Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोप–२९ मा नेपालको एजेण्डा राख्दै राष्ट्रपति पौडेल
कोप–२९ मा नेपालको एजेण्डा राख्दै राष्ट्रपति पौडेल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, कात्तिक २७, २०८१

 

  • हानि र नोक्सानी कोषको शीघ्र सञ्चालन
  • जलवायु वित्तमा सहज पहुँच
  • कम कार्बन उत्सर्जन गर्ने देशलाई क्षतिपूर्ति
  • हिमालको सुरक्षा
  • जलवायु वित्तमा प्रतिबद्धताअनुसारको रकम


काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९)मा आज सम्बोधन गर्दै छन् । अजरबैजानको राजधानी बाकुमा सुरु भएको उच्चस्तरीय सत्र भनिएको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई पौडेलले सम्बोधन गर्न लागेका हुन् । 

सम्बोधनको क्रममा राष्ट्रपति पौडेलले जलवायु परितर्वनको कारण नेपालसहित विश्वभर परेको असर, त्यसको क्षतिपूर्ति र जलवायु परिवर्तनबाट पर्ने असरबाट जोखिने सम्बन्धमा धारणा राख्ने भएका छन् । विश्वलाई हिमालयको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने विषयमा राष्ट्रपति पौडेलले सन्देश दिने र हिमालयको सुरक्षा नेपालको मात्र नभई संसारकै सुरक्षा हो भन्ने विषयमा राष्ट्रपतिले जोड दिने उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

उनका अनुसार राष्ट्रपति पौडेलले हानि र नोक्सानी कोषको शीघ्र सञ्चालन गर्नुपर्नेसम्बन्धी पनि विचार राख्ने छन् । यसबाहेक नेपालजस्ता मुलुकहरूलाई जलवायु वित्तमा सहज पहुँच नभएको कारणले विनाझन्झट आवश्यक र पाउनुपर्ने जलवायु वित्त उपलब्ध गराउन पनि राष्ट्रपति पौडेलले माग गर्ने छन् ।नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकलाई बढी कार्बन उत्सर्जन गर्नेले क्षतिपूर्ति दिनुपर्ने विषयले पनि सम्मेलनमा प्राथमिकता पाउने भएको छ । हिमालको सुरक्षा, जलवायु वित्तमा प्रतिबद्धताअनुसारको रकम उपलब्ध गराउनुपर्ने, नेपालजस्ता मुलुक बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूबाट प्रभावित भएको र पर्यावरणलाई बचाइराख्न परम्परागत पोखरी र कुवालाई पुनर्जीवित गर्नुपर्ने एजेण्डा पनि नेपालको छ । 

Hardik health

सम्मेलनस्थलमा नै नेपालले बुधबार ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक छुट्टै उच्चस्तरीय बैठकको आयोजना गर्ने भएको छ । बैठकको अध्यक्षता राष्ट्रपति पौडेलले गर्ने छन् । बैठकमा संयुक्त राष्ट्रसंघका प्रतिनिधि, पर्वतीय मुलुकका प्रमुख तथा प्रतिनिधि, विकास तथा साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतितिधिको सहभागिता रहने छ । उनीहरूलाई नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुरलगायत स्थानमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरो तथा यसबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।

बैठक आयोजनाका लागि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, मन्त्रालयका सदस्यहरू तथा परराष्ट्रसचिव सेवा लम्सालसँगै राष्ट्रपति पौडेलका सचिवालय सदस्यहरू पनि त्यहीँ छन् । गत वर्ष संयुक्त अरब इमिरेट्स (दुबई)मा सम्पन्न कोप–२८ मा पनि नेपालले हिमालका मुद्दाबारे विश्वको ध्यानाकर्षण गराएको थियो । त्यसका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सम्मेलनकक्षमै उच्चस्तरीय बैठकको आयोजना गरिएको थियो । 

यसरी पछिल्ला वर्षहरूमा विश्व मञ्चमा जलवायु परिवर्तनलाई नेपालले मुल मुद्दा बनाउने गरेको छ । राष्ट्रपति पौडेल स्वयं यसबारे बढी चिन्तित छन् र उनले जलवायु परिवर्तनले नेपालजस्तो देशहरूलाई पारेको प्रभावबारे आवाज उठाउँदै आएका छन् । क्षतिपूर्तिको विषयलाई पनि बारम्बार उठाउने गरेका छन् ।उनले आइतबार कोप–२९ मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जाने क्रममा जहाजमै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुँदा पनि जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुराकानी गरेका थिए । 

‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ,’ पौडेल र गुटेर्रेसबीच भएको कुराकानी उद्धृत गर्दै पौडेलका प्रेस सल्लाहकार पोखरेलले बताए ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोजको दोस्रो साता संयुक्त राष्ट्रसंघको ७९औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपालमा पारेको असर यसको क्षतिपूर्तिको बारेमा जोड दिएका थिए ।

जलवायु परिवर्तन पृथ्वी, मानिस र सम्बृद्धिको लागि सबैभन्दा ठूलो खतराका रूपमा देखापरेको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए । यसले गर्दा कोपमा नेपालको प्राथमिकता भनेको जलवायु परिवर्तनले परेको प्रभाव र त्यसले पु¥याएको क्षतिपूर्ति नै हो । जुन राष्ट्रपति पौडेलले आजको सम्मेलनमा राख्दै छन् । कोप–२९ सम्मेलन मुलतः जलवायु वित्तमा हुने भएको छ । सम्मेलनमार्फत जलवायु वित्तको मार्गदर्शन, हानि नोक्सानी कोषको प्रभावकारिता, पेरिस सम्झौताको आर्टिकल–६ अनुसार कार्बन व्यापारसम्बन्धीको विस्तृत मार्गदर्शन, धनी मुलुकहरूले कम विकसित मुलुकहरूलाई दिने रकमको सुनिश्चिता, समावेशिता, जलवायु अनुकूलनका लागि नयाँ साझा परिमाणित जलवायु वित्त लक्ष्य अर्थात् न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)लाई मूर्त रूप दिइनुपर्नेलगायत एजेन्डा छन् । 

सम्मेलन भने आइतबारदेखि नै सुरु भएको छ । बढ्दो जलवायु संकट सम्बोधन गर्ने सम्मेलनको उद्देश्य छ । आगामी ७ मंसिरसम्म चल्ने सम्मेलनका क्रममा विश्वका झण्डै २०० देशका नेताहरूले जलवायु संकट सम्बोधन गर्नेबारे छलफल गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघले पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण उत्पन्न प्रतिकूल मौसमी घटनालाई विश्वव्यापी समाधानका लागि सहभागी देशलाई एकताबद्ध बनाउने अपेक्षा गरेको छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने बुधबार, मंसिर १७, २०८२
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए मंगलबार, मंसिर १६, २०८२
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र 
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र  मंगलबार, मंसिर १६, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १५, २०८२
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल सोमबार, मंसिर १५, २०८२
जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो 
जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो  सोमबार, मंसिर १५, २०८२
शुल्क वृद्धि फिर्ताको मागसहित संघले मन्त्रालयलाई पठायो पत्र
शुल्क वृद्धि फिर्ताको मागसहित संघले मन्त्रालयलाई पठायो पत्र आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP