Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा उत्कृष्ट पाँच मनोनयन
सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा उत्कृष्ट पाँच मनोनयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१

पोखरा- छोटा फिल्महरु समेटेर नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको छ ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले मनोरञ्जन बजारमा निकै पछि परेको २०८१ सालमा देशभर निर्माण भएका उत्कृष्ट पाँच छोटा फिल्महरु सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा छनाैट भएकाे सार्वजनिक गरेको हाे  ।

त्यसैगरी अवार्डमा केही राम्रा सर्ट फिल्म निर्माताहरुले सम्पूर्ण विधातर्फ अवार्डमा उत्साहजनक आफ्नो सर्ट फिल्म दर्ता गरेका छन् । ख्यातिप्राप्त वरिष्ठ कलाकार, पत्रकार तथा प्राविधिक गरी पाँच सदस्यीय जुरीले निकै मेहनत गरेर गम्भीरतापूर्वक तयार पारेको ‘नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१’ संस्करणको ग्राइन्ड फिनाले यही १७ गते बुधबार पोखराको रंगशालामा हुन गइरहेको छ भने अवार्डको अवसरमा कास्की निर्माण व्यवसायी र बक्स अफिस फुटबल एकेडमीबीच एक दिवसीय मैत्रीपूर्ण फूटबल प्रतियोगिता आयोजना राखेको नेशनल बक्स अफिस सर्ट फिल्म अवार्डका अध्यक्ष आरके सुवेदीले बताए।

२०८१ सालमा बजारमा देखिएका झन्डै ६३ सर्ट फिल्महरुलाई पछार्दै उत्कृष्ट मनोनयन पर्न सफल छोटा फिल्मकर्मीको उत्कृष्ट पाँच मनोनयनहरू:

Hardik health

वर्षको उत्कृष्ट सर्ट फिल्म मेकअप–२०८१ तर्फ शृजना कार्की– मलामी २, सञ्जिता ढकाल– हनुमान दास, राजु वाइवा– दशैं तिहार एक सपना, मेघासाही सापकोटा– द टिचर, सुशिला कुमाल– बिजुली सर्वत भएका छन् भने वर्षको उत्कृष्ट सर्ट फिल्म ब्याकग्राउण्ड संगीत– २०८१ तर्फ सविन सेञ्चुरी– द टिचर, विकास थारु– सुनको फुल, सञ्जय सुब्बा– हनुमान दास, सरोज नेपाल– कात्रो भाग २, पवन शर्मा– वज्यैको टुकी परेका छन् । त्यसैगरी वर्षको उत्कृष्ट सर्ट फिल्मको छायाँकन–२०८१ तर्फ सुशिर अर्याल– हनुमान दास, दिनेश पराजुली– द टिचर, सुरज कुँवर– दशैंको खसी, रामेश्वर हुमागाइँ– दसै तिहार एक रहर, किशोर अर्याल– हनुमान दास भएका छन् ।

त्यसैगरी वर्षको उत्कृष्ट सर्ट फिल्म सम्पादक– २०८१ तर्फ तुलसी देवकोटा– बज्यैको टुकी, गौतमराज खड्का– द टिचर, सुजन कुँवर– दशैंको खसी, हरि थापा– दशैं तिहार एक रहर, तारा थापा– कात्रो २ भएका छन् । त्यसैगरी वर्षको उत्कृष्ट सर्ट फिल्म द्वन्द्व निर्देशक–२०८१ तर्फ किरन कार्की– कात्रो, डिम महर्जन– रिक्सा दाइ, विशाल मोक्तान– वनदेउता, खेमनाथ खनाल– द टिचर, मानव श्रेष्ठ– सुनको फुल बनेका छन् । त्यस्तै वर्षको उत्कृष्ट सर्ट फिल्म वाल कलाकार–२०८१ तर्फ तेजस्वी सापकोटा– द टिचर, रितु वर्मा– कात्रो, बिमल राउत– बज्यैको टुकी, थिर मोक्तान– वन देउता, निसान आले– सुनको फुल भएका छन् भने वर्षको उत्कृष्ट सर्ट फिल्म नव नायक–२०८१ तर्फ मनिस अधिकारी– ट्युसन, सुवास शाही– वन देउता, पुष्कर खड्का– कात्रो, मुकेश थापा– मैनबती, अनिल शेर्पा– हिमाली गोठ परेका छन् ।

त्यस्तै वर्षको उत्कृष्ट सर्ट फिल्म नव नायिका– २०८१ तर्फ फुलमाया शेर्पा– हिमाली गोठ, मुस्कान थारु– कात्रो, मन्दिरा अधिकारी– ट्युसन, ‌यशोदा रेग्मी– वन देउता, सुमिना पहरी– मैनवती मनोनयनमा परेका छन् भने वर्षको उत्कृष्ट  सर्ट फिल्म खलनायक–२०८१ तर्फ रुद्र चौलागाई– कात्रो, रविन्द्र थेवे– हिमाली गोठ, मुकुन्द शर्मा– ट्युसन, नरहरी कार्की– वन देउता, बिर्ख अलेमगर– रिक्सा दाइ मनोनयनमा परेका छन् ।

वर्षको उत्कृष्ट सर्ट फिल्म कथा(पटकथा(संवाद–२०८१ तर्फ मुकुन्द किशोर भट्टराई– बिजुली सर्वत, राजु भुजु– दशैं तिहार एक रहर, वसन्त सापकोटा– द टिचर, आर।के। मानन्धर– हनुमान दास, मनोज दाहाल– कात्रो २ मनोनयनमा परे पभने वर्षको उत्कृष्ट सर्ट फिल्म चरित्र अभिनेता– २०८१ तर्फ मुकुन्द किशोर भट्टराई– बिजुली सर्वत, राजु भुजु– हनुमान दास, सुशील नेपाली– कात्रो, उत्तम कोदे– दशंै तिहार, रामचन्द्र अधिकारी– मैनबती परेका छन् ।

त्यसैगरी वर्षको उत्कृष्ट सर्ट फिल्म अभिनेत्री– २०८१ तर्फ संगीता थापा– द टिचर, सिरु बिष्ट– दशैं तिहार एक रहर,  सीता मानन्धर– हनुमान दास, दुर्गा भट्टराई– बिजुली सर्बत, सविता गुरुङ– हनुमान दास मनोनयनमा पर्न सफल भए भने वर्षको उत्कृष्ट सर्ट फिल्म अभिनेता–२०८१ तर्फ बिरु गुरुङ– द टिचर, आर।के। मानन्धर– दशैं तिहार एक रहर, सुकचन्द्र परियार– दशैंको खसी, पवन खतिवडा– बिजुली सर्वत, राजु भुजु– हनुमान दास मनोनयन भएका छन् । वर्षको उत्कृष्ट सर्ट फिल्म निर्देशक–२०८१ तर्फ अनन्त नेपाली– कात्रो, तुलसी देवकोटा– बज्यैको टुकी, मुकुन्द किशोर भट्टराई– बिजुली सर्वत, राजु भुजु– दशैं तिहार एक रहर, वसन्त सापकोटा– द टिचर मनोनयनमा परे भने वर्षको उत्कृष्ट सर्ट फिल्म–२०८१ तर्फ अनन्त नेपाली–कात्रो, आर।के। मानन्धर– दशैं तिहार एक रहर, तुलसी देवकोटा– बज्यैको टुकी, मुकुन्द किशोर भट्टराई– बिजुली सर्वत र वसन्त सापकोटा– द टिचर मनोनयनमा परेका छन् ।

आर्थिक वर्ष २०८१ सालमा बजारमा झन्डै ६३ वटा गन्न लायकको सृजनाहरु बजारमा बने पनि व्यवसायिकरूपमा एउटा पनि सफल नभएको बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ संस्करणले आफ्नो प्रतिवेदन सार्वजनिकमा चिन्ता प्रकट गरेको छ । बजारमा बनेका अधिकांश सर्ट फिल्म निर्माणको मुख्य धन्दा नै आइएनजिओ, एनजीओ, नगरपालिका, वडा र गाउँपालिकाको साना बजेट मास्ने र खाने दाउमा मात्रै केन्द्रित रहेकोले बक्स अफिस इन्टरनेसनल ग्रुपले यस्तो चिन्ता प्रकट गरेको हो ।

 

पछिल्लो समय नेपालमा नेपाली सर्ट फिल्मलाई टेलिभिजन र दर्शकले लगभग पत्याउन छाडेका छन् भने युटुव भ्यूले औंलामा गन्ने केही सर्टफिल्महरु  मरेर मुनाफा रहेका देखिन्छन् । तर त्यो भने सन्तोषजनक छैन । बजारमा जति बनेका छन्, सबैको उद्देश्य कमाउने भन्दा पनि अधिकांशको मजाक, भिडियोमा आफैं देखिने, आफैं रमाउने र आफ्नो नितान्त रहर पूरा गर्ने होडबाजीमात्रै देखिन्छ । नेपाली सर्ट फिल्महरुका लगभग दर्जनौं कलाकार प्राविधिकहरुले रोजिरोटी धान्ने मूल पेशाको सम्भावाना भए पनि यति सानो बजारमा जिम्मेवारभन्दा गैरजिम्मेवारहरुको ताँती छ ।

छोटा फिल्म समाजका लागि थुप्रै सकारात्मक र उपलब्धिको पाटो बन्नसक्ने माध्यम रहेको यो बजारमा एकले अर्कोको खुट्टा तान्ने, ठूलो फिल्ममा झै यहाँ पनि मुर्गा बनाउने, सोझा–सिधा महिला कलाकारमाथि व्याप्त यौन दुव्र्यवहार र शोषण हुने गरेकोमा बक्स अफिस सर्ट फिल्म अवार्डले आफ्नो अवार्डको अवसरमा गहिरो चिन्ता प्रकट गरेको छ ।

बजारमा सर्ट फिल्म निर्माताको आर्थिक स्थिति कमजोर भएकै कारण थुप्रै सर्ट फिल्म निर्माण कम्पनीले नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पोखरामा अंग्रेजी नयाँ वर्षमा हरेक जनवरीको पहिलो दिन नै शुभकर्मको रूपमा नियमित आयोजना हुन्ने सर्ट फिल्म अवार्डमा आफ्नो सृजना दर्ता गरेका छैनन् भने थुप्रै कलाकार प्राविधिकहरुले व्यक्तिगत विधातर्फ अवार्डमा स्वःस्फूर्त आवेदन दिएका छन् । जुन आवेदनले आज छोटा फिल्महरुको पनि अवार्ड भन्न पाइरहेका छौं ।

 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै आइतबार, चैत १५, २०८२
हामी तीन भाइ प्रदर्शनमा
हामी तीन भाइ प्रदर्शनमा शुक्रबार, चैत १३, २०८२
कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा
कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा बुधबार, चैत ११, २०८२
चलचित्र पत्रकारिता विस्तारित हुँदै
चलचित्र पत्रकारिता विस्तारित हुँदै मंगलबार, चैत १०, २०८२
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP