Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कृषि
  • Home
  • कृषि
  • ‘छुसा’ छुर्पी बोकेर भारतका बजार
‘छुसा’ छुर्पी बोकेर भारतका बजार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २९, २०८१

पाँचथर- यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनावरले बोकेर भारतका बजारमा पुर्‍याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा रुचाउने गरिन्छ ।

पाँचथरको याङवरक तथा फालेलुङ गाउँपालिकासहित ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुसा छुर्पी विगतमा भारतका व्यापारीले सिक्किम राज्यमा लैजाने गर्दथे । अहिले भने पूर्वी भारतका धेरै बजारसम्म यो छुर्पी पुग्ने गरेको याङवरक गाउँपालिका––१ का छुर्पी उत्पादक राजेन्द्र खालिङ राईले जानकारी दिए। 

उनका अनुसार यहाँ उत्पादित यो छुर्पी भरियाले बोकेर नेपाल–भारत सीमासम्म पुर्‍याउने गर्दछन् । त्यहाँबाट भारततर्फका व्यापारीले बम्जु (गोरु)लाई बोकाएर बजारसम्म पुर्‍याउने गरेका छन् । शेर्पा भाषाको ‘छुसा’को अर्थ टुक्रा भन्ने हुन्छ । विशेषतः सिक्किमका व्यापारीले नेपालमै आई छुर्पी उत्पादकलाई यसको सीप सिकाएर गएपछि यहाँ यो छुर्पी उत्पादन थालिएको हो । “व्यापारीहरु आफैंँ आएर टुक्रा बनाउन र टुक्राको माला बनाउन सिकाएर गएपछि यो छुर्पी बनाउन थालेका हौंँ”, खालिङले भने, “हामीले उत्पादन गरेको सबै छुर्पीले बजार पाइरहेको छ ।”

Hardik health

उच्च पहाडका दुग्ध डेरी तथा गोठालाहरुले यो छुर्पी बनाउने गर्दछन् । छुर्पी बनेपछि व्यापारीले दिएको आकारमै टुक्रा पारी डोरीमा माला उनेर सुकाउने गरिएको छ । उच्च पहाडमा यातायातको पहुँच राम्रो नभएका कारण भारतका व्यापारीले आफैंँ भरिया खोजेरसमेत यो छुर्पी गोठ–गोठबाट सङ्कलन गर्ने गरेको खालिङको भनाइ छ । नेपालका धेरै छुर्पी उत्पादकले कुकुरले खाने (डगइट) छुर्पी उत्पादन गर्ने गर्दछन् ।


डगइट छुर्पीको तुलनामा यसको मूल्य कम भए पनि यहाँका किसानले यही छुर्पी बनाउने गरेका छन् ।“अर्को छुर्पी बनाउन गाह्रो छ, यहाँ घाम कम लाग्ने हुँदा सुकाउन समस्या हुन्छ, कहिलेकाहीँ छुर्पी फुलिने समस्या हुन्छ”, पाँचथरको याङवरक–१ वडाध्यक्षसमेत रहनुभएका खालिङले भन्नुभयो, “तर छुसामा बिग्रिने समस्या हुँदैन ।” अर्कोतर्फ यो छुर्पी जति समय भण्डारण गरेर राखे पनि बिग्रिदैन ।

यो छुर्पी प्रतिमाला रु एक सय ८० मा बिक्री हुने गरेको छ । खालिङका अनुसार यो छुर्पीमा चिल्लोको मात्रा अत्यधिक हुने गर्दछ । डगइट छुर्पी बनाउन दूध फटाएर दुईदेखि तीन पटक धोएर सुकाउने गरिन्छ । तर छुसा छुर्पी भने फाटेको दूध नधोइ थप दूध लगाइ बनाइने खालिङले जानकारी दिनुभयो । यो छुर्पी खाँदा रसिलो हुने गरेको उत्पादक बताउँछन् । 
    
उच्च पहाडमा गुणस्तरीय छुसा छुर्पी उत्पादन हुने भए पनि नेपाली बजारले चिन्न नसकेको खालिङको भनाइ छ । “नेपालको बजारमा यो छुर्पी पुर्‍याउन र उपभोक्तालाई स्वाद चखाउन सके राम्रोसँग चल्ने थियो”, खालिङले भने, “सबैले रसिलो छुर्पी खान पनि पाउँथे ।” 
    
खालिङको परिवारले यो छुर्पी उत्पादन गर्न थालेको तीन वर्ष हुन लाग्यो । विगतमा डगइट छुर्पी उत्पादन गर्ने उत्पादकले उक्त छुर्पीले बजार नपाउँदा धेरै सास्ती पनि भोग्नुपर्‍यो । “अहिले हामी महिनामा ५०० देखि ६०० माला यो छुर्पी बनाउछौँ”, खालिङले भने, “अहिलेसम्म यो छुर्पीमा कुनै समस्या खेप्नु परेको छैन् ।” 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण बिहीबार, कात्तिक १३, २०८२
चितवनमा मौरी चरन क्षेत्र अभाव
चितवनमा मौरी चरन क्षेत्र अभाव बुधबार, कात्तिक १२, २०८२
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP