Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • नमिल्ने हात !
नमिल्ने हात !
प्रभाव संवाददाता
प्रभाव संवाददाता
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी
मंगलबार, मंसिर ११, २०८१

तिमी देऊ तिम्रा हातहरू
म दिन्छु मेरा हातहरू
आऊ मिलाऔं हाम्रा हातहरू
न्याय र समानताका लागि आऊ, मिलाऔं हाम्रा हातहरू


रामेशहरूले ३६ सालतिर यही गीत गाका थिए रे ! गाउँगाउँका मान्छेलाई विद्रोहमा उतार्नका लागि । पञ्चायत ढाल्न । त्यही पञ्चायत ढाल्न झापा आन्दोलनमा होमिएका केपी ओली अहिले देशको प्रधानमन्त्री छन् । दुई केपी खडगप्रसाद र कृष्णप्रसादसहित दर्जनौंको हात मिलेर मुलुकमा निरंकुश पञ्चायत ढालेको रे !  पञ्चायत ढल्यो, प्रजातन्त्र आयो, प्रजातन्त्र ढलेजस्तै गर्यो लोकतन्त्र आयो, लोकतन्त्र सुतेजस्तो गर्यो अनि १०औं पुस्तादेखिको राजतन्त्र ढल्यो गणतन्त्र आयो । अर्जुन काका पञ्चायत रजत जयन्ती पार्क अहिलेको शंखपार्कको बगैँचामा बसेर बूढाहरूलाई गफ हाँक्दै थिए । 

अर्जुन काका न पञ्चायत ढाल्ने बेलामा सडकमा थिए, न त राजतन्त्र ढाल्ने बेला जिन्दावाद र मुर्दावाद नै भनेका थिए । तर अहिले त्यही काका ठूलै संघर्ष गरेर गणतन्त्र आफैंले ल्याएको जस्तो गरिरा छन् । त्यही बूढाहरूको भीडमा छन् रम्तेल साहिला । जसले पञ्चायतका विरुद्ध साँच्चै नै संघर्ष गरेका थिएनन्, उनी मौन छन् । अर्जुन काकाका कुरा मस्तसँग सुनिरहेका छन् अनि मुसुमुसु हाँसिरहेका छन् । ‘इन्द्रको अगाडि स्वर्गको वयान’ भनेजस्तो ।

कुनै बेलाका अञ्चलाधीशहरू जस्तै भाका छन् गणतन्त्रका अध्यक्षहरू । त्यही भएर होला कतै मिल्नुपर्ने हातहरू मिल्न सकेका छैनन् । कतै मिल्नै नहुने हातहरू पनि मिलिरहेका छन् । रामेशहरूले हात माग्दै मिलाउन खोजे तर उनैका अध्यक्ष केपीहरू मिलेका हातहरू पनि फुटाउँदै बसे भनेर आरोप लगाउँछन् त्यही पार्कमा चन्दन कुमार । 

Hardik health

हुन पनि हो कि हो कि जस्तो ! रवि, छवि अनि जिबीको करामतले । यहाँ त जसले पाउँछ उसैले बजाउने त हो । त्यही भएर अहिले काँठका बाऽलेनले बाऽहरूलाई बजाको बजै छन् । कसको बाउको के जान्छ ? मौकामा हान्ने हो । जसले पनि मौका कुरेरै बसेका त छन् । ‘बा’ ले बाऽलेनलाई चुनाउ जित्ने बित्तिकै बजाउनकै लागि भनेर तबला उपहार देका ! त्यही भएर मौका आयो कि बाऽलेनले बाऽलाई बजाको बजै अरे । चन्दन कुमार फ्याट्टै बोले । 

लेन नै फरक फरक छ । एउटा लेन पराम्परावादी अर्को पूरै आधुनिक । एउटा सामन्त सत्ता फालेर अर्को सामन्त सत्ता जीवित गर्ने बाहरू । अनि सामन्त सत्ता नै सिध्याउनपर्छ भन्ने बाऽलेनहरू । कसरी हात मिल्ला । मिल्दै मिल्दैन । दूरदर्शनमा घोक्रो फुट्नेगरी नाकका डाँडी भाँच्न कम्मर कसेका रविहरूको छवि त्यही नमिल्ने हातहरू मिलेकैले धुमिल भाको त हो । 

यो पनि थाहा छैन । त्यो पनि थाहा छैन ! ऋण लिएको पनि थाहा छैन आफूले तिरेको पनि था छैन भन्ने बज्रस्वाँठहरूले आफ्नो स्वार्थ पूरा गर्नका लागि नमिल्ने हात मिलाउँदा भाको होइन र हिरासतको बास !
विश्वासका घडेरी लाको अरे चन्दनले भन्या । विश्वास भएपो खडेरी लाग्ने । ओली–दाहाल–देउवा नदीका दुई किनारा त कहिले हिउँदमा एकै ठाउँमा । कहिले वर्षा एकै ठाउँमा आउनसक्ने भए पनि नमिल्ने हात मिल्दा दुई–चार जनाको भलाइ भाको छ । 

‘नो नट अगेन’ भन्दै बाहरूको काखमा लडीबुढी गर्न जाँदा दुई–चार करोड यसो हिसाब मिलान गरेको पनि किन देखि नसहेका होलान् हो अर्जुन काकाले प्रसंग नै बदले । चन्दनले धर्सा कोर्न थालिगो पार्कभित्रै । एक दर्जन बूढाहरू भाको ठाउँमा दुई–तिन जनाले त्यही बसेर देश चलाइदिए !नचलाउन पनि किन, सबै अवकाश पाका । ५८ सम्म देशका सबै खाका । अनि अहिले छोराछोरी विदेश भासिएकाले दिन कटाउन पार्कमा आका । कसरी मिलोस् हात । 

निधारमा ठाडो रक्त चन्दन लगाको चन्दनकुमार अलि चञ्चल पनि हुन् । उनले सबैलाई हेर्नूस कुरा बुझ्नूस् सबै । बालाई बाऽलेनले ठोकेकै हो । ठोक्नै पर्दथ्यो । ठोके । गफ दिएर हुन्छ र ? अहिलेसम्म यसरी प्रधानमन्त्रीलाई ठोक्ने को आको थियो र ? पहिले पहिले बाले गर्थे, उनकै वरपर हुन्थे । अहिले समय फेरियो पालो बाऽलेनको छ । त्यही भएर उनकै अघि–पछि छन् ।

गणेशमानले भनेको जस्तो काठमाडौंका जनता भेडा त हुन्न । एउटा अगाडि लागेपछि सबै खाल्डामा । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो । सरकार नै तीन तीनवटा भाको देशमा आफ्नो सरकार आफैंले हो चलाउने । उता बाको सरकार बाले चलाउँछन । यता बाऽलेनको सरकार बालेनले नै चलाँउछन । आ–आफ्नो शक्ति देखाउने बस्ने हो । मिल्ने त कुरै हुँदैन नि ! 

अब रामेशहरू गाएको गीतजस्तो काल कहाँ छ र ? ओहोऽ ! उनले भनेपछि ठिकै होला देउ तिम्रा हात भन्दै हात दिन खोज्नेहरू अव त पाउन मुश्किल छ । हात मिल्नु र सर्पबाट अमृत पाउँछु भन्नु उस्तै उस्तै हो । ओली र देउवाको मिल्ने हात हो र ? दाहाल र देउवाको मिल्ने हात हो र ? न जात मिल्ने त भात मिल्ने । त्यहाँ त सत्तामात्र मिल्ने ! जब सत्ता मिल्छ त्यसपछि लत्ता, भत्ता सबै मिल्छ त्यही बेला हात पनि मिल्छ । अहिले ओलीको बोलीको हात उही देउ ऽबा सँग मात्र मिल्ने हो । एउटा बा र अर्को बा कसरी मिल्न सक्ला ? 

चन्दन कुमारले एकोहोरो फलाके । नमिल्ने हात, नमिलाउने हात । मिले साथ नमिले घात ! ठोक्न मादल ठोक भन्दै बाऽलेन अघिअघि अरु पछिपछि भएपछि कहिले मिल्ने छ र हात ? त्यसमाथि पनि मिल्नै नसक्ने केपीको हात ?

चन्दनको कुरा सुन्दासुन्दै बूढाहरू अस्ताउन लागेको सूर्यतर्फ हेर्र्र्दै नमिल्ने हातहरू मिलाउन खोज्दै छ । हात पहिलेकै जस्तो मिलोस् । सबैको घरमा खुसी आओस् । नमिल्ने हातहरू पनि गाँस, बास कपाससँगै मिल्दै जाउन । सबैको भलो होस् ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP