कोलम्बो- श्रीलंकाको नौसेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीहरूलाई आफ्नो देशको जल–क्षेत्रमा अवैध शिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताएका छन् ।
उनले पत्रकारहरूलाई नौसेनाले भारततीय माझिहरुले माछा मार्नका लागी प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गाहरूसमेत जफत गरेको उल्लेख गरेका छन् । सन् २०२४ को तुलनामा चालु वर्षमा पक्राउ पर्नेहरुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको जनाउदै श्रीलंकाको जल–क्षेत्रमा विदेशी माझीहरूको अवैध प्रवेश नियन्त्रणका लागि अधिकारीहरूले कारबाही तीव्र पारेको उनले बताएका छन् ।
गामाजेले नौसेनालाई मत्स्यपालन, जलीय र समुद्री स्रोत मन्त्रालय र श्रीलंकाली प्रहरीले यो अपरेसनमा सहयोग र समन्वय गरेको बताएका छन् । पछिल्लो समयमा श्रीलंकामा प्रतिबन्धित तथा विनाशकारी माछा मार्ने विधिहरूको प्रयोगका कारण श्रीलंकाको पानीमा अवैध शिकार गर्ने विदेशी माझीहरूले स्थानीय माझीहरू र देशको समुद्री वातावरणका लागि अस्तित्वगत खतरा उत्पन्न गरेकोमा उनले दुख व्यक्त गरकेा छन् ।