Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोना भाइरसको विश्वव्यापी कहर – नेपालमा सरकारको खेलाँची
कोरोना भाइरसको विश्वव्यापी कहर – नेपालमा सरकारको खेलाँची
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ३०, २०७६
Hardik health
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपाल सरकारले अहिलेसम्म प्रभावकारी कदम नचालेको गुनासोहरू संक्रमणजस्तै बढ्दै गएको छ । करिब एक महिनाअघि चीनको वुहानबाट फैलिएको यो घातक भाइरसको संक्रमण विश्वव्यापी हुँदै गइरहेको अवस्थामा विश्वले नै चिन्ता बढाएका छन् । तर, नेपाल सरकारले भने कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालेको छैन । यद्दपी विकासित देशहरू समेत कोरोना नियन्त्रणका लागि कम्मर कसेर लागेका छन् । कोरोना भाइरस नियन्त्रण गर्न छिमेकी मुलुक भारत सरकारले कडा कदम चालेको छ । भारतले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विश्वका सबै देशसँग भारत आवत–जावतमा रोक लगाएको छ । अमेरिकाजस्तो विकसित देशले समेत युरोपियन मुलुकसँग हवाइ सेवा तथा आवत–जावतमा प्रतिबन्ध गर्ने घोषणा गरेको छ । अमेरिकाले बेलायतबाहेक युरोपका सम्पूर्ण मुलुकबाट आज शुक्रबारदेखि लागू हुनेगरी एक महिनासम्म प्रवेशमा प्रतिबन्ध गरेको छ । तर, नेपाल सरकार भने हेर र पर्खमा रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोना भाइरसको संक्रमणलाई ‘विश्व महामारी’को संज्ञा दिएसँगै विश्व सर्तक बनेको छ । भारतले आज शुक्रबारदेखि नै लागू हुनेगरी विश्वका सबै मुलुकको पर्यटकमा रोक लगाएको छ । यतिमात्र नभएर भारतीय नागरिकले समेत एक महिनासम्म आफ्नो मुलुक छिर्न पाउने छैनन् । कोरोना भाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारत सरकारले जनाएको छ । भारतले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमण फैलिन रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लोइमेन्ट र प्रोजेक्ट भिसाबाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको छ । भारत सरकारले ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई मुक्त यात्राको सुविधामा समेत १५ अप्रिल २०२० सम्म रोकेको छ । यस्तै, १५ फेबु्रअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन, जर्मनीलगायतका मुलुकबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । पछिल्लो समय कोरोना भाइरस विश्वका १२४ मुलुकमा फैलिएको छ भने एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ । त्यसमध्ये चार हजार पाँच सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भाइरस संक्रमण तिव्र रूपमा फैलिँदै गएपछि गएको मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘महामारी’को संज्ञा दिएको थियो । तर, यसमा संक्रमण रोक्न देशहरूले के–कस्ता उपाय अपनाउँछन् भन्नेमा महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ । डब्लूएचओले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ को संज्ञा दिएसँगै अमेरिकाले कडा कदम चालेको हो । बिहीबार अमेरिकी राष्ट्रपति डोनल्ट ट्रम्पले विशेष सम्बोधन गर्दै एक महिनासम्म युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । युरोपियन मुलुकमा तिव्ररूपमा संक्रमण फैलिँदै गएपछि यस्तो कडाइ गरिएको ह्वाइट हाउसले जनाएको छ । यसैबीच बिहीबार नै अमेरिकाले कोरोनाविरुद्ध लड्न करोडौँ डलर विनियोजन गरेको छ । यस्तो अवस्था नेपाल सरकारले पनि यो भाइरसको संक्रमणप्रति सचेतनासँगै पुर्वतयारी गर्नु आवश्यक छ । तर, अहिलेसम्म सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गम्भीरता देखाएको छैन जबकि, डब्लूएचओले नेपाललाई कोरोनाको उच्च जोखिम मुलुकमा राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP