Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • पत्रकार महासंघको पहिलो महिला अध्यक्ष बनिन् निर्मला
पत्रकार महासंघको पहिलो महिला अध्यक्ष बनिन् निर्मला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३०, २०८१
  • अघिल्लो निर्वाचनमा विपुल पोखरेलसँग पराजित शर्मा यसपटक प्रेस युनियनकै सहयोगमा अध्यक्षमा निर्वाचित
  • काठमाडौं, ललितपुर, बागलुङसहित बागमती र एसोसिएट प्रदेशमा गठबन्धनलाई हराउँदै प्रेस सेन्टरले लियो नेतृत्व 
  • राजनीतिक दललाई खबरदारी गरिरहने पत्रकारहरुको निर्वाचनमा यसपटक दलहरुले आफूनिकट पत्रकार संगठनका नेतालाई जिताउन खबरदारी गर्नुपर्यो

काठमाडौं– नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । गठबन्धनका विद्रोही उम्मेदवार रमेश विष्टलाई पछि पार्दै शर्मा महासंघको अध्यक्षमा निर्वाचित भएकी हुन् । यससँगै उनी महासंघको पहिलो महिला अध्यक्ष बनेकी छन् ।

यद्यपि, महासंघको निर्वाचन समितिले आधिकारिक मतपरिणाम भने सार्वजनिक गरिसकेको छैन । अन्तिम मतपरिणाम आज सार्वजनिक गर्ने समितिको भनाइ छ । अघिल्लोपटक नेपाल प्रेस युनियनका विपुल पोखरेलसँग पराजित शर्माले यसपटक युनियनसँगकै गठबन्धनमा ऐतिहासिक जित कायम गर्न सफल भएकी हुन् । 

२०७७ चैतमा भएको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर  र तत्कालीन समयमा नेकपा एमालेको माधव नेपाल समूहनिकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले छ हजार ९४२ मत पाएका थिए । त्यतिबेला नेकपा एमाले निकट प्रेस चौतारीकी उम्मेदवार शर्माले तीन हजार ९१५ मत पाएकी थिइन् ।

यसपटक सत्ता गठबन्धनअनुरुप देशभर प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेको थियो । अर्कोतर्फ माओवादीनिकट प्रेस सेन्टर युनियन–चौतारीको गठबन्धनका विद्रोही उम्मेदवार विष्टसँग प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको थियो ।यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवमा चौतारी–युनियन प्यानल नै आउने देखिन्छ । कोषाध्यक्षमा भने प्रेस सेन्टरका रामकृष्ण अधिकारी जित नजिक छन् ।

Hardik health

बागमती, एसोसिएट, काठमाडौं र ललितपुरमा गठबन्धन कमजोर
दुई बलिया संगठन प्यानल नै बनाएर अघि बढ्दा पनि बागमती प्रदेश, एसोसिएट प्रदेश र देशकै महŒवपूर्ण मानिने उपत्यकाका दुई जिल्लाको नेतृत्व प्रेस सेन्टरले कब्जा गरेको छ । काठमाडौंको अध्यक्षमा प्रेस सेन्टरकी शोभा अर्याल निर्वाचित भइन् । भागबण्डामा काठमाडौं चौतारीलाई परेको थियो । यसैगरी चौतारीकै भागमा परेको ललितपुरमा शाखामा प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ । अध्यक्षमा रामहरि कार्कीले २४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका रमेशप्रसाद तिमिल्सिनाले ६३ मतमात्रै प्राप्त गरे । पराजित हुने देखिएपछि प्रेस चौतारीले यहाँ संगठनका तिमिल्सिनालाई उम्मेदवार बनाएको हो ।

यता बागमती प्रदेशको अध्यक्षमा युनियनका शिव देवकोटालाई पराजित गर्दै प्रेस सेन्टरका कृष्ण सारु मगर निर्वाचित भएका छन् । उपत्यका प्रदेश र एसोसियट प्रदेशको अध्यक्षमा पनि प्रेस सेन्टरका उम्मेदवार विजयी भएका छन् । उपत्यका प्रदेशमा टेनिस रोका र एसोसियट प्रदेशमा रोयल आचार्यले बाजी मारेका हुन् । प्रेस सेन्टरबाट वीरेन्द्र वली (प्रतिष्ठान प्रदेश), सूर्य सुवेदी (उपत्यका प्रदेश), अर्जुन पन्त (उपत्यका प्रदेश) र रीता बुढाथोकी (निर्विरोध) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

बागलुङ शाखामा प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार तारानाथ आचार्यलाई पराजित गर्दै प्रेस सेन्टरका राम थापा निर्वाचित भएका छन् । निर्वाचित थापाले कूल खसेको मतको ४६ र आचार्यले २३ मात्र मत ल्याए । यो प्रेस युनियनका महासचिव दिलिप पौडेलको जिल्ला हो ।

यसैगरी खुबिना सुनारी मगर (रोल्पा), गोपाल रेग्मी (रुकुम पश्चिम), वसन्त बाँठा मगर (रुकुम पूर्व), निर्मल घिमिरे (बर्दिया), डिलाराम भुसाल (कपिलवस्तु), डिल्लीराज रावत (सल्यान), पूर्णप्रसाद चौलागाईं (जुम्ला), केशवप्रसाद पौडेल (रसुवा), महेश दास (महोत्तरी), अमर सुनार (दैलेख), ओमप्रकाश खनाल (पर्सा) र रामहरि गजुरेल (नुवाकोट) पनि प्रेस सेन्टरबाट नेतृत्वमा आएका छन् । बैतडीमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारी दिएका नरी बडु महासंघ जिल्लाको नेतृत्वमा आएका छन् ।


दल नै निर्वाचनमा
राजनीतिक दललाई खबरदारी गरिरहने पत्रकारहरुको निर्वाचनमा यसपटक दलहरुले आफूनिकट पत्रकार संगठनका नेतालाई जिताउन खबरदारी गर्नुपर्यो । जिल्लाजिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला नेतृत्वले पत्रकारलाई ह्विप शैलीमा यस्तो खाले खबरदारीपत्र जारी गरेको थियो । विद्रोहको डरले एमाले र कांग्रेसले पत्रकार महासंघको निर्वाचनलाई प्रतिष्ठाको लडाइँका रुपमा हेरेका थिए । यस्तो अवस्थामा देशभरबाट अध्यक्षका विद्रोही उम्मेदवार विष्टलाई ‘क्रस भोट’ आएको देखिन्छ । विष्ट प्यानलका अधिकांश उम्मेदवार शुद्धीकरण अभियन्ता थिए ।

काठमाडौं, एसोसिएट्सलगायत क्षेत्रबाट विष्टलाई क्रस भोट आएसँगै गठबन्धन त्रसित बनेको थियो । जसकारण यसले सरकारसम्मै असर पर्ने हो कि भनी आशंका गरिएको थियो । पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रहेका विष्ट युनियनबाटै अध्यक्षका आकांक्षी थिए । टिकट नपाएपछि उनले विद्रोह गरेका हुन् । उनलाई युनियनले चार वर्षका लागि निष्कासन गरेको छ । यसैगरी युनियनले विकास कार्की, श्रीजन झा, माधव दुलाल, अमृत बाँस्तोलालगायतलाई पनि कारबाही गरेको छ ।
 


प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की शुक्रबार, असोज ३, २०८२
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन शुक्रबार, असोज ३, २०८२
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत शुक्रबार, असोज ३, २०८२
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा शुक्रबार, असोज ३, २०८२
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस
आज संविधान दिवस शुक्रबार, असोज ३, २०८२
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP