाउने ?,’ तामाङले भने । उनले यस क्षेत्रमा चिया बगान, स्याउखेती लगाउन सकिने सम्भावना भएको बताए ।

Hardik health

काभ्रेपलाञ्चोकस्थित मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरकोटमा हिमाल हेर्न आउने पर्यटकले हिउँ हेर्न नपाएको गुनासो गरे । ‘अहिले नगरकोटमा हिमाल हेर्न आउँछन् । तर पर्यटकले हिउँ हेर्न पाउँदैनन् । यो जलवायु परिवर्तनका कारण हो,’ वाइबाले भने ।

उनले स्थानीय तहले विकासका लागि डोजर चलाउनुपर्ने बाध्यता हुँदा वातावरणीय असर न्यूनीकरणको काम गर्न नसकेको स्वीकार गरे ।  ‘डोजर चलाउनुपर्ने बाध्यता छ । यसले असर गर्ने रहेछ । यसबारे वातावरण र भूक्षयका हिसावमा न्यूनीकरण गर्न सकिन्थ्यो । तर यसलाई रोक्ने क्षमता हामीसँग छैन,’ नगरप्रमुख वाइबाले भने ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जलवायु परिवर्तनको असर सिन्धुपाल्चोकमा धेरै देखिरहेको बताए । लामिछानेले प्रदेशको मन्त्रिपरिषद् गुफाडाँडामा आयोजना गर्न मुख्यमन्त्रीसँग आग्रह गरे ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले जलवायु परिवर्तनका कारण रैथाने बाली नाश भइरहेको बताए । डोजरे विकासले क्षति पुगिरहेको अवस्थामा जलवायु परिवर्तनले विपत्ति नै निम्तिएको उनको भनाइ थियो । ‘विपद् रोक्न सकिँदैन तर विपद्बाट परेको असरको क्षति विकसित र कार्बन उत्सर्जन गर्ने मुलुकले व्यहोर्नुुपर्छ,’ सिलवालले भने । उनले विकसित मुलुकले गरेको औद्योगिकीकरणका कारण जलवायु परिवर्तन भएको दाबी गरे ।471787769_8923202674432173_7358023201624508873_n-1735826325.jpg
 

नेपाली कांग्रेसका नेता निमा लामाले जयवायु परिवर्तनका कारण भ्रेमाथाङ पहिरो गएको र मेलम्ची बाढी आएको बताए । यस विषयमा कोपेनहेगनमा भएको जलवायु सम्मलेनमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे आफूले जानकारी गराएको बताए । नेपालमा मात्रै जलवायु सम्मेलन गर्नुभन्दा यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा लामाको जोड थियो । ‘हामीले विश्वसामु यो कुरा लैजान आवश्यक छ । जलवायु परिवर्तनका कारण धर्म संस्कृति पनि मासिन लागेको छ,’ पूर्वमन्त्रीसमेत रहेका लामाले भने ।

सम्मेलनमा बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जलवायु परिवर्तनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालले प्रकृतिमैत्री जीवन जिउन आवश्यक रहेको उल्लेख गर्दै भावी पुस्ताको जीवन सुरक्षित बनाउन अहिलेका व्यक्तिहरुले काम गर्नुपर्ने बताए । उनले यस क्षेत्रलाइ जलवायु अध्ययन केन्द्र बनाउन सुझाए । आयोजक मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गर्न हिमालकै काखमा सम्मेलन गरिएको बताए ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले पहिलोपटक २०७५ पुस १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर जलवायु सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनलाई मेलम्ची नगरपालिकाले यसपटक निरन्तरता दिएको हो । 
 


प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै बुधबार, चैत ११, २०८२
पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता बुधबार, चैत ११, २०८२
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी बुधबार, चैत ११, २०८२
मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको रुपमा बालेनको शपथ हुने
मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको रुपमा बालेनको शपथ हुने बुधबार, चैत ११, २०८२
महानगरपालिका काव  प्रमुख डंगोलबाट कार्यसम्पादन प्रणालीको अनुगमन शुरू
महानगरपालिका काव प्रमुख डंगोलबाट कार्यसम्पादन प्रणालीको अनुगमन शुरू बुधबार, चैत ११, २०८२
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन् बुधबार, चैत ११, २०८२
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP