Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • रवि भेट्न हिरासतमै पुगे भट्टराई र शाही 
रवि भेट्न हिरासतमै पुगे भट्टराई र शाही 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २३, २०८१
  •  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले हिरासत पुगेर रविले भेटे
  •   रविको पक्राउ राजनीतिक प्रतिशोध भएको डा. भट्टराईको भनाइ
  •   रविको मानवअधिकार रक्षा गर्न राप्रपा नेता शाहीको माग 

काठमाडौं– पर्साको वीरगञ्ज लैजाने तयारी भइरहेका बेला  कास्कीको पोखरा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एकपछि अर्को विपक्षी नेताले भेट गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान खेपिरहेका लामिछानेलाई शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले भेट गरे । शाहीलेभन्दा पहिले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेटेका थिए । 

रास्वपाले हिरासतमा रविमाथि अमानवीय व्यवहार भएको भन्दै विज्ञप्ति जारी गरेपछि दुई नेता रविलाई भेट्न हिरासत गएका हुन् । भेटपछि शाहीले लामिछानेको मानवअधिकार रक्षा गर्न माग गरेका छन् । ‘माननीय रवि लामिछानेको मानवअधिकारको रक्षा गरियोस् । कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो,’ शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर शनिबार लामिछानेसँग भेट गरेका थिए । त्यस क्रममा लामिछानेले आफूलाई चितवनबाट पोखरा लैजाने क्रममा औषधिसमेत नदिएर दबाब दिएको भनेको र उक्त विषयमा सडक र सदनबाट सरकारको जवाफ माग्ने शाहीले बताए ।शाहीले भन्दा पहिले पूर्वप्रधानमन्त्री डा. भट्टराईले लामिछानेलाई कास्की प्रहरीको हिरासतमै भेटेका थिए । संक्षिप्त कुराकानी गरेर फर्किएपछि उनले लामिछानेमाथि सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भएको टिप्पणी गरेका थिए ।

Hardik health

‘नयाँ राजनीतिक शक्तिहरूको उदय भइराखेको अवस्थामा एक सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ । जुन ढंगले अहिले उहाँलाई एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक लागेर र अन्यायपूर्ण भो भनेर नै ऐक्यबद्धता जनाउनका लागि आएको हुँ,’ उनले पत्रकारहरूसँग भने । 

रास्वपाले हालै रविको डायरी नै प्रहरीले गायब पारेको जनाएको छ । सरकारले लामिछानेलाई अपराधिजस्तो व्यवहार गरेको पनि आरोप लगाएको छ । कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति जारी गर्दै त्यसबारे छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीलाई गुहारेका छन् । उनका अनुसार पाँच वटा सहकारी ठगीको अनुसन्धानका क्रममा रहेका लामिछानेको नैसर्गिक मानवअधिकार हनन् भएको छ । 

रास्वपाले सभापति लामिछानेलाई चितवनबाट रातारात पोखरा लैजाने कार्यको पनि विरोध गरेको छ । प्रहरीले मंगलबार र बुधबार चितवनको सहारा सहकारीमा भएको ठगी प्रकरणमा बयान लिएर बुधबार बेलुका नै पोखरा लगेको थियो । बुधबार बयान चलिरहँदा पनि प्रहरीसँग रास्वपा नेता कार्यकर्ताको झडप परेको थियो । त्यसपछि प्रहरीले उनलाई सोही दिन बेलुकी पोखरा लगेको थियो । यसलाई लिएर रास्वपाले विरोध जनाएको हो । 

अब लामिछानेलाई वीरगञ्जको सानो पाइला सहकारीमा भएको ठगी आरोपबारे बयानका लागि लैजाने प्रहरीको तयारी छ । पर्सा जिल्ला अदालतले यसअघि नै लामिछानेसहितका आरोपीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । यसअघि लामिछानेको वयान सूर्यदर्शन सहकारी पोखरा, सुप्रिम सहकारी बुटवल, स्वर्णलक्ष्मी सहकारी काठमाडौं र सहारा सहकारी चितवनमा भइसकेको छ । बयानका क्रममा उनले लागेका आरोपहरूलाई इन्कार गरेका छन् । बरु, राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजेको बताउँदै आएका छन् । 

उनीसँग भेटेर फर्किएपछि नेसपा अध्यक्ष डा. भट्टराईले पनि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजिएको बताएका हुन् । लामिछाने २ कात्तिकको साँझ काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनी ३ कात्तिकको बिहानमात्रै पोखरा पुगे । उनै लामिछानेले यसअघि आफूलाई हिरासतमा अपराधिको जस्तो व्यवहार गरेको बताएका थिए । त्यसपछि रास्वपाले आफ्नो सभापति लामिछानेको हिरासत बसाइँबारे कुराकानीमा आधारित भन्दै एउटा विज्ञप्ति जारी गरेको थियो । त्यहाँ लामिछानेको मानवअधिकार हिरासतमा हनन् भएको उल्लेख थियो । अन्ततः नेसपा अध्यक्ष डा. भट्टराईदेखि राप्रपा प्रवक्ता शाही हिरासतमै भेट्न पुगेका हुन् ।
 


प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP