Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘मेरिटोक्रेसी’ मिचेर दलीय डीन
‘मेरिटोक्रेसी’ मिचेर दलीय डीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १, २०८१
  • प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले मेरिटोक्रेसीको विरोध गर्दै उपकुलपति प्रा.डा. केशरजंग बरालको विरोध गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो

  • त्रिविले छनोट समितिले सिफारिस गरेका तीनमध्ये पहिलो नम्बरमा रहेकालाई नियुक्ति गर्न लाग्दा एमालेको कोही पनि नपर्ने भएपछि यो प्रक्रिया अवरुद्ध भएको थियो

  • एमाले महासचिव शंकर पोखरेल यस विषयमा सतहमै उत्रेर मेरिटोक्रेसीको विरोध गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको बैठकमा आफूनिकट कर्मचारी संगठनका नेता र विद्यार्थी नेता उचालेर त्रिविका उपकुलपति प्रा.डा. बरालको विरोध गर्न लगाएका थिए


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबपछि त्रिभुवन विश्वविद्यालयमा एकैसाथ आठ डीन नियुक्त भएका छन् । शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आठ डीन र तीन निर्देशक नियुक्त गरेको हो ।
त्रिविका रेक्टर खड्ग केसीका अनुसार शिक्षाशास्त्र संकायमा प्रा.डा. वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहोनराज शर्मा डीन नियुक्त भएका छन् । त्यसैगरी मानविकी तथा सामाजिकशास्त्रमा प्रा.डा. द्विविनन्द ढकाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इञ्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्य नियुक्त भएका छन् ।

त्यसैगरी शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यावहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मिना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले ‘मेरिटोक्रेसी’को विरोध गर्दै उपकुलपति प्रा.डा. केशरजंग बरालको विरोध गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो । कतिसम्म भने एमालेनिकट प्राध्यापकको भागबण्डा नमिल्दासमेत यो प्रक्रिया रोकिएको थियो । उपकुलपति प्रा.डा. बराल मेरिटोक्रेसीकै आधारमा डीन र निर्देशक नियुक्ति प्रक्रियामा लागेपछि प्रधानमन्त्री ओलीले हस्तक्षेप थालेका थिए । उक्त विषयमा ओलीको आलोचना बढेपछि एमाले महासचिव शंकर पोखरेल सतहमै उत्रेर मेरिटोक्रेसीको विरोध गरेका थिए ।

अघिल्लो आइतबार महासचिव पोखरेलले मेरिटोक्रेसी भन्दै कांग्रेस र माओवादीबाट मात्र डीन नियुक्त गर्न लागेको आरोप उपकुलपति बरालमाथि लगाएका थिए । ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरियो । जबकि त्यतिबेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफूनिकट व्यक्तिलाई भिसी बनाउनेगरी प्रक्रिया अघि बढायो,’ सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘सोहीअनुसार माओवादीनिकटका चित्रबहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजनाअनुरुप दुई नम्बरमा रहेका बराललाई भिसी बनाइए ।’


बिहीबारको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले आफूनिकट कर्मचारी संगठनका नेता र विद्यार्थी संगठनका नेता उचालेर उपकुलपति बरालमाथि खनिन लगाएका थिए । त्रिवि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले उपकुलपति बरालले डीन नियुक्त गर्न नसकेर जात्रा गरेको आरोप लगाएका थिए । उनी एमालेनिकट प्रगतिशील कर्मचारी संगठनका नेता हुन् । त्रिवि कर्मचारी संघमा उनी २०७९ असार १५ गते निर्वाचित भएका हुन् ।

Hardik health

यसपछि पूल्चोक इञ्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले उपकुलपति बरालले एकलौटीरुपमा विश्वविद्यालय चलाएको आरोप लगाएका थिए । उपकुलपति विश्वविद्यालयमै नआउने आरोप लगाउँदै उनले मेरिटोक्रेसी लागू गर्न नहुने माग गरे । ‘उपकुलपति आधा समय घर बस्नुहुन्छ । यहाँ उहाँको आतंक छ । आफैं नियम मिच्दै हिँड्नुहुन्छ,’ अर्यालले भनेका थिए, ‘मेरिटोक्रेसीको रंगमञ्च किन रच्दै हुनुहुन्छ ? तपाईंको मान्छे नियुक्त गर्नलाई ?’ अर्याल नेकपा एमालेको भ्रातृ संगठन अनेरस्ववियुका नेता हुन् । सिनेट बैठकमा प्रधानमन्त्री ओलीले आफूबाट हस्तक्षेप नभएको भन्दै समाचारहरुको खण्डन गरेका थिए ।

यसरी मिल्यो भागबण्डा
त्रिविका उपकुलपतिमा प्रा.डा. बराललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा २०८० फागुनमा नियुक्त गरेका थिए । उनै बरालले मेरिटोक्रेसीको आधारमा डीन र निर्देशकहरु नियुक्त गर्न लागेपछि गत साउन १३ गते सिनेटको बैठक नै स्थगित गरेका थिए प्रधानमन्त्री ओली ओलीले । त्यसपछि लामो समय लगाएर भागबण्डा मिलेपछि ओलीले बिहीबार पुस ७ भित्र नयाँ डीन नियुक्त गर्न निर्देशन दिएका हुन् । 

यही दबाबका कारण उपकुलपतिले आठ डीनमा कांग्रेसबाट तीन, एमालेबाट दुई र माओवादीबाट दुईजना नियुक्त गरेका छन् । एकजना भने स्वतन्त्र छानिएका छन् । व्यवस्थापन संकायमा नियुक्त प्रा.डा. महानन्द चालिसे, वन विज्ञान अध्ययन संस्थानमा नियुक्त सहप्राध्यापक ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा नियुक्त प्रा.डा. शंकर खनाल कांग्रेस कोटाबाट हुन् ।

यता इञ्जिनियरिङ अध्ययन संस्थानमा नियुक्त प्रा.डा. सुशिलबहादुर बज्राचार्य र शिक्षाशास्त्र संकायमा नियुक्त प्रा.डा. वेदराज आचार्य एमाले कोटाका डीन हुन् । माओवादीबाट मानविकी तथा सामाजिक शास्त्रमा प्रा.डा. द्विविनन्द ढकाल र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक किशोरचन्द्र दाहाल डीन नियुक्त भए । चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा भने प्रा.डा. मोहोनराज शर्माको नाममा सहमति जुटेको बताइएको छ ।

उपकुलपति बरालले छनोट समितिले सिफारिस गरेका तीनमध्ये पहिलो नम्बरमा रहेकालाई नियुक्ति गर्न चाहेका थिए । यसरी नियुक्ति दिँदा एमालेको कोही पनि नपर्ने भएपछि तीन जनामध्येबाट एक जना जोसुकैलाई नियुक्ति गर्ने सहमति जुटेको हो । ‘सम्बन्धित क्षेत्रका शैक्षिक विशिष्टता प्राप्त गरेको प्राध्यापक वा सहप्राध्यापकहरूमध्येबाट वर्णानुक्रममा तीन जनाको नामावली कार्यकारी परिषद्समक्ष पेस गर्ने छ र कार्यकारी परिषद्बाट सिफारिस गरिएका तीन जनामध्ये कुनै एक जनालाई डीनमा नियुक्त गरिने छ,’ डीन नियुक्तिसम्बन्धी पछिल्लो मापदण्डमा उल्लेख छ ।

यसैगरी परिषद्ले तीन जना निर्देशक भने बराबर बाँडफाँट गरेको छ । कांग्रेसले व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) पाएको छ । यहाँ प्रा.डा. मीना राजभण्डारी निर्देशक नियुक्त भइन् । एमालेको भागमा शिक्षा, विकास तथा अनुसन्धान केन्द्र (सेरिड) पर्यो । सेडिडको निर्देशकमा सहप्राध्यापक राजेन्द्र कुँवर निर्देशक नियुक्त भए ।

माओवादीको भागमा परेको योजना निर्देशनालयको निर्देशकमा लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् । आठ जना डीनका लागि ६३ र निर्देशकको लागि १६ जनाले आवेदन दिएका थिए । त्रिविमा अझै रिक्त १२ क्याम्पसका प्रमु्ख नियुक्त गर्न सकेको छैन ।
 


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १०:५२
#मेरिटोक्रेसी #त्रिभुवन_विश्वविद्यालय #डीन #त्रिवि
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक बुधबार, माघ ७, २०८२
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
लुम्बिनी  प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन् बुधबार, माघ ७, २०८२
चर्कियो इरान-अमेरिका तनाव
चर्कियो इरान-अमेरिका तनाव बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता बुधबार, माघ ७, २०८२
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP