काठमाडाैं - गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्न लागिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
‘हामी विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे कानुन संशोधन प्रक्रिया अगाडि बढाएका छौं,’ गृहमन्त्री अर्यालले भने ।प्राविधिक रूपमा कसरी काम गर्ने भनेर नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको उनले बताए ।
गृह मन्त्रालयले यसअघि आवश्यक ऐन संशोधन गर्ने गरी अध्यादेशको मस्यौदा सुझावका लागि निर्वाचन आयोग पठाएको थियो ।