Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • झण्डै आठ लाख नेपाली रोजगारीका लागि विदेसिए
वर्ष २०२४ मा वैदेशिक रोजगार झण्डै आठ लाख नेपाली रोजगारीका लागि विदेसिए
विविशा पौडेल
विविशा पौडेल बुधबार, पुस १७, २०८१
सन् २०२२ को डिसेम्बरदेखि सन् २०२३ को डिसेम्बरसम्म श्रम स्वीकृति लिएर विदेसिनेको संख्या । स्रोतः वैदेशिक रोजगार विभाग

काठमाडौं– गएको एक वर्षमा झण्डै आठ लाख नेपाली रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष २०८० को पुसदेखि यस वर्षको मंसिर मसान्त (सन् २०२३ डिसेम्बर १७ देखि २०२४ डिसेम्बर १५) सम्मको अवधिमा सात लाख ९२ हजार ५९४ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिएका श्रमिकको कूल संख्या हो । 

यसरी विदेसिनेमा महिलाको संख्या साढे १० प्रतिशत अर्थात् ८४ हजार ६५२ रहेको छ । बाँकी सात लाख सात हजार ९४२ जना पुरुष रहेका छन् ।विभागको मासिक तथ्यांकअनुसार सबैभन्दा बढी मंसिर महिनामा ८४ हजार २२६ जना श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि गएको देखिन्छ । गत जेठ महिनामा दोस्रो बढी ७२ हजार ८६१ जना विदेसिएको तथ्यांक छ ।

यस्तै गत कात्तिकमा ७० हजार ९९० जना, गत वर्षको चैतमा ७० हजार ९३३ जना, गत वैशाखमा ७० हजार ६३७ जना, गत वर्ष पुसमा ६५ हजार ८१३ जना, फागुनमा ६५ हजार ६५८ जना तथा माघमा ६२ हजार १४७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । यसैगरी साउनमा ५९ हजार ५७५ जना, असारमा ५८ हजार ७३६ जना, भदौमा ५७ हजार ४९३ जना र असिोजमा ५३ हजार ५२५ जना विदेसिएको विभागले जनाएको छ ।

Hardik health

तथ्यांकअनुसार उक्त अवधिमा विदेसिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९५ हजार ८२८ ले बढेको छ । सन् २०२२ को डिसेम्बरदेखि सन् २०२३ को डिसेम्बरसम्म श्रम स्वीकृति लिएर विदेसिनेको संख्या छ लाख ९६ हजार ७६६ रहेको थियो । यो तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो वर्ष झन् बढेको देखाउँछ । 

मुलुकमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको छ । हाल दैनिक दुई हजार भन्दा बढी संख्यामा नेपाली कामदार रोजगारीका लागि विदेस जाने गरेको तथ्यांकमा देखिन्छ । सरकारले बाध्यात्मक वैदेशिक रोजगारलाई अन्त्य गर्ने बताए पनि त्यसतर्फ खास काम हुन नसकेको सरोकारवालाहरु बताउँछन्, जसलाई तथ्यांकले पनि पुष्टि गर्छ । रोजगारीका लागि विदेसिनेको लहर दिनप्रतिदिन बढ्दै जाँदा गाउँघर भने युवाविहीन बन्दै गएका छन् । यसरी विदेसिनेले मुलुकमा रेमिट्यान्स भित्र्याउन योगदान गरे पनि युवा जनशक्तिको पलायनले दीर्घकालीन रुपमा मुलुकमा समस्या निम्त्याउने विज्ञहरुको भनाइ छ । 



 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP