Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  •  किन घट्दैछ राउटेको सङ्ख्या ?
 किन घट्दैछ राउटेको सङ्ख्या ?
टेकराज केसी / रासस
टेकराज केसी / रासस सोमबार, कात्तिक २६, २०८१

भेरीगङ्गा - आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित हुनुहुन्छ । “हाम्रा बाजेहरुको पालामा हामी छ÷सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भन्नुभयो, “हामी मान्छे त गन्दैनौँ, तर हाम्रो सङ्ख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।” 

पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना खाने गरिएको भन्दै अर्का सहायक मुखिया वीरबहादुर शाहीले अहिले खानपानको शैली पनि फेरिएको कारण प्रजनन क्षमतामा हस आउँदा पनि क्रमशः जनसङ्ख्या कम हुँदै गएको हुनसक्ने उहाँको भनाइ छ । जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् । 

यो समुदायमा असोज २ गते २२ वर्षिय राउटे वृषबहादुर शाहीको मृत्यु भयो । वृषबहादुर शाहीको मृत्युसँगै राउटे समुदायको जनसङ्ख्या अहिले एक सय ३५ जनामा सिमित छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको सङ्ख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसङ्ख्या १५ माघ २०८१ सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ । 

 २०७५ सालमा एक सय ४९ रहेको राउटेको सङ्ख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ सालमा तीनजनाको मृत्युपछि एक सय ४५ मा झरेको यो समुदायको सङ्ख्या २०७८ मा आउँदा एक सय ४४ मा झ¥यो । २०७९ देखि २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसङ्ख्या छ जनाले घटेर एक सय ३७ जनामा आयो । यो बर्ष मात्रै दुईजनाको मृत्युसँगै अहिले यो समुदायको सङ्ख्या एक सय ३५ मा सीमित हुन पुगेको छ । 

Hardik health

    किन घटिरहेको छ जनसङ्ख्या ?

राउटे समुदायको जनसङ्ख्या लगातार घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार यो समुदायको जनसङ्ख्या घट्नुको पछाडि सामाजिक मूल्यमान्यता प्रमुख कारण छ । राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भने, “राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवती विवाह नगरेर बसेको अवस्था छ । अर्को परम्परा भनेको श्रीमान्को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ” थापाले थपे, “अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उहाँहरुले अर्को विवाह गर्ने पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी सङ्ख्या बढ्छ ?”

थापाले राउटे समुदायमा युवाहरुको सङ्ख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । थापा भन्नुहुन्छ, ‘‘राउटे समुदायको जनसङ्ख्या घट्नुको अर्को कारण अत्याधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।’’ आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उनको सुझाव छ । आयोगले सिधै रकमको साटो आवास, खाद्यान्न र पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाले उनीहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ । 

 थापाको भनाइप्रति वरिष्ट पत्रकार केशव ढकाल पनि सहमत हुन् । उनले पनि भत्ताको नाममा सिधै रकम दिँदा उनीहरु अत्याधिक मदिरा सेवनमा लागेको बताए । “भत्ताको सट्टा खाद्यान्न, लत्ताकपडालगायत उनीहरुलाई आवश्यक पर्ने वस्तु सरकारले दिनुपर्छ । रकम दिँदा उनीहरुले खर्च गर्ने अन्य कुनै ठाउँ नभएको हुँदा मदिरामा खर्च गर्छन्, त्यसो हुँदा उनीहरुको मृत्युको दर बढिरहेको छ । त्यसका साथै विभिन्न सहयोगको नाममा उनीहरुको अस्तित्व नै मेटाइँदैछ, उनले भने ।” 


    प्रजनन क्षमता कमजोर बन्दै 
यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ । जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा जम्मा दुई शिशुको जन्म भयो । राउटे समुदायको पराम्पराका कारण पनि जन्मदर कम हुने गरेको भए पनि पछिल्लो समय उनीहरुको खानपान र रहनसहनका कारण समेत प्रजनन क्षमता कमजोर हुन थालेको चिकित्सकहरु बताउँछन् ।

राउटेको जीवनशैली फेरिँदै गएको छ । खानपानका कारण प्रजनन क्षमता कमजोर हुन थालेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका तत्कालीन निर्देशक डा डम्बर खडका बताउनुहुन्छ । “पछिल्लो समय उनीहरुले अत्याधिक मदिराको प्रयोग गर्न थाले, त्यसो हुँदा उनीहरुको खानपान र जीवनशैली असन्तुलन हुँदै गएको छ, यसले स्वभाविक रुपमा प्रजनन क्षमतामा गिरावट ल्याउँछ ।” विगतमा स्वस्थ जीवनशैलीमा बाँचिरहेका राउटे समुदायहरु अहिले गुणस्तरहीन खानाको प्रयोग गर्ने तथा मदिराको सेवन बढ्दै जाँदा उनीहरुमा कलेजोसम्बन्धी समस्या बढ्दै गएको खड्का बताउनुहन्छ । 

आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यानपुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसङ्ख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ । आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्नुहुन्छ, “उनीहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने ग¥यो, उनीहरुको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनीहरुले आफ्नो खानपानभन्दा पनि मदिरासेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनीहरुको मृत्यु धेरै भएको देखिन्छ ।” 

उनीहरुको स्वास्थ्य अवस्था पनि बिगँ्रदै गएको भन्दै तीनै तहका सरकारहरुले मुख्यगरी उनीहरुको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ । “उनीहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीलगायतका कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ”, कार्कीले भने। 

राउटे समुदायका युवतीहरुको सोझोपनको फाइदा उठाउँदै उनीहरुमाथि पछिल्लो समय यौनजन्य अपराध हुनसक्ने जोखिम समेत बढेको बताइएको छ । केही वर्षअघि दुई राउटे युवतीमाथि यौन दुव्र्यवहार गरेको भन्दै सुर्खेत गुर्भाकोटका दुई युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो । विभिन्न बहानामा राउटे बस्तीमा बाह्य व्यक्तिहरुको प्रवेशले यौनजन्य क्रियाकलापसँगै अन्य असुरक्षा बढाएको यो समुदायको अध्यन गरिरहेकाहरु बताउँछन् । विशेषगरी रुपैयाँ पैसाको प्रलोभन देखाउने, विभिन्न सहयोग गर्ने बहानामा राउटे समुदायको बस्तीमा प्रवेश गर्ने क्रम बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने सुझाव उनीहरुको छ । 

 राउटेको संरक्षणका लागि के छ सरकारी योजना ? 

दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा पहिलोपटक राउटे समुदायलाई परिचयपत्र वितरण गरेको थियो । राउटेले पाउने सामाजिक सुरक्षा भत्ता यही गाउँपालिकाले वितरण गर्दै आएको छ । सहयोगको नाममा राउटे समुदायलाई दिइने सहयोगलाई एकद्वार प्रणालीबाट दिने गरी पालिकाले कार्यविधि समेत निर्माण गरेको छ ।

राउटे समुदायको संरक्षणको लागि गाउँपालिकाले मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं ८ नम्बरका वडाध्यक्ष दीपेन्द्र ओलीले बताए । “हामीले राउटे समेदायलाई आफ्नो पालिकाका नागरिकको रुपमा परिचयपत्र दिएका छौँ, सामाजिक सुरक्षा भत्ता पनि पालिकाले नै उपलब्ध गराउँदै आएको छ । आफ्ना नागरिकको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रै भएकाले पनि त्यहीअनुसार काम गरिरहेका छौँ ।” सोसेक नेपालसँगको साझेदारीमा राउटे वस्तीमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी खटाइएको ओलीले बताए । आयोगले दिएको प्रतिवेदनको आधारमा योजना बनाउने गरी कार्यपालिकामा छलफल भइरहेको उनको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा
दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा शुक्रबार, असोज ३, २०८२
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस
आज संविधान दिवस शुक्रबार, असोज ३, २०८२
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक  शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP