Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • जनकपुरधाममा सरकारी कार्यालयहरुको सेवा प्रवाहमा समस्या
जनकपुरधाममा सरकारी कार्यालयहरुको सेवा प्रवाहमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २६, २०८२

काठमाडौं– जनकपुरधामको  सरकारी कार्यालयहरुको सेवा प्रवाहमा समस्या भएको छ  ।  मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएपछि सेवा प्रभावित भएको हो  । 

 ‘जेनजी’ पुस्ताका नाममा भएको सो प्रदर्शनमा जनकपुरका सरकारी कार्यालयहरूमा तोडफोड एवं आगजनी हुँदा सेवा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।  स्थानीय जनतालाई दैनिक प्रत्यक्ष रुपमा  सेवा दिने सङ्घीय, प्रदेश तथा  स्थानीयअन्तर्गत निकायका कार्यालयहरुको कम्प्युटर, इन्टरनेट सेवा तथा फाइलहरुमा आगलागी तथा तोडफोड भएपछि सेवा प्रभावित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए ।  

कर्मचारीहरु कार्यालय पुगे पनि काम गर्न सक्ने अवस्था नभएको र यथासक्य कामकाजलाई सहज बनाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले स्पष्ट पारे । उनका अनुसार अधिकांश कार्यालयहरु जलेर कालो भएका, फर्निचर क्षतिग्रस्त अवस्थामा रहेका, कार्यकक्षका कम्प्युटर एवं दराजसहित कार्यालयका सवारी साधन आगोले जलेका अवस्थामा देखिन्छ ।  प्रदर्शनका क्रममा जनकपुरमा एक दर्जनभन्दा बढी कार्यालहरुमा क्षति पुगेको छ । यस्तै विभिन्न पार्टीका कार्यालय भवन, सार्वजनिक भवन तथा पार्टीका नेताहरुको घरमा समेत आगजनी भएको जिल्ला प्रसाशन कार्यालय धनुषाले जनाएको छ । धनुषा जिल्लामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले आगलागीले कार्यालयहरुमा रहेका कम्प्युटर, कुर्सीटेवल, दराज, सोफा, महत्वपूर्ण फाइल तथा महत्वपूर्ण दस्तावेजहरु पूर्ण रुपमा जलेर नष्ट भएकाले कार्यालयहरुको कार्य सञ्चालनमा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

Hardik health

प्रदर्शनकारीका कारण जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय, भन्सार कार्यालय, जिल्ला ट्राफिक कार्यालय, प्रहरी चौकीहरु, मधेस प्रदेश भवनभित्र रहेका मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, सिँचाइ मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, मधेस प्रदेश सरकारको कृषि मन्त्रालयसहितका सरकारी कार्यालयको कामकाज प्रभावित भएको देखिन्छ । 

यसैगरी प्रदेशसभा भवन, जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडा तथा नेताका भवन, सार्वजनिक भवन तथा विभिन्न पार्टीका कार्यालय भवनमा आगो लगाएर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायब प्रहरी उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । यसैबीच धनुषा जिल्लामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरु आज पनि बन्द रहेका छन् ।  यसबाट समग्र जिल्लावासीको जनजीवन प्रभावित भएको छ । जिल्लामा शान्तिसुरक्षा, अमनचयन कायम गर्नका लागि नेपाली सेनाले ठाउँठाउँमा सुरक्षाका लागि अनुगमन तथा ‘माइकिङ’ गरिरहेको पाइएको छ ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP