काठमाडाैं - नेपाल वायु सेवा निगमकाे आन्तरिक उडान गर्दै आएको ट्वीन अटर (9N ABT ) जहाजले पुन उडान सुरु गरेकाे छ ।
देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्दै आएको ट्वीन अटर (9N ABT DH6 ) सेप्टेम्बरदेखि इन्जिन मर्मत् तथा वार्षिकी जाँच, मर्मत् सम्भार गरी पुन उडान सुरु गरेकाे निगमले जनाएकाे हाे ।
परिक्षण उडानकाे सफलतासँगै निगमको दुईवटै जहाजमार्फत् मंगलबारदेखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरू गरेकाे हाे ।
यसबाट यात्रुवर्गलाई सेवा सुविधा प्राप्त भई यात्रा थप सहज हुने निगमले विश्वास लिएको छ । निगमको यस सेवाबाट लाभ लिन यात्रुवर्गले आह्वान गरेकेा छ ।