Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • ‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’
‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’
हरि जिज्ञासु/रासस
हरि जिज्ञासु/रासस बुधबार, कात्तिक २८, २०८१

आठबिसकोट-  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो । 

एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जन्थ्यो । अहिले युवाशक्तिको अभावमा करिब चार सय ५० परिवारका अधिकांश जग्गा बाँझो रहेका स्थानीय बुद्धिजीवी हरिबहादुर बुढामगरले बताए । खदी गाउँको कालजुरा, लहाँ, चिन्चौर, बाँस्तला बजिनीलगायत गाउँका अधिकांशले आजभोलिल खेती गर्न छोडेका छन् । 

बुढामगरले भने, “जनशक्ति अभावकले खदीका स्थानीय खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य छन् । अध्ययन र रोजगारीका सिलसिलामा युवा पलायन हुँदा खुदी गाउँको रौनक हराएको छ ।”तलि, सल्लेरी र पाटा गाउँ मिलेर खदी गाउँ बनेको छ । कुनै बेला युवा बाहुल्य रहेको खदी गाउँमा आजभोलि विस्तारै बस्ती पातलिँदै गएको छ । युवा जनशक्ति शिक्षा र रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिँदा कालजुरा, लहाँ, बाँस्तला, चिन्चौरलगायतको बस्ती खाली हुने अवस्थामा पुगेका बुढामगरले बताए ।

गाउँघरमा चल्ने अर्मपर्ममा युवा भेट्नै मुस्किल हुन थालेको छ । टोल छिमेकमा मर्दापर्दा तथा सामुदायिक कार्यक्रममा युवाको सहभागिता कमै देखिन्छ । सरसफाइ, खानेपानी र बाटोघाटो निर्माणलगायत का वृद्धवृद्धाको भरमा सञ्चालन हुने गरेको उनले बताए ।कालजुरा, लहाँ, चिन्चौरलगायत स्थानमा पहिले बाक्लो बस्ती थियो । यहाँका किसान खेतीपाती र पशुपालनबाट आत्मानिर्भर थिए । कुनै समय गुल्जार भएका ती गाउँ आजभोलि सुनसान छन् । मकै र गहुँ उत्पादन हुने यी गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । खेतीयोग्य जमिन बाँझो रहनुको कारण युवा पलयन हुनु र बाँदरबाट उत्पादित खेती बचाउन नसक्नु रहेको बुढामगरको भनाइ हो ।

Hardik health

रम्परागत कृषिबाट गुजारा नचलेपछि खदीका केही घरधुरी आठबिसकोट नगरपालिकाको राडी बजार, सदरमुकाम मुसिकोट, दाङ, सुर्खेतलगायत सहरमा बसाइँ सरेका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय युवाले पनि सहरबजारतिर जमिन जोडेका छन् । बाध्यताले गाउँ छाडेर सहर पुगेका युवा त्यहीँ रमाएर गाउँ नर्फकिँदा गाउँ रित्तिँदै गएको स्थानीय शिक्षक कमल रोकाको अनुमान छ । उच्च शिक्षाका लागि केही समय काठमाडौँमा रहनुभएका उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत आवश्यकताको उचित प्रबन्ध हुन नसक्दा अवसरको खाजीमा गाउँ छाडेका युवा पुनः गाउँ फर्कदैनन् ।” 

आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विकले युवा पुस्ताले धमाधम गाउँ छाड्दा जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझिदै गएकामा चिन्ता व्यक्त गरे । नगरपालिकाले आधुनिक कृषि प्रणाली अपनाएर उत्पादन वृद्धि गरी स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको भन्दै उनले युवाको अभावमा नगरको आत्मनिर्भर अभियान कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे । अहिले खदी गाउँमा खसी, राँगा तथा स्थानीय प्रजातिका कुखुरापालन हुन छोडेको स्थानीय नरबहादुर बुढाले बताए । “गाउँमा बाटो पुगेसँगै पहिलेको भन्दा सेवासुविधा पनि बढेको छ । यसवा अवसरको खोजीमा गाउँ बाहिर जाँदा खेती गर्ने, पशुचौपालन गर्नेको कमी हुँदै गएको छ”, उनले भने । उनका अनुसार कुनै समय झारमारे, जलजला, बसेरा चरनक्षेत्र र बुकीपाटन पशुचौपायाले भरिनेमा अहिले पशुपालन नभएपछि बुकीपाटन रित्ता देखिन्छन् ।

“बर्खायाममा गोठाला र पशुचौपायाले रमझम हुने खर्कहरु अहिले सुनसान छन् । कतिपय घरपरिवारले भने भेँडापालनलाई निरन्तरता दिँदै आएका छन्”, स्थानीय सुरेश विकले भने ।  जनशक्ति अभाव हुँदा जीर्ण बनेका घर पुनःनिर्माण भएका छैनन्, भत्केका घर झाँडीमा परिणत भएका छन् भने जमिन बाँझा छन् । कतिपय बस्तीसम्म सडक सञ्जाल विस्ता नहुँदा किसान काम गर्न घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ । 

अत्यावश्यक पूर्वाधारको कमी, आधारभूत सेवाको पहुँच नहुुनु तथा युवा जनशक्तिको अभावलगायत कारणले खदी गाउँका स्थानीय कृषि पेसाबाट पलायन हुन थालेका स्थानीय बुद्धिजीवी रणबहादुर परियारले बताए । “पहिले गाउँलेहरु वर्षभरि खाना पुग्ने अन्न उत्पादन गर्न गाउँगाउँ गएर परम्परागत कृषिमा आबद्ध हुन्थये । अहिले पारिवारिक सदस्य कम हुँदा विस्तारै परम्परागत कृषि पेसा छोड्दै गएका छन् ।”

रणबहादुरले घरमा काम गर्ने सक्ने सदस्यको कमी रहेको बताउँदै भएको बारी बेच्ने योजना बनाएको बताए । “छोराछोरी साना छन् । घरबारी बिक्री गर्न चाहे पनि खरिद गर्ने कोही छैनन् । सबैले गाउँ छाडेपछि किन्ने मान्छे पनि पाइँदैन”, उनले भने । खदी गाउँका अधिकांश परिवारमा रणबहादुरको कथा छ । वडा नं ३ का करविर परियारले काल्जुराको घर छाडेको आठ वर्ष भएको बताए । “बसोबास नभएपछि पुर्खाको घर भत्केको छ”, उनले भने, “काम गर्ने जनशक्ति नभएपछि अहिले थोरै क्षेत्रफलमा खेतीपातीसँगै बाख्रापालन गरेको छु ।”

सबैले घर छाडेपछि भत्किएका घरमा बाँदरको रजाइँ छ । बाबु, बाजेले रगतपसिना बगाएर जोहो गरेको पुख्र्यौली ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अवसर सृजना गरी युवा पलायनदर रोक्नुपर्ने स्थानीय बताउँछन् । खदी गाउँ पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यहाँबाट झारमारे लेक, जलजला, सिस्ने हिमाल र चित्रिपाटनको दृश्यावलोकन गर्न सकिन्छ । गाउँलाई व्यवस्थित गरी अवसर सृजना गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रयाएर आर्थिकस्तर सुधार गर्न सकिने स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP