Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #भूकम्प
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
समाचार
  • Home
  • समाचार
  • समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरिँदै
समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ९, २०८१
RBB RBB

काठमाडौं - राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) को ५३औँ बैठकले समपूरक र विशेष अनुदानसम्बन्धी मौजुदा कार्यविधि संशोधनका लागि मस्यौदा तयार पारी तीन महिनाभित्र मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएको छ । 

अघिल्लो साता बसेको एनडेक बैठकले समपूरक अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ संशोधनका लागि मस्यौदा तयार पार्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको हो ।

“स्थानीय तह एवं प्रदेशको वित्तीय क्षमता अनुसार समपुरक अनुदानमा लगानीको हिस्सा वित्तीय क्षमतामैत्री हुनेगरी र सामाजिक, आर्थिक समता अभिवृद्धिमा योगदान दिनेगरी समपुरक अनुदानसम्बन्धी मौजुदा कार्यविधिमा संशोधनको लागि तीन महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुपर्नेछ”, एनडेकको निर्णयमा भनिएको छ । 

विशेष अनुदानअन्तर्गत सञ्चालन भएका आयोजना÷कार्यक्रमलाई सन्तुलित विकास गर्न, विभेद्मा परेका वर्ग वा समुदायको उत्थान एवं विकासमा योगदान दिनेगरी मौजुदा कार्यविधिमा संशोधन गर्न भनिएको छ ।   विद्यमान कार्यविधिअनुसार सङ्घीय समपूरक अनुदान पाउने योजना तथा कार्यक्रमका लागि कूल लागतको ५० प्रतिशत सम्बन्धित स्थानीय तह वा प्रदेशले बेहोर्ने छ भने ५० प्रतिशत रकम सङ्घीय सरकारले उपलब्ध गराउँछ । 

आर्थिक रूपमा कमजोर तथा दुर्गमका स्थानीय तहले ५० प्रतिशत लागत बेहोर्न सक्ने क्षमता नहुँदा समस्या देखिएको राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलले बनाए । “आधा लागत सम्बन्धित स्थानीय तह वा प्रदेशले बेहोर्नुपर्ने भएपछि उनीहरु आफ्नो स्रोत अभावमा योजना तथा कार्यक्रम प्रस्ताव गर्न नसक्ने अवस्था थिए । स्रोतको समन्यायिक वितरण गर्न पनि लागत साझेदारी घटाएर कम गर्ने वा राख्दै नराख्ने भन्नेबारे अध्ययन गरी कार्यविधिको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मा पेस हुनेछ”, उनले भने ।

सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी विद्यमान कार्यविधिको व्यवस्थाअनुसार योजना आयोगले प्रत्येक वर्ष मङ्सिर मसान्तभित्र सूचना प्रकाशन गरी प्रदेश वा स्थानीय तहबाट आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानमा सञ्चालन गर्ने आयोजना तथा कार्यक्रमको प्रस्ताव माग गरिसक्नुपर्दछ । 

त्यस्तै, सम्बन्धित प्रदेश र स्थानीय तहले पुस मसान्तभित्रमा यस्तो अनुदान लिनका लागि प्रस्ताव पेस गरिसक्नुपर्ने हुन्छ । कार्यविधि संशोधनका लागि एनडेकले तीन महिनाको समयावधि दिएको अवस्थामा विद्यमान व्यवस्थाअनुसार प्रस्ताव माग हुन्छन् वा नयाँ व्यवस्थाअनुसार माग हुन्छ भन्ने स्पष्ट नभएको आयोगका सहप्रवक्ता लुइँटेलले उल्लेख गरे । कार्यविधि चाँडो संशोधन गरेर त्यसपछि मात्रै योजना तथा कार्यक्रमको प्रस्ताव माग गर्न उपयुक्त हुने उनले धारणा राखे।

 “कार्यविधि संशोधनका लागि काम सुरु भइसकेको छ । योजना तथा कार्यक्रमको प्रस्ताव माग गर्ने सूचना निकाल्नु अघि कार्यविधि संशोधन भइसक्छ”, सहप्रवक्ता लुइँटेलले भने । सङ्घीय सरकारले योजना आयोगको सिफारिसमा हरेक वर्ष समपूरक र विशेष अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई बजेट छुट्याउँछ । प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रूपमा यी अनुदान उपलब्ध गराइन्छ । यस्तो अनुदान लिन प्रस्ताव गरिएका योजना तथा कार्यक्रमले निश्चित प्रक्रिया पूरा गर्नुपर्दछ ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए), लागत अनुमान, आयोजना सम्पन्न हुने अवधिलगायत विवरण अनिवार्य रूपमा प्रस्तावसँगै पेस गर्नुपर्ने आयोगले जनाएको छ । सम्बन्धित पालिकाको कार्यपालिकाबाट स्वीकृत गराएर मात्रै ती योजना तथा कार्यक्रमका लागि बजेट माग गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ ।

यस्तो अनुदानबाट खर्च बेहोर्ने योजना तथा कार्यक्रम तीन वर्षभित्र सम्पन्न गरिसक्नुपनेृ हुन्छ । तीन वर्षभन्दा बढी समय लाग्ने बहुवर्षे आयोजनाका लागि यो शीर्षकअन्तर्गत बजेट जाँदैन । प्रदेश सरकार र स्थानीय तहले यी शीर्षकमा अनुदान पाउने र खर्च गर्न पाउने रकमको सीमा पनि तोकिएको छ । समपूरक अनुदान दिनका लागि गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना÷कार्यक्रमको कूल लागत अनुमान न्यूनतम रु एक करोडदेखि अधिकतम रु १० करोडसम्म रहेको छ ।

उपमहानगर र महानगरपालिकाबाट कार्यान्वयन गरिने समपूरक अनुदानका कार्यक्रमको लागत न्यूनतम रु पाँच करोडदेखि अधिकतम रु २५ करोडसम्म रहेको छ । प्रदेश सरकारबाट कार्यान्वयन हुने समपूरक अनुदानअन्तर्गतका योजना तथा कार्यक्रमका लागि कूल लागत अनुमान रु २० करोडदेखि रु एक अर्बसम्म हुनुपर्छ ।
    
विशेष अनुदानअन्तर्गतका योजना तथा कार्यक्रमका लागि भने प्रदेशको हकमा कम्तीमा रु १० करोड र स्थानीय तहको हकमा कम्तीमा रु ५० लाखदेखि बढीमा १० करोड सम्मको सीमा तोकिएको छ । क्षेत्रगत रूपमा पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाका लागि समपूरक अनुदान दिने गरिन्छ । विशेष अनुदानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण तथा मूल प्रवाहीकरण, तहगत सन्तुलन, खाद्य सुरक्षा तथा पोषण, फोहरमैला व्यवस्थापन जस्ता क्षेत्रसँग सम्बन्धित आयोजना पर्दछन् ।


प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव मंगलबार, जेठ ६, २०८२
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ६, २०८२
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
मापदण्ड विपरीतका पाँच फर्ममाथि मुद्दा दर्ता
मापदण्ड विपरीतका पाँच फर्ममाथि मुद्दा दर्ता मंगलबार, जेठ ६, २०८२
छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई
छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई मंगलबार, जेठ ६, २०८२
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक मंगलबार, जेठ ६, २०८२
मिटरब्याज पीडितले कहिले न्याय पाउँछन् ? :सांसद सुमना श्रेष्ठ
मिटरब्याज पीडितले कहिले न्याय पाउँछन् ? :सांसद सुमना श्रेष्ठ मंगलबार, जेठ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP