Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • कामु नगर प्रहरी प्रमुख पाण्डेविरुद्ध कार्यपालिकामा उठ्यो प्रश्न
महानगर प्रहरीमा बेथिति कामु नगर प्रहरी प्रमुख पाण्डेविरुद्ध कार्यपालिकामा उठ्यो प्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २७, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर प्रहरीभित्र बेथिति बढ्दो देखिएको छ । महानगरको मेयरमा बालेन्द्र (बालेन) साह निर्वाचित भएर आएदेखि अहिलेसम्म महानगर नीतिभन्दा पनि निर्देशनबाट मात्र चलिरहेको छ भन्ने कुरा पुष्टि हुँदै गइरहेको छ । 

महानगरपालिकाले तीन दशक अघिदेखि नगर प्रहरी राख्दै आएको छ । नगर प्रहरीलाई व्यवस्थापन गर्न महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम ऐन पनि जारी गरिसकेको छ । नगर प्रहरीको काम फोहोर व्यवस्थापनमा सहयोग, फुटपाथ व्यवस्थापनमा सहजीकरण गर्ने भए पनि पछिल्लो समय काठमाडौंको नगर प्रहरीले सहकारीदेखि औषधि पसलसम्म हस्तक्षेप गर्न थालेको आरोप लागेको छ । 

ऐनको महानगर प्रहरीको रेखदेख गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको मातहतमा राखेको भए पनि अहिले त्यसो हुन सकेको छैन । महानगर प्रहरी प्रमुखमा मेयर साहले कामुका रुपमा जुनियर नगर प्रहरी उपरीक्षक राजु पाण्डेलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बनाइदिएपछि महानगर प्रहरी बलभित्र बेथितिको राज भएको हो ।

Hardik health

महानगर प्रहरी बलको सो ऐनले एसएसपीको परिकल्पना गरेको भए पनि नगर प्रहरीभित्र प्रहरी उपरीक्षकमात्र भएको अवस्थामा ज्येष्ठताका आधारमा बढुवा गर्न सकिने र त्यसका लागि प्रदेश लोकसेवा आयोगबाट योग्यता सिफारिसका आधारमा गर्ने व्यवस्था छ । तर, मेयर साहले पाण्डेलाई ज्येष्ठताको आधार मिचेर कामु प्रहरी प्रमुख बनाई एसएसपीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । 

आठौं तहका पाण्डेले जनप्रतिनिधिहरु तथा प्रमुख कार्यकारी अधिकृतकोसमेत निर्देशनसमेत अटेर गर्न थालेपछि महानगरपालिकाको ३७औं नगर कार्यपालिकामा पाण्डेको पद र दज्र्यानी चिह्नमाथि विधायक समितिका संंयोजक रहेका वडा नं. २३ अध्यक्ष मचाराजा महर्जनले प्रश्न उठाएका हुन् । 

‘कानुनतः छ महिनासम्मका लागिमात्र कायममुकायम पदमा एउटा व्यक्तिलाई राख्न सकिन्छ । तर अहिले दुई वर्षभन्दा बढी समयदेखि लोकसेवा आयोगको ज्येष्ठताको सिफारिसविना कामु एसएसपी पाण्डे किन राखिएको हो ?,’ उनले मेयर साहलाई प्रश्न गरे । तर त्यसको उत्तर मेयर साहले दिएनन् । एकातिर रातारात कामु प्रहरी प्रमुखलाई दज्र्यानी चिह्न लगाइयो भने वैधानिकरुपमा हवल्दारबाट असईमा बढुवा भएका करिब ४० जना हवल्दारहरुले असईको तलब खाएर हवल्दारकै रुपमा काम गर्दै आएका छन् । 

काठमाडौं महानगरमा अहिले नगर प्रहरी शासन चलिरहेको वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनको धारणा छ । उनले कार्यपालिका वैठकमा नै कामु एसएसपी पाण्डेलाई मर्यादाक्रम ख्याल गरी पदीय जिम्मेवारीअनुरुप काम गर्न भनेका थिए । महानगर प्रहरी बलमा यतिसम्म बेथिति भयो कि बढुवा भएका नगर प्रहरी हवल्दारहरुले एक वर्षभन्दा बढी समय बढुवा भएकै पदको स्केलमा तलवभत्ता खाएको भए पनि दज्र्यानी चिह्न नदिएपछि आफैं असईको दज्र्यानी चिह्न लगाएका थिए । आमनागरिकले मेयर साहलाई विश्वास गरी बेथिति अन्त्य गर्न सक्ने नेतृत्वका रुपमा लिँदा नगर प्रहरीभित्रको बेथितिले साह आफैं बदनाम हुने संकेत देखिएको जानकारहरु बताउँछन् ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत शुक्रबार, असोज ३, २०८२
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा शुक्रबार, असोज ३, २०८२
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस
आज संविधान दिवस शुक्रबार, असोज ३, २०८२
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक  शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP