Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
विचार
  • Home
  • विचार
  • वित्तीय साक्षरता र गरिबीको सम्बन्ध
वित्तीय साक्षरता र गरिबीको सम्बन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २०, २०८१

वित्तीय साक्षता कार्यक्रमहरुमा आजकल केही चल्तिका प्रश्नहरुमा छलफल हुने गरेको पाइन्छ । के कुनै पनि व्यक्तिसँग वित्तीय शिक्षा प्रर्याप्त छ भने ऊ धनी हुन्छ रु वित्तीय रुपमा साक्षर हुनु सम्पत्तिको मालिकका लागि हकदार हुनु हो रु वित्तीय साक्षरता भएर पनि मान्छे किन गरिब हुन्छ रु वित्तीय साक्षरताले भरिएकाहरु किन सीमित साधन स्रोतले आफ्नो जीविका धान्न बाध्य छन् रु स्वयम् साक्षरता सिकाउने व्यक्ति स्वतन्त्र छैन भने सिक्ने व्यक्ति स्वतन्त्र हुन सम्भव छ रु त्यसो हो भने केका लागि वित्तीय साक्षरता सिक्न आवश्यक छ रु यस्ता प्रश्नहरुलाई एक ठाउँमा राखेर हेर्दा आर्थिक स्वतन्त्रताको पहिलो पाइला वित्तीय साक्षरता हो तर यो पूर्ण र अन्तिम होइन भन्न सकिन्छ । यसैले भनिन्छ धनको नियम नै सपना, साक्षरता, सङ्कल्प र सङ्घर्ष हो ।

मानिसले वित्तीय साक्षरताको माध्यमबाट सम्पन्नतासम्म पुग्ने बाटो पहिचान गर्न सक्छ तर बाटोको यात्रा यतिले मात्रै पूरा हुन सक्दैन । यसको लागि मार्गमा हिड्नु पर्छ, हिड्ने तयारी गरेर मात्रै गन्तव्यमा पुग्न सकिंदैन । केवल ज्ञानले मात्रै पुग्दैन, सँगसँगै अभ्यासमा जान नसक्ने हो भने मानिस वित्तीय ज्ञानी हुन सक्छ तर स्वतन्त्र हुन सक्दैन । हरेक ज्ञानलाई जबसम्म कार्यमा बदल्ने हिक्मत रहँदैन त्यो ज्ञानको कुनै अर्थ रहँदैन, त्यसले कुनै लक्ष्य भेट्न सक्दैन, त्यसले जीवनमा कुनै उपलब्धि ल्याउन सक्दैन । हामीले बुभ,नपर्ने कुरा के हो भने कयौ शिक्षकले ज्ञान दिन्छन् त्यसलाई उ आफै कार्यमा रुपान्तरण गर्न लागि पर्दैन तर एउटा विद्यार्थी त्यही शिक्षकबाट प्राप्त ज्ञानलाई बजारको समस्या समधान गर्नको लागि कार्यमा रुपान्तरण गर्ने आँट गर्छ तब उ सफल भएर निस्कन सक्छ । तपाई आर्थिक सम्बृद्धि नभएका ज्ञान भएका व्यक्तिबाट नै शिक्षा लिएर त्यसलाई आयमा बदल्न थाल्नु भयो भने हो शिक्षा दिने व्यक्तिले स्वतन्त्रता नपाए पनि तपाईको आर्थिक स्वतन्त्रता कसैले रोक्न सक्दैन । 

वित्तीय ज्ञान हुने बित्तिकै आर्थिक स्वतन्त्रता सम्भव छैन तर स्वतन्त्रताको लागि बन्द रहेका ढोका ढकढकाउने एउटै उपाय हो वित्तीय साक्षरता । तसर्थ वित्तीय साक्षरता भएर पनि मान्छे गरिब हुने गर्छ । मानिसभित्र रहने निम्न केही पक्षहरुले नै मानिस धनी वा गरिब हुने गर्दछ ।  

अभ्यास: आर्थिक स्वतन्त्रताको दृष्टिकोणले हेर्ने हो भने जबसम्म ज्ञानको चक्र तोडेर कर्ममा रुपान्तरण गरिदैन तबसम्म त्यो ज्ञान लाखौंपटक सिके पनि मानिस त्यही स्थानमा हुने छ, जुन स्थानमा उ ज्ञान लिनुभन्दा अगाडि थियो । त्यसैले तपाईंको सफलता कति पटक पढ्नु भयो, ज्ञान लिनु भयो वा सिक्नु भयोमा मात्रै निर्भर नभई त्यो ज्ञानलाई आफ्नो व्यवहारमा कति खरो ढङ्गले उतार्नुभयो कि भएन त्यसमा भर गर्छ । जब वित्तीय ज्ञान व्यक्तिले पाउँछ उ ज्ञानी त होला तर उसले त्यसलाई अभ्यासमा ल्याएन वा ल्याउन सकेन भने उ धनी हुन सक्दैन । यसैले मानिस वित्तीय ज्ञान भएर पनि गरिब हुने गर्छ । उदाहरणको रुपमा, एउटा व्यक्तिले पौडी खेल्ने सम्पूर्ण सैद्धान्तिक ज्ञान पटकपटक लिन्छ तर उ कहिले पौडी खेल्न अभ्यास गर्दैन भने के उसलाई कुनै खोलामा लगेर छोडिदिने हो भने पारि किनारामा पुग्न सम्भव छैन । हो वित्तीय साक्षरताले पनि मानिसलाई धनी हुनको लागि सिद्धान्त सिकाउँछ । यदि त्यसलाई अभ्यासमा ल्याउन नसक्ने हो भने मान्छे धनी हुन सक्दैन, त्यही पौडीबाज जस्तै हुनेछ । जबसम्म वित्तीय ज्ञानलाई अभ्यासमा रुपान्तरण गरिंदैन तबसम्म मान्छे गरिब नै रहन्छ ।

Hardik health

डर:रोर्बटी कियोसाकीले ‘धनी बुबा गरिब बुबा’ पुस्तकमा भने जस्तै हरेक व्यक्तिको मनभित्र डररुपी चल्ला हुने गर्छ । आर्थिक निर्णय गर्दैगर्दा मान्छेले परिवार, आफ्नो भविष्य, समाजको दबाब, प्रतिस्पर्धा, आफन्तको सुझाव, आफ्ना मूल्य, मान्यता र जिम्मेवारीका कारण जोखिम भएभन्दा बढी असुरक्षित महसुस गर्छ । यही डरका कारण मानिससँग वित्तीय ज्ञान भएर पनि प्रतिफलको लागि जोखिम बहन गर्न डराउँछ र उसले त्यो कारोबार नै गर्दैन, जसले उसलाई भविष्यमा आर्थिक स्वतन्त्रता दिन सक्ने थियो । उसले हरेक क्रियाकलापमा नकारात्मकता पाउँछ, घाटा देख्छ,  प्रतिस्पर्धी आफूभन्दा बलियो रहेको ठान्छ, आफू प्रतिस्पर्धा गर्न असक्षम भएको महशुस गर्छ, बजारमा टिक्नै नसक्ने कमजोर ठान्छ । यसले गर्दा कतै आफ्नो मूल धन नै गुम्ने त होइन, फलानो बिग्रेको, ढिस्कानो ओरालो लागेको जस्ता उदाहरण लिदै आफ्नो हुँदाखाँदाको सहज जीवन कतै नबिग्रियोस् बरु यति नै ठीक छ भन्ने डरका कारण जब वित्तीय ज्ञान भएर पनि मानिस आफ्ना सीमित कर्ममा खुम्चन चाहन्छ । त्यस्तो डरका कारण वित्तीय ज्ञान भएर पनि मान्छे गरिब हुन सक्छ ।

लोभ:हरेक व्यक्तिमा आशा र लोभ हुने गर्छ । भलै कसैमा बढी होला, कसैमा कम हुने गर्छ तर प्रत्येक व्यक्तिभित्र लोभ छ भन्दा अन्यथा नरहला । जब मानिसहरुमा अत्यधिक लोभको मात्रा देखिन थाल्छ, तब उसले आफूले गरेका कारोबारहरुमा अझै मुनाफा हुने उच्च विश्वास राख्छ । यस्तो विश्वास तबसम्म भइरहन्छ, उसँग अझै धेरै कमाउने लोभ भइरहन्छ । यसले गर्दा उ आफूले खरिद गरेका वस्तुहरु बिक्री गर्न चाहँदैन । जब वस्तुको मूल्यले एउटा स्तर छुन्छ र फेरि ओरालो लाग्छ, त्यस समयमा यस्ता व्यक्तिहरु त्यसरी झरेको मूल्यबाट फर्किएर पहिला पुगेको उच्च विन्दुमा पुग्यो भने बिक्री गर्ने सोचमा पुग्छन् ।

त्यसपछि यथार्थमा बजारमा कारोबारको मूल्य बढ्न खोजेको जस्तो देखिन्छ तर पहिलाको उच्चविन्दुलाई भेट्न सक्दैन र त्यसैबाट तलतिर झर्न थाल्छ, तब वित्तीय साक्षरता भएर पनि आफूभित्रको लोभलाई नियन्त्रण गर्न नसक्दा यस्ता लगानीकर्ताहरु फेरि घाटामा बिक्री गर्न बाध्य हुन्छन् । यिनीहरुमा जब बजारमा मूल्य घट्न थाल्छ र पिंधमा आइपुग्छ अब कहिले बजार सुधार हुन सक्दैन भन्ने अत्यास देखापर्छ । तब आफ्नो सम्पत्ति कम मूल्यमा बेचबिखन गर्न तयार हुन्छन् । अब कहिले बजारमा नजाने भित्रभित्रै बाचा गर्छन् र घाटालाई स्वीकार्दै आफैँलाई धिकार्ने गरेको देखिन्छ । यसैले वित्तीय साक्षरता भएर पनि यस्ता मानिसहरु बढी लोभी हुँदा गरिब नै हुने गर्छन् ।

अनुशासन:कुनै व्यक्तिलाई हरेक दिन आफ्नो खातामा रु ५० राखेर वर्षमा रु १८ हजार दुई सय ५० प्रिमियमको इन्सोरेन्स गर्नु भन्यो भने कति जना तयार होलान् रु वा वार्षिक रु २२ हजार प्रिमियम पर्ने तिरेर त्यही किन्न सक्नु हुनेछ भनियो भने मानिसले कुन स्किम छनोट गर्छ होला रु केही घाटा नै भए पनि सजिलै अनुमान लगाउन सकिन्छ दोस्रो योजना छान्नेछ । पहिलो योजनाको लागि दोस्रोमा भन्दा बढी अनुशासनको जरुरी छ तर रु। तीन हजार सात सय ५० को फाइदा छ ।

मानिसले त्यो फाइदा थाहा पाएर पनि किन त्यसो गर्न चाहँदैन रु कारण एउटै छ मानिसले नाफाघाटा थाहा पाएर पनि उ आफू अनुशासनमा रहन नसक्दा महङ्गो खरिद गर्न तयार हुन्छ । मानौं कुनै खुत्रुकेमा दैनिक रु एकका दरले तीन सय ६५ दिन रु तीन सय ६५ जम्मा गर्नुहोस् भन्यो भने कति तयार हुन्छौँ । हो अनुशासन भनेको यही हो । हरेक व्यक्ति एकैपटक रु तीन सय ६५ हालेर खुत्रुके भर्न सक्छ तर प्रत्येक दिन रु एक हालेर रु तीन सय ६५ जम्मा गर्न सक्दैन । वित्तीय ज्ञान भएका व्यक्तिहरुसँग पनि लामो समयसम्मका लागि अनुशासन हुन नसक्दा लगानी गुम्ने गरेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ? सोमबार, फागुन २५, २०८२
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन शुक्रबार, फागुन २२, २०८२
फागुन २१ दलहरूको अग्निपरीक्षा 
फागुन २१ दलहरूको अग्निपरीक्षा  बुधबार, फागुन २०, २०८२
भोट के मा ? 
भोट के मा ?  मंगलबार, फागुन १९, २०८२
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर मंगलबार, फागुन १९, २०८२
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
चुनावमा सहभागी हुन आतुर छन् मतदाता आइतबार, फागुन १७, २०८२
नेपाली राजनीति र महिला सहभागिताको सवाल
नेपाली राजनीति र महिला सहभागिताको सवाल शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP