Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच असदको सत्ताको २५ वर्ष
प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच असदको सत्ताको २५ वर्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २३, २०८१

पेरिस- सन् २००० मा आफ्ना पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असद सत्तामा आएदेखि नै उनको सत्ताविरूद्धको आन्दोलन गर्न सिरियाली विपक्षीहरूले गठबन्धन गर्न थालेको पाइन्छ । 

सन् २००० जुलाई १७ मा, असद आफ्ना ६९ वर्षका पिताको मृत्युपछि सिरियाको नयाँ राष्ट्रप्रमुख बन्नुभएको थियो । असदका पिता हफेजले ३० वर्षसम्म सिरियामा शासन गरेका  थिए । सन् २००० जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरी असदलाई राष्ट्रपति बन्ने मार्ग प्रशस्त गरेको थियो ।  पिताको मृत्युलगत्तै उहाँलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो ।

सोही वर्ष सेप्टेम्बरमा १०० जना सिरियाली बुद्धिजीवीहरूले सन् १९६३ देखि लागू भएको सैनिक शासनको अन्त्य,  थप स्वतन्त्रता र राजनीतिक बहुलवादको माग गरेका थिए । यसलाई ‘दमास्कस वसन्त’ भनिन्छ ।असदको सरकारले सन् २००१ को जुलाईमा १० जना विरोधीलाई गिरफ्तार गरेको थियो । सन् २००५ को फेब्रुअरीमा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको बेरुतमा भएको बम विस्फोटमा मृत्यु भएको थियो ।

प्रमुख पश्चिमा शक्ति र लेबनानी विपक्षीहरूले लेबनानमा बलियो सैन्य उपस्थिति रहेको सिरियालाई हरिरीको मृत्युका लागि दोष दिन्छन् र आफ्ना सेना फिर्ता गर्न आह्वान गर्छन् । दमास्कसले यसको जिम्मेवारी अस्वीकार गरेको छ । सोही वर्षको अप्रिलमा सिरियाली सेनाको २९ वर्षको सैन्य र राजनीतिक प्रभुत्वको अन्त्य गर्दै दशौं हजार सिरियाली सेना लेबनानबाट बाहिरिएका थिए ।

Hardik health

सन् २००५ अक्टोबरमा विपक्षी पार्टीहरूले संयुक्त ‘दमास्कस घोषणापत्र’ जारी गर्न एकजुट भए र आमूल र लोकतान्त्रिक परिवर्तनको आह्वान गरे र ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’ को आलोचना गरे। तत्कालिन प्रशासनले विपक्षी कार्यकर्ता र बुद्धिजीवीहरूमाथि व्यापक दमन गरेको थियो । दमनले प्रजातन्त्रका लागि गरिएको आन्दोलनलाई थप उर्जा मिलेको थियो । सन् २००५ को दमनपछि देशव्यापीरूपमा थप व्यक्तिहरूले असदको विरोधमा सङ्ठित बनेका थिए । 

सन् २००७ को डिसेम्बरमा प्रजातन्त्र पक्षधर विपक्षीहरूको गिरफ्तारीको नयाँ लहर सुरु भएको थियो ।  उनीहरूले थप सङ्गठित बन्दै सन् २०११ मार्चमा अरब वसन्त नाम दिइएको सशक्त आन्दोलनको घोषणा गरियो । यसले सिरियामा नागरिक स्वतन्त्रता र राजनीतिक कैदीहरूको रिहाईको माग गर्दै विरोध प्रदर्शनहरू सुरु गरेको थियो भने प्रशासनले आन्दोलनलाई व्यापक बल प्रयोग गरी दबायो । 

सन् २०११ मार्च महिनामा नै असद प्रशासनले ‘आतङ्ककारी’ घोषणा गरेका  व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु गर्यो जुन तत्कालिन सरकारका लागि अभिसाफ नै सावित हुन पुग्यो । आन्दोलनले सरकारविरोधी प्रदर्शनबाट सशस्त्र विद्रोहको स्वरूप लिन पुग्यो र सिरियामा गृहयुद्धको सुरुवात भयो । यस युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू पनि सामेल भए, साथै जिहादीहरू पनि सामेल भए ।

सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमणलगायत भारी हतियार प्रयोग गरेको थियो । यसलाई धेरै पटक रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ, तर असद प्रशासनले यो आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।  रूस, इरान तथा तेहरान समर्थित लेबनानी शिया लडाकू समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका साथ नेता असदलाई सत्तामा टिकाइयो । 

लामो समयसम्म चलेको युद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाएपछि र झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएपछि सन् २०२० को मार्चमा रूस र टर्कीएबीच भएको सम्झौतापछि युद्धविरामको घोषणा गरिएको थियो तर यसद्धविरामको वाबजुद त्यसपछिको समयमा पनि सिरियामा बमबारी र छिटपुट जिहादी आक्रमणहरूले भने निरन्तरता पाएका थिए ।

यस युद्धमा पाँच लाख भन्दा बढी मानिसको मृत्यु भएको छ, देशको युद्धपूर्वको आधा जनसङ्ख्या विस्थापित भएको छ । यसले असदलाई विश्वव्यापी पराया बनाएको छ । विपक्षीहरूको तीव्र विरोध र शक्तिशाली विपक्षी दलहरूको निर्वाचन बहिस्कारका बीच सन् २०२१ मे २६ मा गरिएको निर्वाचनमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि पुनः निर्वाचित भए ।

सन् २०११ मा जनविद्रोहविरुद्ध गरेको कारबाहीको प्रतिक्रियास्वरुप सिरियालाई अरब लिगबाट बर्खास्त गरिएको थियो तर सन् २०२३ को मे महिनामा रूस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो । सन् २०१३ मा सिरियामा भएको रासायनिक आक्रमणका लागि मानवताविरुद्धको अपराधमा संलग्न रहेको आशङ्कामा फ्रान्सले सन् २०२३ को नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो ।त्यसको अर्को दिन संयुक्त राष्ट्रसङ्घको सर्वोच्च कानुनी निकाय अन्तर्राष्ट्रिय अदालतले सिरियालाई यातना र क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो ।

एचटीएस नेतृत्वको निर्णायक आक्रमण

नोभेम्बर २७ मा इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले विद्रोही आक्रमणको नेतृत्व गरेको थियो र युद्धमा पहिलो पटक असदको सेनाबाट दोस्रो शहर अलेप्पोको नियन्त्रण खोसेको थियो ।विद्रोहीहरूले आइतबार राजधानी दमास्कस आइपुगेको घोषणा गर्नुअघि हामा र होम्सजस्ता अन्य प्रमुख शहरहरू माथि कब्जा जमाएका छन्।

शनिबार असदको कार्यालयले उहाँ राजधानीबाट भागेको अस्वीकार गरेको केही घण्टापछि एचटीएसले ‘तानाशाह’लाई सत्ताच्यूत गरेको बताएको छ ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सनामक बेलायतस्थित युद्ध अनुगमनकर्ताले आइतबार सेनाले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल छोड्नुअघि नै राष्ट्रपति असदले देश छोडेको जनाएको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक  शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP