काठमाडाैं - राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संकटलाई व्यवस्थापन गर्न आफूले प्रयास गरिरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले संयमित हुन आग्रह गरेका छन् ।
‘देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचारविमर्श एवं हर प्रयास गर्दै छु,’ उनले भनेका छन्, ‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका छन्। उनले आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि सबैलाई आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले तीन दिनअघि जेन–जी आन्दोलनकारीलाई संवादका लागि आह्वान गरेका थिए ।
राष्ट्रपतिकाे विज्ञप्ति