Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • अमेरिकी दबाबपछि बाहिर ल्याइयो ‘बिआरआई फ्रेमवर्क’ 
अमेरिकी दबाबपछि बाहिर ल्याइयो ‘बिआरआई फ्रेमवर्क’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २६, २०८१
  • दुवै पक्षबीच आवश्यक सहयोगबारे विश्लेषण गरेर मात्र लगानी गर्ने उल्लेख
  • परियोजनाहरुमा लगानीका लागि अन्तर्राष्ट्रिय बैंकिङ संस्थाहरुलाई लगानी गर्ने बाटो पनि खुला 
  • परियोजना अघि बढाउँदा नेपाल पक्षले नेपालमा चिनियाँ बैंकको शाखा खोल्न दिनुपर्ने, नेपाली व्यवसायीलाई चिनियाँ बजारमा लगानी गर्न चिनियाँ पक्षले सहजीकरण गर्ने 
  • सम्झौताबारे सत्तारुढ दुई दल कांग्रेस र एमालेबीचमै फरक मत
  • यो सम्झौता पुरानै भएको पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालको दाबी

काठमाडौं– संयुक्त राज्य अमेरिकाको दबाबपछि सरकारले चीनसँग गरेको ‘बिआरआई फ्रेमवर्क’ सम्झौता सार्वजनिक गरेको छ । बेल्ट एण्ड रोड इनेसिएटिभ (बिआरआई) परियोजना ऋणमा सञ्चालन हुने कि अनुदानमा भन्ने विषयमा संशय भइरहेकै बेला मंगलबार सरकारले यो सम्झौता सार्वजनिक गरेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेसले कुनै पनि हालतमा बिआरआईका परियोजना ऋणमा लिन नहुने अडान जारी राखेको छ भने नेकपा एमालेले यो ऋण वा अनुदान जे पनि हुनसक्ने बताउँदै आएको छ । यसै विषयमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका बेला बिआरआई फ्रेमवर्कबारे चासो राखेका थिए । यस्तो विषयमा पारदर्शिताको प्रश्न उठ्ने लुको भनाइ थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले मंगलबार वेबसाइटमार्फत बिआरआई फ्रेमवर्क सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भने यो सम्झौता पुरानै भएको दाबी गरेका छन् । पुरानो सम्झौतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले फोटोकपी गरेर प्रचार गरेको दाहालको आरोप छ । ‘मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि । मैले गत साल गरेका सम्झौतालाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ,’ चितवनमा आयोजित खबरदारीसभामा दाहालले भने ।

भारतले नपत्याएपछि प्रधानमन्त्री ओली मंसिर १७ गते चीन पुगेका थिए । भ्रमणका अन्तिम दिन बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको बताइएको थियो । दाहालले भने ओलीको यो भ्रमण औपचारिकतामा सीमित भएको ठोकुवा गरे । ‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन । तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए,’ उनले भने ।

Hardik health

बिआरआई सम्झौता नेपालकै हितमा रहेको तर्कसमेत उनले गरे । ‘बिआरआई र एमसिसीप्रति सबैको चासो हुने नै गर्छ । किनभने अहिले चीन र अमेरिका मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् र दुई जनाको रणनीति अगाडि आउँदाखेरी एकअर्काले बुझ्न खोज्नु स्वाभाविकै हो । प्रधानमन्त्रीमा मेरो दोस्रो कार्यकालमा बिआरआईका लागि सम्झौता गरिएको हो । त्यहीअनुसार अहिले अगाडि जानुपर्नेमा कन्फ्युजन छ । तर यो अगाडि बढ्नुपर्छ,’ दाहालले भने । प्रधानमन्त्री चीन जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा दाहालले बिआरआई अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा बिआरआई ऋणमा कि अनुदानमा भन्ने विषयमा सोमबार प्रश्न उठेको थियो । त्यसबारे कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रस्ट पार्दै भनेका थिए, ‘यो ऋणमा हुनुहुँदैन ।’ यसबारे कांग्रेसले संशय प्रकट गरेपछि नेकपा एमालेले मंगलबार सचिवालय बैठक राख्यो । बैठकमा यसबारे कुरा उठेको र यो आफैंमा परियोजना नभएकाले नकारात्मक टिप्पणी गर्न नहुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘बिआरआई आफैंमा परियोजना हैन । यसभित्र विभिन्न परियोजना छन् । यो न त ऋणमात्र हो । न त अनुदानमात्र । यो विकास कसरी अगाडि बढाउने भनेर अघि सारिएको नयाँ अवधारणा हो । यस विषयलाई लिएर नकारात्मक टीकाटिप्पणी हुनु गलत हो,’ ज्ञवालीले भने । सोमबारमात्र झापा पुगेर प्रधानमन्त्री ओलीले नेपालजस्तो गरिब देशले ऋण नलिई केही गर्न नसकिने बताएका थिए । सोही विषयमा जोड दिँदै उपमहासचिव ज्ञवालीले ‘आइसोलेसन’मा बसेर देश विकास नहुने तर्क गरे । ‘नेपालजस्तो देशले आइसोलेसनमा विकास गर्न सक्दैन । १० परियोजनाको विस्तृत अध्ययनपछि यसको स्रोत जुटाउने बेलामात्र ऋण कि अनुदानबारे प्रस्ट हुन्छ । नचाहिने ऋण हामी किन लिने ?,’ ज्ञवालीले प्रश्न गरे ।


के छ बिआरआई फ्रेमवर्क सम्झौतामा ?
मंगलबार सार्वजनिक दस्तावेजको चौथो नम्बरमा सहयोगका प्राथमिकताका शीर्षकमा विभिन्न बुँदा उल्लेख छन् । जसको पहिलो बुँदामा आर्थिक सहकार्यको बुँदा छ । यसमा प्राविधिक र आर्थिक सहयोगको विषय उल्लेख गरिएको छ । ‘दुई पक्षको प्राविधिक सहयोग र एड फाइनान्सिङ मोडालिटीको तौरतरिका सुनिश्चित गर्नका लागि काम गर्नेछौं जुन दुवै पक्षलाई सुहाउँदो र सम्प्रभुताअनुसार आवश्यक परियोजना हुने छन्,’ बुँदामा उल्लेख छ ।

यस बुँदामा दुवै पक्षबीच आवश्यक सहयोगबारे विश्लेषण गरेर मात्र लगानी गर्ने उल्लेख गरिएको छ । यी परियोजनाहरुमा लगानीका लागि अन्तर्राष्ट्रिय बैंकिङ संस्थाहरुलाई लगानी गर्ने बाटो पनि खुला राखेको छ । यसरी परियोजना अघि बढाउँदा नेपाल पक्षले नेपालमा चिनियाँ बैंकको शाखा खोल्न दिनुपर्ने उल्लेख छ । यसको साटोमा नेपाली व्यवसायीलाई चिनियाँ बजारमा लगानी गर्न चिनियाँ पक्षले सहजीकरण गर्ने उल्लेख छ । 

पाँचौं बुँदामा ‘वार्ताका लागि पहिचान गरिएका योजनाहरू पहिचान गर्ने’ उल्लेख गरिएको छ । टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडकमार्ग, किमाथाङ्का–खाँदबारी सडकमार्ग–किमाथाङ्का पुल र एकीकृत चेकपोस्ट, नेपालतर्फ पर्ने चीन–नेपाल सीमापार रेलमार्ग र अमरगढी–डडेलधुरा सिटीहल, जिलोङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार विद्युत् प्रसारणलाइन, मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी विश्वविद्यालय, काठमाडौं वैज्ञानिक केन्द्र र विज्ञान संग्रहालय, चीन–नेपाल मैत्री उद्योग पार्क, झापा स्पोर्टस् एण्ड एथलेटिक्स कम्प्लेक्स गरी १० परियोजना छन् । 

छैटौं बुँदामा सहकार्यका लागि संयन्त्रहरूको बारेमा १० वटा बुँदामा व्याख्या गरिएको छ ।  मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकारबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहदुर राई र चीनको तर्फबाट चीनका नेसनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुसेले हस्ताक्षर गरेका थिए ।

 


प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा
दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा शुक्रबार, असोज ३, २०८२
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस
आज संविधान दिवस शुक्रबार, असोज ३, २०८२
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक  शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP