Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  •  नयाँ दल खोल्ने  ‘वार्मअप’
बालेन साह, कुलमान घिसिङ, हर्क साम्पाङ, दुर्गा प्रसाईं र प्रा.डा. महेन्द्रसुन्दर लावती दल खोल्ने तयारीमा  नयाँ दल खोल्ने  ‘वार्मअप’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, भदौ १९, २०८२

 

पुराना दलहरूले डेलिभरी दिन सकेको भए, सुशासन कायम गर्न सकेको भए नयाँ दलहरूले खासै स्पेस पाउने थिएनन् । तर नागरिकमा जति असन्तुष्टिको ग्राफ बढ्छ, त्यति नै नयाँ दलहरूको उचाई पनि बढ्छ ।
डा. भेषराज घिमिरे
राजनीतिक विश्लेषक

काठमाडौं-  दलीय घेराभन्दा बाहिर रहेर जनमत निर्माण गरेका स्वतन्त्र व्यक्ति र जनप्रतिनिधिहरू दल खोल्ने मेसोमा देखिएका छन् । तयारीलाई हेर्दा आगामी आमचुनावअघि नै उनीहरूले दलीय संरचना खडा गरिसक्ने छन् र दलबाटै चुनाव लड्ने छन् ।

त्यसका लागि ‘वार्मअप’मा देखिएका छन् । देश/परदेश घुमेर कोही जनमतको प्रारम्भिक परीक्षणमा छन् । कोही ठूला सहरी क्षेत्रका मतदाताको मनोभावना बुझ्ने प्रयासमा छन् । यसबीचमा पुराना राजनीतिक दलहरूले देशलाई बर्बाद पारेको भन्दै देशको खराब स्थिति पनि प्रस्तुत गर्दै आएका छन् । खासगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र प्रा.डा. महेन्द्रसुन्दर लावती दल खोल्ने तयारीमा देखिन्छन् । 

Hardik health

हरेक चुनावमा कुनै न कुनै नयाँ दल देखा परेकै हुन्छ तर नयाँले के गर्न सके ? त्यसो हुनाले नयाँ भन्नेबित्तिकै जनताले विश्वास गरिहाल्छन् भन्ने लाग्दैन ।
भीम भूर्तेल
राजनीतिक विश्लेषक
 

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र प्राध्यापनरत डा. भेषराज घिमिरे यी व्यक्तिहरूले दल खोले पुराना दलहरूमाथि आगामी चुनावमा झनै चुनौती दिने विश्लेषण गर्छन् । ‘पुराना दलहरूले डेलिभरी दिन सकेको भए, सुशासन कायम गर्न सकेको भए, नयाँ दलहरूले खासै स्पेस पाउने थिएनन्,’ उनले प्रभावसँग भने, ‘तर, नगर्दा नागरिकको असन्तुष्टिको ग्राफ बढिरहेको छ । जति असन्तुष्टिको ग्राफ बढ्छ, त्यति नै नयाँ दलहरूको उचाई पनि त्यहीअनुसार बढ्छ ।’

हुन पनि ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल विश्वमा व्यापक भ्रष्टाचार हुने देशको सूचीमा १०८औं नम्बरमा छ । नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको प्रतिवेदनहरूले नै देखाएका छन् । राजनीतिक र कर्मचारीतन्त्रले मिलिजुली गर्ने ठूला भ्रष्टाचार काण्डहरूलाई यतिबेला छोपछाप गरिएको आरोप विपक्षी दलहरूको छ । यसले नागरिकमा सरकारप्रति आक्रोशको तह बढाइदिएको छ । अर्कातिर, सुशासनको अवस्था कमजोर छ । बेरोजगारी समस्या उस्तै छ । यस्तोमा सरकारविरोधी जनभावनालाई नयाँ दलहरूले जनमतमा परिणत गर्न सक्ने डा. घिमिरे बताउँछन् । 

काठमाडौं महानगर प्रमुख साह भने जनमत परीक्षण गर्न लागिपरेका छन् । त्यसका लागि उनले आफ्नो सल्लाहकार रहिसकेका ३३ वर्षीय सन्तोष गिरीलाई रुपन्देही-३ मा हुने उपचुनावमा उम्मेदवार बनाउँदै छन् । गिरी गत असारदेखि नै चुनाव क्षेत्रमा माहोल बनाइरहेका छन् । उनी रुपन्देहीको तिलोत्तमा–६ पश्चिम पहुनीका हुन् ।  डा. घिमिरेका अनुसार दल खोलेर चुनावमा गए बालेन स्वतन्त्रमध्ये जनमत प्राप्त गर्न सक्ने सर्वाधिक प्रभावशाली नेता हुन सक्छन् । उनले भने, ‘ठूला दललाई धक्का दिने क्रेज बालेन साहको देखिन्छ । तर, उनले दल दर्ता गर्ने हैसियत राख्छन् कि राख्दैनन् त्यो अलग कुरा हो, यद्यपि, दल सञ्चालन गाह्रो कुरा छ तर, राम्रो मनोवृत्तिका मानिसहरूलाई संगठित गरेर दल खोले एकपटक उनलाई जनताले विश्वास गर्ने देख्छु ।’

बालेनले दल खोल्छन् कि खोल्दैनन् ? टुंगो छैन । उनी गत स्थानीय तह चुनावमा दशकौंदेखि संगठित जनमतधारी दल र ती दलहरूका उम्मेदवारलाई पराजित गर्ने व्यक्ति हुन् । यदि, दल खोले उनले दक्षिणपन्थी धार समात्न सक्ने कतिपयको टिप्पणी छ ।  उनीबाहेक दल खोल्न कस्सिने स्वतन्त्र व्यक्तिमा कुलमान घिसिङ हुन् । उनी उज्यालो नेपाल अभियानका ‘नायक’का रूपमा चर्चित छन् । उनले दल खोल्ने घोषणा यसअघि नै गरिरहेका छन् । राजनीतिक उद्देश्यमै केन्द्रित भएर उनले हालै विभिन्न मुलुकको भ्रमण गरी स्वदेश फर्किएका छन् । नेपालमा १८ घण्टा लामो लोडसेडिङ अन्त्यको व्यवस्थापकीय नेतृत्व गर्ने श्रेय उनैलाई जान्छ । कतिपयले त उनलाई उज्यालोको पर्यायको रूपमा पनि अथ्र्याउने गरेका छन् । त्यसो हुनाले आगामी आमचुनावमा दल खोले उनी पनि पुराना दलहरूका लागि चुनौती बन्न सक्ने ठानिएको छ ।

धरानका प्रमुख हर्कराज राई दल खोल्ने भन्दै हालै काठमाडौं आए । उनले ‘श्रमदान संस्कार’ स्थापित गरेका छन् । श्रमदान अभियानकै कारण उनी चर्चामा आएका छन् । हरेक वर्ष बजेटसहितको नीति तथा कार्यक्रम ल्याउन दलीय जनप्रतिनिधिले अवरोध पुर्याएपछि उनी दल खोल्ने मुडमा पुगेको उनीनिकटस्थहरू बताउँछन् ।  २०८१ को वैशाखमा इलाम-२ मा भएको उपचुनावमा उनीसमेतको समर्थनप्राप्त पहिचान पक्षधर साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजारभन्दा बढी मत पाएका थिए । यसबाट पनि उनी दल खोल्न हौसिएको देखिन्छ । उसो त उनी आफैं गत स्थानीय चुनावमा दलीय उम्मेदवारहरूलाई पन्छाउँदै स्वतन्त्र नगरप्रमुख निर्वाचित नेतृत्व हुन् । उनी पहिचानपक्षधर देखिएकाले उनको दलले पहिचानवादलाई नै बोक्न सक्ने चर्चा हुने गरेको छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि दल खोल्ने तयारीमा छन् । उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक हुन् । उनले दल खोल्ने तयारीस्वरूप केन्द्रीय भेला यही भदौ २० र २१ गते भक्तपुरमा बोलाएका छन् । 

गत १५ चैतमा राजसंस्था पक्षधरहरूले गरेको हिंसात्मक प्रदर्शनपछि जेल परेका उनी हालै रिहा भएका हुन् । उनले पनि दक्षिणपन्थी धारको दल निर्माण गर्ने उनीनिकट एक नेताले बताए ।  अमेरिकामा लामो समय राजनीतिशास्त्र प्राध्यापन गरेका प्रा.डा. महेन्द्रसुन्दर लावती पनि दल खोल्ने तयारीमा छन् । हाल उनी पहिचानवादी मोर्चाको संयोजक हुन् । इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई उनी नेतृत्वको मोर्चाको पनि समर्थन थियो ।  मोर्चा प्रदेशको नाम कोशी खारेजी र ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार’ आन्दोलनको अग्रमोर्चामा थियो । उनले वर्तमान संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएको भन्दै असन्तुष्ट समूहलाई गोलबद्ध गर्न खोजेका छन् । उनी संघीयताविद् पनि हुन् । उनै लावतीले पनि नयाँ दल खोलेर आगामी चुनावमा पुराना दललाई चुनौती दिन खोजेका छन् । 

तर, राजनीतिक विश्लेषक भीम भूर्तेल नयाँले पनि केही गर्न नसक्ने देखिसकिएको बताउँछन् । त्यसो हुनाले दल खोलेर चुनावमा गए पनि उनीहरूलाई जनताले विश्वास गरिहाल्ने स्थिति नदेखिएको उनको भनाइ छ ।  ‘हरेक चुनावमा कुनै न कुनै नयाँ दल देखा परेकै हुन्छ तर नयाँले के गर्न सके ? त्यसो हुनाले नयाँ भन्नेबित्तिकै जनताले विश्वास गरिहाल्छन् भन्ने लाग्दैन,’ उनले भने ।  गएको आमचुनावबाट भने स्थानीय तहमा बालेन, हर्क र गोपी हमाललगायत नेताहरू जनताबाट चुनिए । प्रतिनिधिसभा चुनावबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नयाँ दलका रूपमा चुनिएका थिए ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP