Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • मंगलबार कीर्तिपुरमा सार्वजनिक बिदा
मंगलबार कीर्तिपुरमा सार्वजनिक बिदा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २४, २०८१

काठमाडौं - सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ । कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको हिजाेको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए  ।

सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ ।

काठमाडौँको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार यही मङ्सिर २५ गते मंगलबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित ल्याउने छन् ।

सातगाउँले यात्रा हेर्न उपत्यकाका सबै ठाउँका नेवार समुदायका मानिस बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा रही आएको छ ।

Hardik health

आमा विष्णुदेवीलाई भेट्न सन्तानबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीयवासी रश्मिला श्रेष्ठले बताए । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुंगलकी देवी बिनाश्रृंगार बल्खु पुगेकी थिइन् भन्ने भनाइ रहेको छ ।

मच्छेगाउँकी देवी भने श्रृंगारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पिठ्युँ फर्काएर बाहिरै बसेको भन्ने भनाइ पनि यहाँका बुढापाकाले सुनाउने गरेका छन् । यसैकारण बल्खुमा सतुंगलकी देवीको रथ बिनागरगहना पहिल्यै पुर्याउने गरिन्छ  । मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै फर्काएर राखिन्छ । रथ पुर्याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ । 

जात्राको मुख्यस्थान बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकामा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएका थिए । तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको स्थानीय वृद्ध मंगल महर्जन बताउनुहुन्छ । परेवा उडेर कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।

नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालिएको र पछि अपभ्रंश भई यस ठाउँलाई बल्खु भनिएको जानकारहरू बताउँछन् । यहाँ वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमातृकाको पूजा गरिन्छ ।

सातगाउँले जात्रा स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भइसकेको छ । नेपाल भाषामा मुःय भनिने मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ । साथै अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा हुने गरेको छ । सिंगारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराएर सिन्दूरे जात्रासहित बल्खुमा लगिन्छ ।


प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP