Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #विद्यालय शिक्षा विधेयक
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
  • #धुलिखेल_साँगा_ सडक
Search Here
समाचार
  • Home
  • समाचार
  • पञ्चेन लामा आउने विषयले खैलाबैला
सरकारदेखि सुरक्षा निकायसम्म दबाबमा पञ्चेन लामा आउने विषयले खैलाबैला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २७, २०८१
RBB RBB
  • लुम्बिनीमा आइतबारसम्म हुन लागेको राउन्ड टेबलमा पञ्चेन सहभागी हुन प्रधानमन्त्री ओलीले चीन छँदै सहमति दिएको दाबी
  • पञ्चेन दुई वर्षअघि पनि नेपाल आउने खबर फैलिएको थियो, यद्यपि सुरक्षा अवस्था राम्रो नरहेको भन्दै उनी त्यतिबेला आएनन्
  • लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा भन्छन्– पञ्चेनलाई अहिलेको अवस्थामा नेपाल ल्याउन सकिँदैन

काठमाडौं– नेपाली नेताहरु जब भारत वा चीन भ्रमणमा जान्छन्, केही न केही विवादित विषय सतहमा आइहाल्छ । आठ वर्षअघि भारत भ्रमणमा पुग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलाई लामासँग भेटेपछि उनी विवादमा परेका थिए । ‘एक चीन नीति’ अवलम्बन गरेको नेपालको शीर्ष नेताले चीन विरोधी अभियान चलाइरहेका नेता लामालाई भेटेपछि देउवा एकाएक विवादमा तानिएका थिए ।

त्यसपछि नेपाल फर्कने क्रममा देउवा सञ्चारकर्मीसँग झोंक्किएका थिए । आफूविरुद्ध बुझ्दै नबुझी समाचार लेखेको आरोप उनले लगाएका थिए । यसपटक प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेर फर्केपछि यस्तै धार्मिक विषय विवादमा तानिएको छ । कारण– आजबाट लुम्बिनीमा हुन लागेको नानहाई बुद्धिजम राउन्ड टेबल र यहाँ सहभागी हुन लागेका प्रमुख अतिथि । आइतबारसम्म हुन लागेको राउन्ड टेबलमा पञ्चेन लामालाई सहभागी गराउन प्रधानमन्त्री ओलीले चीन छँदै सहमति दिएको दाबी गरिएको छ । यद्यपि पञ्चेन नेपाल आउने या नआउनेबारे निश्चित जानकारी दिइएको छैन । सुरक्षा निकायले अहिले नै पञ्चेनलाई नेपालमा स्वागत गर्न नसकिने रिपोर्ट बुझाएको बताइएको छ । यद्यपि उनी छद्मा भेषमा आउनसक्ने भन्दै अमेरिकी तथा भारतीय पक्षले सुरक्षा निकायलाई चर्को दबाब दिन थालेको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।

यता लुम्बिनीमा हुने कार्यक्रममा पञ्चेन आउने भएपछि भैरहवा विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । प्रधानमन्त्री ओलीको सचिवालय र प्रहरी स्रोतले यो विषयमा कुनै जानकारी नभएको दाबी गरेको छ । ‘हामीलाई उहाँ आउने विषयमा कुनै जानकारी छैन । पञ्चेन लामालाई अहिले स्वागत गर्न सकिँदैन भनिएको थियो,’ प्रहरी उच्च ले भन्यो । पञ्चेन दुई वर्षअघि पनि नेपाल आउने खबर फैलिएको थियो । यद्यपि सुरक्षा अवस्था राम्रो नरहेको भन्दै उनी नेपाल आएनन् ।

के छ सरकारको तयारी ?
बुद्धिजम राउन्ड टेबलको मुख्य आयोजक पर्यटन मन्त्रालयअन्तर्गतकै लुम्बिनी विकास कोष हो । चिनियाँ गुम्बासमेत लुम्बिनीमा रहेकोले पञ्चेन लामा यहाँ घुम्न आउन लागेको बताइन्छ । यस कार्यक्रममा लागि चीनबाट १० सदस्यीय टोली नेपाल आइसकेका छन् । उक्त टोलीको नेतृत्व चीनका बौद्ध धर्मगुरु यिन सुआनले गरेको प्रहरीलाई प्राप्त सूचीमा उल्लेख छ । उक्त सूचीको टोली नेताका रुपमा उल्लेख गरिएका यिन सुआनको पद बुद्धिस्ट एसोसिएसन आफ चाइनाका उपाध्यक्ष भनिएको छ । यसैले पनि कतिपयले उनको आगमन भइसकेको बताइएको छ ।

यता तालुकदार निकाय लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले भने पञ्चेनलाई अहिलेको अवस्थामा नेपाल ल्याउन नसक्ने दाबी गरे । ‘अहिलेको अवस्थामा उहाँलाई हामीले ल्याउन सक्दैनौं । ठूला मान्छेहरुले ल्याए फरक कुरा हो,’ उपाध्यक्ष लामाले भने ।यता प्रधानमन्त्रीको सचिवालयले भने भारतले चीन भ्रमणलाई विवादमा ल्याउन यो विषय उचालेको आरोप लगाएको छ । ‘चीन भ्रमणलाई कसरी विवादमा ल्याउने भनेर बसेको भारतले यो फन्डा उचालेको देखिन्छ । पञ्चेन लामाको भ्रमणको कुनै तयारी छैन,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो । अमेरिका र भारतले भने यो विषयलाई नेपाल सरकारले गोप्य राख्न खोजेको भन्दै पञ्चेनको भ्रमण रोक्न दबाव दिएको बताइएको छ । 

को हुन् पञ्चेन लामा ?
पञ्चेन लामा ११औं अवतारी गुरु हुन् । दलाई लामाझैं तिब्बतमा पञ्चेन लामाको पनि अवतारी घोषणा हुन्छन् । सन् १९९० मा तिब्बतको ल्हरी काउन्टीमा जन्मिएका ग्याञ्चेन नोर्बुलाई चीन सरकारले ११औं अवतारीका रुपमा घोषणा गरेको हो । सन् १९८९ मा १०औं पञ्चेन लामाको अवतारी उपाधि पाएका लोब्साङ थिन्लेको निधन भएको थियो ।

उनको निधनपछि दलाई लामाले घेदुनछयोकी निमालाई ११औं पञ्चेन लामाको रुपमा घोषणा गरेका थिए । सन् १९९५ को मेमा उनलाई दलाई लामाले अवतारीको रुपमा घोषणा गरेका थिए । तर उक्त घोषणाको तेस्रो दिनमै चिनियाँ सरकारले उनलाई अपहरण गरी बेपत्ता बनाएको अमेरिकी पक्षको आरोप छ । हालसम्म उनको अवस्था अज्ञात रहेको बताइएको छ ।

त्यसपछि चीन सरकारले नोर्बुलाई ११औं पञ्चेन लामा घोषणा गरेको दाबी गरिएको छ । अमेरिकी पक्षले चीनले घोषणा गरेको घेदुनलाई नक्कली पञ्चेन लामा भएको आरोपसमेत लगाएको छ । कतिपयले भने स्वतन्त्र तिब्बत आन्दोलनको क्रममा दलाई लामा निर्वासनमा जाँदा पनि पञ्चेनले देश नछाडेकाले बेइजिङले उनको संरक्षण गरेको दाबी गरिएको छ ।

नोर्बुका बुवा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य थिए । अहिलेका पञ्चेन लामा नेसनल कमिटी अफ दी चाइनिज पोलिटिकल कन्सलटिभ कन्फ्रेन्सका कार्यसमिति सदस्य हुन् । जुन चीनको उच्च सल्लाहकार समिति हो । उनी बुद्धिस्ट एसोसिएसन आफ चाइनाका उपाध्यक्षसमेत हुन् । सन् २०२१ मा उनले तिब्बतीयन बुद्धिजम विषयमा गेलुङ स्कुलबाट विद्यावारिधि उपाधि प्राप्त गरेका थिए । पञ्चेन राष्ट्रपति सी चिनफिङका निकटस्थसमेत मानिन्छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनअध्यक्ष दाहालद्वारा ध्यानाकर्षण
नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनअध्यक्ष दाहालद्वारा ध्यानाकर्षण सोमबार, जेठ ५, २०८२
समिट एयरको विमान आकस्मिक  अवतरण
समिट एयरको विमान आकस्मिक  अवतरण सोमबार, जेठ ५, २०८२
एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै
एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै सोमबार, जेठ ५, २०८२
संघीय  संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची
संघीय  संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची सोमबार, जेठ ५, २०८२
२५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सकियो सगरमाथा संवाद
२५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सकियो सगरमाथा संवाद सोमबार, जेठ ५, २०८२
‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध
‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट आइतबार, जेठ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP