काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५६ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५८ रुपैयाँ, आलु रातो प्रतिकिलो २७ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५०रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली ज्यापू प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १८० रुपैयाँ, टाटेसिमी प्रतिकिलो १२० रुपैयाँ, तीते करेला प्रतिकिलो ४० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ७० रुपैयाँ, चिचिन्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौँला प्रतिकिलो ४० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ८० रुपैयाँ, चमसुर प्रतिकिलो ७० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३० रुपैयाँ, मेथी प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ, तरुल प्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो प्रतिकिलो १०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकिलो १२० रुपैयाँ, कोइरालो प्रतिकिलो ३०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पार्सले प्रतिकिलो ३२० रुपैयाँ, सेलरी प्रतिकिलो १६० रुपैयाँ, सौफको साग प्रतिकेजी ८० रुपैयाँ, पुदिना प्रतिकिलो ११० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा दर्जन २२० रुपैयाँ, कागती प्रतिकेजी ३८० रुपैयाँ, अनार प्रतिकिलो ४८० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २५० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, रुख कटहर प्रतिकिलो ७० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ र किबी प्रतिकिलो ५०० रुपैयाँ र एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ५० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६०० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ९० रुपैयाँ, हरियो लसुन प्रतिकिलो १६० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १२० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ ।