Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना भाइरसको संक्रमण – चीनले जित्दै, अन्यतिर फैलिँदै
कोरोना भाइरसको संक्रमण – चीनले जित्दै, अन्यतिर फैलिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २८, २०७६
Hardik health
वुहान (चीन)– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण चीनमा घट्दै गएको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट चीन मुक्त हुँदै गए पनि यो भाइरस संसारभर फैलिने क्रममा छ । यो संक्रमण मंगलबारसम्ममा विश्वका १ सय १२ देशमा फैलिसकेको छ भने चीनमा भने नियन्त्रणनजिक पुगेको छ । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । केही हप्ता अघिसम्म एकैदिन हजारौँंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झरेको छ । केही दिनयता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अन्य सहर र प्रान्तमा नयाँ संक्रमित एकदम न्यून रहेका छन् । करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दै गएको हो । चीन आकस्मिक र कठिन युद्ध बनेको कोभिड–१९ माथि विजय निकट पुगेको छ । गत २३ जनवरीमा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई लकडाउन गरिएको थियो । चीनका धेरै सहर र प्रान्तले समेत आकस्मिक स्वास्थ्य संकट घोषणा गर्दै पहिलोस्तरको चेतावनी जारी गरेको थियो । तर, पछिल्लो समय संक्रमित घटेदै गएपछि अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट बन्द गरिएको छ । यसैबीच कोरोना भाइरसको संक्रमणका कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मंगलबार जनाएको छ । यस भाइरसबाट १ लाख १४ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको छ, यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएको जनाइएको छ । यस भाइरस संक्रमणका कारण विश्वभरी चार हजार २७ व्यक्तिको मृत्यु भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ । यस्तै, बंगलादेश, अल्बानिया र पाराग्वेमा तीन ओटा नयाँ देशमा कोभिड–१९ का संक्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । यस भाइरसको संक्रमण सुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ । एक दिनमा मारिएका १७ मध्ये १६ जना हुृबेईको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ । गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस संक्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । गत २४ घण्टामा विश्वभरी तीन हजार ९९३ मा यस भाइरसको थप सङ्क्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो । इटालीमा यस भाइरसको संक्रमणपछि मृत्यु हुने व्यक्तिको संख्या ४६३ पुगेको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५१३ जना संक्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ । यसैबीच इरानमा ७ हजार १६१ जना संक्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ । विश्वका विभिन्न तथ्यांकबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचार गराएर घर फर्किनेको संख्या ९४ प्रतिशत रहेको छ । घातक कोरोना भाइरसबाट संक्रमितको संख्या भारतमा ४७ पुगेको छ । मंगलबारसम्म ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ । उनीहरूमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको जनाइएको छ । यस्तै, जर्मनीमा संक्रमितको संख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार ११२ जना संक्रमित भएको जनाएको छ । यस्तै, माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् भने बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जापानमा भने मृत्यु हुनेहरूको संख्या सोमबारसम्म १६ पुगेको छ । संक्रमितको संख्या ५०५ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  ०५:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP