Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ७२ लाख खर्चमा बनाइएको आकाशेपुल प्रयोगविहीन
विकासमा बेथिति ७२ लाख खर्चमा बनाइएको आकाशेपुल प्रयोगविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २६, २०८१


पैदलयात्रुका लागि बाटो काट्न पायक पर्ने ठाउँमा पुल बनाएको देखिएन । त्यसैले उक्त पुललाई जहाँ पैदलयात्रुलाई सहज हुन्छ त्यही सार्नुपर्छ ।
आशामान संगत
अध्यक्ष, कामपा–८

काठमाडौं– पैदलयात्रीलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले जयबागेश्वरीमा बनाएको आकाशे पुल प्रयोगविहीन बन्दै गएको छ । पौने करोड लगानीमा तीन वर्ष अघि बनेको उक्त पुलबाट बाटो ओहोरोदोहोर गर्ने यात्रु पाउन मुस्किल देखिन्छ ।

जयबागेश्वरी मन्दिरबाट करिब १०० मिटर दक्षिणतर्फ निर्माण भएको उक्त पुल निर्माणताका नै विवादित बनेको थियो । पशुपति क्षेत्र विकास कोषले फलामे आकाशे पुल निर्माण गर्न अड्को थापेको थियो । पछि काठमाडौं महानगरपालिकाले कोषकै सहमतिमा पुल निर्माण गरेको थियो । पशुपति मन्दिर जाने हजारौं यात्रुहरु जयबागेश्वरी मन्दिरबाट बाटो सडकबाट नै बाटो काट्ने गर्दछन् । जहाँबाट बाटो काट्दा दुर्घटनाको जोखिम मोल्नुपर्छ । 

पैदलयात्रुको सुरक्षाकै लागि भनेर निर्माण गरिएको पुल भने अपायक ठाउँमा परेको छ, जसले गर्दा नजिकै सडकबाट बाटो काट्नेको चाप हुँदा पनि आकाशे पुल खाली नै देखिन्छ । सडक खण्डमा निर्माण गरिएको आकाशे पुल यात्रुहरुका सुरक्षाका लागि भने पनि पायक पर्ने ठाउँमा नराख्दा प्रयोगविहीन बनेको सरोकारवाला बताउँछन् ।

Hardik health

काठमाडौं महानगरपालिका सार्वजनिक निर्माण विभागका अनुसार सो पुल करिब ७२ लाख रुपैयाँमा निर्माण गरिएको थियो । अहिले प्रयोगविहीन भएका कारण महानगरको करिब पौने करोड रुपैयाँ बालुवामा पानी हालेजस्तै बनेको महानगरकै अधिकारीहरु स्वीकार गर्छन् ।आकाशे पुल त छ तर सही ठाउँमा नभएका कारण प्रयोगविहीन भएको काठमाडौं महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतले बताए । उनी भन्छन्, ‘पैदलयात्रुका लागि बाटो काट्न पायक पर्ने ठाउँमा पुल बनाएको देखिएन । त्यसैले उक्त पुललाई जहाँ पैदलयात्रुहरुलाई बाटो काट्न सहज हुन्छ, त्यहीँ सार्नुपर्छ ।’

महानगरपालिकाको लगानीमा निर्माण गरिएको उक्त आकाशेपुल सही ठाउँमा नहुँदा प्रयोगविहीन भएपछि वडा कार्यालयले पुल सार्नका लागि टेण्डरसमेत आह्वान गरिसकेको अध्यक्ष संगतले जानकारी दिए । तर, पुल सार्ने विषयमा पशुपति विकास कोषले विभिन्न बहाना बनाएर काममा अवरोध गरेको उनको गुनासो छ । 


वायु गुणस्तर निगरानी गर्न जोडियो उपकरण
काठमाडौं (प्रस)– काठमाडौं महानगरपालिकाले वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ । ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल)को सहकार्यमा महानगर क्षेत्रभर उक्त उपकरण जडान गर्न लागेको हो ।महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डंगोलले सोमबार सो कार्यको औपचारिक उद्घाटन गरेकी थिइन् । उपमेयर डंगोलले उपकरण जडानपश्चात् वास्तविक तथ्यांक प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताइन् ।

उनले भनिन्, ‘काठमाडौंमा वायु प्रदूषण घटाउन यो महŒवपूर्ण यात्राको सुरुवात हो ।’ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषणविरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गरिन् । महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाई कडा कारबाही गरिएको उनले जानकारी गराइन् ।

परियोजना प्रमुख इञ्जिनियर सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणको प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै जडानपश्चात सम्पूर्ण तथ्यांकमा महानगरवासी सुसूचित हुने बताए । यस परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्दै छ । यसले वायुमा रहेको ‘पिएम २.५’ को वास्तविक समयको डेटा प्रदान गर्ने छ । पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना धुलोका कणहरू हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्दछन् ।

यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउँछ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्तिहरू यसबाट बढी प्रभावित हुन्छन् । यी प्रविधिगत उपकरण सौर्य ऊर्जाबाट चल्ने र ‘इनबिल्ट डेटा कनेक्टिभिटी’सहित छन्, जसले वास्तविक समयको डेटा महानगरको केन्द्रीय ‘ड्यासबोर्ड’मा पठाउने छन् ।

‘स्वच्छ र सफा महानगर अनि स्वस्थ महानगरवासी’ को उद्देश्यलाई आत्मसात् गर्दै महानगरपालिकाले वायुप्रदूषण नियन्त्रण र वातावरणीय सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने सोमबार, असोज ६, २०८२
मिथिलामा ‘दशहारा’ पर्वको रौनक
मिथिलामा ‘दशहारा’ पर्वको रौनक सोमबार, असोज ६, २०८२
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने सोमबार, असोज ६, २०८२
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता सोमबार, असोज ६, २०८२
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सोमबार, असोज ६, २०८२
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी सोमबार, असोज ६, २०८२
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP