Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • झण्डै आठ लाख नेपाली रोजगारीका लागि विदेसिए
वर्ष २०२४ मा वैदेशिक रोजगार झण्डै आठ लाख नेपाली रोजगारीका लागि विदेसिए
विविशा पौडेल
विविशा पौडेल बुधबार, पुस १७, २०८१
सन् २०२२ को डिसेम्बरदेखि सन् २०२३ को डिसेम्बरसम्म श्रम स्वीकृति लिएर विदेसिनेको संख्या । स्रोतः वैदेशिक रोजगार विभाग

काठमाडौं– गएको एक वर्षमा झण्डै आठ लाख नेपाली रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष २०८० को पुसदेखि यस वर्षको मंसिर मसान्त (सन् २०२३ डिसेम्बर १७ देखि २०२४ डिसेम्बर १५) सम्मको अवधिमा सात लाख ९२ हजार ५९४ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिएका श्रमिकको कूल संख्या हो । 

यसरी विदेसिनेमा महिलाको संख्या साढे १० प्रतिशत अर्थात् ८४ हजार ६५२ रहेको छ । बाँकी सात लाख सात हजार ९४२ जना पुरुष रहेका छन् ।विभागको मासिक तथ्यांकअनुसार सबैभन्दा बढी मंसिर महिनामा ८४ हजार २२६ जना श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि गएको देखिन्छ । गत जेठ महिनामा दोस्रो बढी ७२ हजार ८६१ जना विदेसिएको तथ्यांक छ ।

यस्तै गत कात्तिकमा ७० हजार ९९० जना, गत वर्षको चैतमा ७० हजार ९३३ जना, गत वैशाखमा ७० हजार ६३७ जना, गत वर्ष पुसमा ६५ हजार ८१३ जना, फागुनमा ६५ हजार ६५८ जना तथा माघमा ६२ हजार १४७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । यसैगरी साउनमा ५९ हजार ५७५ जना, असारमा ५८ हजार ७३६ जना, भदौमा ५७ हजार ४९३ जना र असिोजमा ५३ हजार ५२५ जना विदेसिएको विभागले जनाएको छ ।

Hardik health

तथ्यांकअनुसार उक्त अवधिमा विदेसिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९५ हजार ८२८ ले बढेको छ । सन् २०२२ को डिसेम्बरदेखि सन् २०२३ को डिसेम्बरसम्म श्रम स्वीकृति लिएर विदेसिनेको संख्या छ लाख ९६ हजार ७६६ रहेको थियो । यो तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो वर्ष झन् बढेको देखाउँछ । 

मुलुकमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको छ । हाल दैनिक दुई हजार भन्दा बढी संख्यामा नेपाली कामदार रोजगारीका लागि विदेस जाने गरेको तथ्यांकमा देखिन्छ । सरकारले बाध्यात्मक वैदेशिक रोजगारलाई अन्त्य गर्ने बताए पनि त्यसतर्फ खास काम हुन नसकेको सरोकारवालाहरु बताउँछन्, जसलाई तथ्यांकले पनि पुष्टि गर्छ । रोजगारीका लागि विदेसिनेको लहर दिनप्रतिदिन बढ्दै जाँदा गाउँघर भने युवाविहीन बन्दै गएका छन् । यसरी विदेसिनेले मुलुकमा रेमिट्यान्स भित्र्याउन योगदान गरे पनि युवा जनशक्तिको पलायनले दीर्घकालीन रुपमा मुलुकमा समस्या निम्त्याउने विज्ञहरुको भनाइ छ । 



 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP