Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • सुविधाबाट वञ्चित नहुन योगदानमा निरन्तरता आवश्यक
सामाजिक सुरक्षा योजना सुविधाबाट वञ्चित नहुन योगदानमा निरन्तरता आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २४, २०८१

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन विभिन्न योजना अघि सारे पनि अपेक्षित नतिजा देखिएको छैन । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिँदा अनिवार्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्थाका कारण आबद्धता संख्या बढे पनि निरन्तर योगदान गर्ने श्रमिकको संख्या न्यून देखिन्छ ।

कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका १२ लाख ५३ हजारभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन् । उनीहरुमध्ये अधिकांशले निरन्तर योगदान नगरेको कोषको भनाइ छ । साथै, विदेशमा कार्यरत श्रमिकहरुलाई समेत आबद्ध गराउने योजनामा श्रमिकहरुको आकर्षण बढाउन नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् । जसकारण कोषमा आबद्ध गराउन मन्त्रालयले कडाइ गर्ने तयारीसमेत गरिरहेको जानकारी दिइएको छ । 

यसैबीच कोषले विभिन्न देशमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनाबारे जानकारी दिने अभियानसमेत अघि बढाएको छ । विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा कोषले यो अभियान सञ्चालन गर्न थालेको हो । यही क्रममा साउदी अरेबियास्थित नेपाली दूतावासबाट कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुलाई यसबारे जानकारी दिएका छन् । गत शुक्रबार साउदीस्थित नेपाली दूतावासको फेसबुक पेजमार्फत उनले कोषमार्फत सञ्चालनमा रहेको सामाजिक सुरक्षा योजना, उद्देश्य, यसका फाइदाहरुलगायत विषयमा जानकारी गराएका थिए ।

Hardik health

श्रम मन्त्रालयअन्तर्गतको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सामाजिक सुरक्षा कोषले सञ्चालन गर्दै आएको उनले सो क्रममा जानकारी दिएका छन् । औपचारिक क्षेत्रमा २०७६ साउनदेखि सुरु भए पनि वैदेशिक क्षेत्रमा २०७९ चैत ८ गतेदेखि सेवा सुरु गरेको उनले बताए ।  ‘सामाजिक सुरक्षा कुनै पनि श्रमिकको जीवनमा आइपर्ने जुनसुकै जोखिम न्यूनीकरण गर्ने प्रणाली हो । श्रमिक बिरामी वा अंगभंग हुँदा वा कमाउने मान्छेको मृत्यु भएर परिवार भोकै हुने अवस्थामा कुनै न कुनै संयन्त्रबाट जोखिम बहन गर्ने विशेष योजना हो,’ उनले भने । 

उनका अनुसार सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम एउटा सामाजिक बिमा, जसमा कुनै पनि घटना घट्दा विभिन्न खालका सुविधा पाउँछन् । अर्को सामाजिक बचत, जुन वृद्धावस्थामा वा कमाइ नहुने बेलामा सुविधा पाइने हुन्छ । वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुका लागि यो योजना लागू गरिएको उनले बताए । यसमा औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र अवकाश तथा वृद्धावस्था सुरक्षा योजना गरी चारवटा योजनाहरु सञ्चालन गरिएको कोषका कार्यकारी निर्देशक अधिकारीले बताए । 

‘यो योजनामा मासिक दुई हजार ३०० रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । श्रम स्वीकृति गर्दा यो रकम जम्मा गरिएको हुन्छ तर निरन्तरता नहुँदा यी विभिन्न सुविधाहरुबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ,’ उनले भने । उनले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेकाहरुलाई यो योजनामा सहभागी भइ निरन्तर योगदान गर्नसमेत आग्रह गरे । साउदीमा रहेका करिब चार लाख श्रमिकलाई लक्षित गरी सञ्चालन गरिएको यो अभियानलाई अन्य मुलुकमा पनि निरन्तरता दिने बताइएको छ । 

गत मंसिर ११ मा सामाजिक सुरक्षा दिवसको अवसर पारेर कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवारलाई समेत कोषबाट प्रदान गरिने सेवा प्रदान गर्ने सुविधा थप गरेको थियो । त्यसअघि वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा उनीहरुका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरुका लागिसमेत उपचार सेवा थप गरिएको छ । कुनै पनि योगदानकर्ता (श्रमिक) अस्पतालमा भर्ना भई उपचार गर्दा एक लाख रुपैयाँसम्म मात्रै उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा त्यसयता १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ ।
 


प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०९:००
#सामाजिक_सुरक्षा_योजना
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक  शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP