Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोना भाइरसको विश्वव्यापी कहर – नेपालमा सरकारको खेलाँची
कोरोना भाइरसको विश्वव्यापी कहर – नेपालमा सरकारको खेलाँची
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ३०, २०७६
Hardik health
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपाल सरकारले अहिलेसम्म प्रभावकारी कदम नचालेको गुनासोहरू संक्रमणजस्तै बढ्दै गएको छ । करिब एक महिनाअघि चीनको वुहानबाट फैलिएको यो घातक भाइरसको संक्रमण विश्वव्यापी हुँदै गइरहेको अवस्थामा विश्वले नै चिन्ता बढाएका छन् । तर, नेपाल सरकारले भने कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालेको छैन । यद्दपी विकासित देशहरू समेत कोरोना नियन्त्रणका लागि कम्मर कसेर लागेका छन् । कोरोना भाइरस नियन्त्रण गर्न छिमेकी मुलुक भारत सरकारले कडा कदम चालेको छ । भारतले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विश्वका सबै देशसँग भारत आवत–जावतमा रोक लगाएको छ । अमेरिकाजस्तो विकसित देशले समेत युरोपियन मुलुकसँग हवाइ सेवा तथा आवत–जावतमा प्रतिबन्ध गर्ने घोषणा गरेको छ । अमेरिकाले बेलायतबाहेक युरोपका सम्पूर्ण मुलुकबाट आज शुक्रबारदेखि लागू हुनेगरी एक महिनासम्म प्रवेशमा प्रतिबन्ध गरेको छ । तर, नेपाल सरकार भने हेर र पर्खमा रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोना भाइरसको संक्रमणलाई ‘विश्व महामारी’को संज्ञा दिएसँगै विश्व सर्तक बनेको छ । भारतले आज शुक्रबारदेखि नै लागू हुनेगरी विश्वका सबै मुलुकको पर्यटकमा रोक लगाएको छ । यतिमात्र नभएर भारतीय नागरिकले समेत एक महिनासम्म आफ्नो मुलुक छिर्न पाउने छैनन् । कोरोना भाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारत सरकारले जनाएको छ । भारतले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमण फैलिन रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लोइमेन्ट र प्रोजेक्ट भिसाबाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको छ । भारत सरकारले ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई मुक्त यात्राको सुविधामा समेत १५ अप्रिल २०२० सम्म रोकेको छ । यस्तै, १५ फेबु्रअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन, जर्मनीलगायतका मुलुकबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । पछिल्लो समय कोरोना भाइरस विश्वका १२४ मुलुकमा फैलिएको छ भने एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ । त्यसमध्ये चार हजार पाँच सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भाइरस संक्रमण तिव्र रूपमा फैलिँदै गएपछि गएको मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘महामारी’को संज्ञा दिएको थियो । तर, यसमा संक्रमण रोक्न देशहरूले के–कस्ता उपाय अपनाउँछन् भन्नेमा महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ । डब्लूएचओले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ को संज्ञा दिएसँगै अमेरिकाले कडा कदम चालेको हो । बिहीबार अमेरिकी राष्ट्रपति डोनल्ट ट्रम्पले विशेष सम्बोधन गर्दै एक महिनासम्म युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । युरोपियन मुलुकमा तिव्ररूपमा संक्रमण फैलिँदै गएपछि यस्तो कडाइ गरिएको ह्वाइट हाउसले जनाएको छ । यसैबीच बिहीबार नै अमेरिकाले कोरोनाविरुद्ध लड्न करोडौँ डलर विनियोजन गरेको छ । यस्तो अवस्था नेपाल सरकारले पनि यो भाइरसको संक्रमणप्रति सचेतनासँगै पुर्वतयारी गर्नु आवश्यक छ । तर, अहिलेसम्म सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गम्भीरता देखाएको छैन जबकि, डब्लूएचओले नेपाललाई कोरोनाको उच्च जोखिम मुलुकमा राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP