काठमाडौं - पाख्रिन तामाङ समाजको केन्द्रीय अध्यक्ष शुक्र पाख्रिनको अध्यक्षतामा पाख्रिन तामाङ समाज शाखाअन्तर्गत सिन्धुपाल्चोकको प्रथम अधिवेशन सम्पन्न भएको छ । देशविदेशभर छरिएर रहेका पाख्रिन तामाङ वंश समुदायका हितलाई एकता गर्दै पाख्रिन तामाङ समाज केन्द्रबाट सिन्धुपाल्चोककाे प्रथम अधिवेशनले अध्यक्षमा जगबहादुर पाख्रिन निर्वाचित भएका हुन् ।
अधिवेशनको अवसरमा पाख्रिन तामाङ समाज सिन्धुपाल्चाेकले नवकार्यसमिति गठन गरेको छ । सो समितिमा अध्यक्ष जगबहादुर पाख्रिन, चार उपाध्यक्ष क्रमशः शिशिर पाख्रिन, निरबहादुर पाख्रिन, सन्चबिर पाख्रिन, सन्देश पाख्रिन, सचिव दोकदोक पाख्रिन, कोषाध्यक्षमा गंगा पाख्रिन र १६ सदस्य गरी जम्मा २३ सदस्यीय रहेको छ ।
नवगठित अध्यक्ष जगबहादुर पाख्रिनले भने- 'मैले पाएको जिम्मेवारी निस्वार्थ भावले निर्वाह गर्नेछु । जिल्लाभरिका पाख्रिन तामाङ समुदायहरुबीच सहकार्य गरी संस्कार संस्कृति र सामाजिक एकतालाई बलियो बनाउने कार्यक्रमहरु सञ्चालन गरी अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु, टाढा टाढादेखि दाजुभाइ, दिदीबहिनीहरु आउनुभई कार्यक्रम सफल पारिदिनु भयो यहाँहरु सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । '
यस संस्थाले ‘पाख्रिन तामाङको वंशावली निर्माण, हाम्रो अभियान’ भन्ने नारा लिएर अगाडि बढेको आर्थिक कार्यक्रम संयोजक हिमाल पाख्रिनले बताए । शनिबार सम्पन्न भएको काठमाडौँ चावहिलस्थित ‘ए वान पाटी प्यालेस’मा पाख्रिन तामाङ समाजको प्रथम अधिवेशन सफल पार्न विशेष भूमिका निर्वाह गर्ने आर्थिक संयोजक हिमाल पाख्रिन, सहसंयोजक निरबहादुर पाख्रिन र जंग पाख्रिन लगायतका सम्पूर्ण सिन्धुबासीहरुको सक्रियतामा सो कार्यक्रम भएको आर्थिक संयोजक हिमाल पाख्रिनले बताएका हुन् ।
देशविदेशभर छरिएर रहेका पाख्रिन तामाङ वंश समुदायका हितलाई एकता गर्दै भाषा संस्कार, संस्कृति संरक्षण गर्ने ऐतिहासिक दस्तावेज तयार गर्ने उद्देश्यले द.नं.४१६/०७४/०७५ मा जि.प्र.का.काठमाडौँ दर्ता भई विभिन्न गतिविधि तथा क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको एक सामाजिक संस्था हो ।