Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह उपनिर्वाचन धमाधम उम्मेदवार छान्दै दलहरू
स्थानीय तह उपनिर्वाचन धमाधम उम्मेदवार छान्दै दलहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २१, २०८१
  •  उपनिर्वाचन हुन लागेको एकमात्र नगरपालिका कीर्तिपुरमा दलहरुको प्रतिष्ठाको लडाइँ बन्ने देखिन्छ
  •  नेपाली कांग्रेसले जितेको यो नगरपालिकामा एमालेले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउँदा माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई अघि सारेको छ
  •  नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै तहमा उम्मेदवार चयन गर्न सकेको छैन


काठमाडौं– स्थानीय तहको आसन्न उपनिर्वाचनका लागि दलहरु धमाधम उम्मेदवार चयनमा लागेका छन् । विभिन्न कारण रिक्त भएका विभिन्न ४४ पदमा जनप्रतिनिधि चुन्न मंसिर १६ गते निर्वाचन हुँदै छ । जसमा काठमाडौंमा रहेको कीर्तिपुर नगरपालिकाले धेरैको ध्यान तानेको छ ।

एक त उपनिर्वाचन हुन लागेको एकमात्र नगरपालिका, अर्को संघीय राजधानीको जिल्लामा पर्ने स्थानीय तह भएकोले प्रमुख दलहरुले कीर्तिपुरलाई विशेष प्राथमिकताका साथ उम्मेदवार चयन थालेका छन् । सत्तानेतृत्व दल नेकपा एमालेले यहाँ केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरलाई उमेदवार बनाउने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । महर्जन २०७९ को स्थानीय तह चुनावमा कांग्रेसका राजकुमार नकर्मीसँग पराजित भएका थिए । कांग्रेसले भने यहाँ उम्मेदवार चयन गर्न सकेको छैन ।

नगरप्रमुखको उमेदवार बनाउन कांग्रेस नगर समितिले ११ जनाको नाम सिफारिस गरी क्षेत्रीय कमिटीमा पठाएको छ । सिफारिसमा नगरसभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा छ । त्यसपछि बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, किरण केसी, मीनप्रकाश महर्जन र सचिन्द्र महर्जनको नाम राखिएको छ । चौंथो नम्बर सिफारिस भएकी जमुना नकर्मी यसअघिका नगरप्रमुख नकर्मीकी श्रीमती हुन् । क्षेत्रीय कमिटीले डंगोलसहित तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इञ्जिनियर ध्रुव महर्जनलाई उमेदवार बनाउने घोषणा गरिसकेको छ । पहिलोपटक स्थानीय निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार चयन गर्न सकेको छैन । प्रतिनिधिसभाबाट उदाएको रास्वपा पनि यसपटक स्थानीय तहको निर्वाचनमा भिड्ने भएको छ । २०७९ असार ७ गते स्थापना भएको रास्वपा यसपटक स्थानीय तहको निर्वाचनमा भिड्न लागेको हो ।

Hardik health

स्थापना भएको छ महिनापछि भएको संघीय निर्वाचनमा रास्वपाले प्रत्यक्षमा सात र समानुपातिकतर्फ १३ गरेर कूल २० सिट जितेको थियो । त्यसपश्चात् २०८० वैशाखमा तनहुँमा भएको उपनिर्वाचनबाट एक सिट बढाउँदै रास्वपा २१ सिटको दल भएको हो । तर, २०८१ वैशाखमा भएको इलाम उपनिर्वाचनमा भने रास्वपा पराजित हुन पुगेको थियो ।मंसिर १६ गते कीर्तिपुरसहित एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र वडाध्यक्ष पदमा चुनाव हुने तय भएको छ ।

कीर्तिपुरमा कसले कति मत पाएका थिए ?
२०७९ को स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा निर्वाचित राजकुमार नकर्मीले नौ हजार ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशवरत्न बज्राचार्यले पाँच हजार ५०७ मत ल्याएका थिए । माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ९०, एकीकृत समाजवादीका बटुकृष्ण थापाले एक हजार १५३ मत ल्याएका थिए ।

राप्रपाका जितबहादुर विष्टले ५७२, नेमकिपाका श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उमेदवार मनोज बुढाथोकीले ३६५, नेपाली कांग्रेस (बिपी)का प्रविद् खनालले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै, आमूल परिवर्तन मसिहा पार्टीका उमेदवार श्यामकाजी महर्जनले २१, स्वतन्त्र भीमकुमार महर्जनले १३ मत ल्याएका थिए ।

ग्रामथानमा माओवादीबाट नमोनारायण
माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । माझी केही समय अगाडि नेपाली कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा स्वतन्त्ररूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए । यहाँ कांग्रेस, एमालेलगायत दलले भने उम्मेदवारबारे निर्णय गरिसकेका छैनन् ।

एमालेले टुंग्यायो दुई उपाध्यक्षको उम्मेदवार
नेकपा एमालेले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेले उमा शेर्पालाई उम्मेदवार बनाउने भएको छ । त्यहाँ गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट श्याम तामाङले जितेका थिए । तामाङको हृदयाघातका कारण निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो ।
 
एक्लाएक्लै भिड्दै दलहरु

कांग्रेसले नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि माओवादी केन्द्र उपनिर्वाचनमा एक्लै लड्ने तयारीमा देखिन्छ । एमाले र कांग्रेसबीच पनि कीर्तिपुरमा कुनै तालमेल नहुने कांग्रेस नगरसभापति डंगोलले बताए । ‘यहाँ कुनै तालमेल वा गठबन्धन हुँदैन,’ उनले भने । ४४ मध्ये २३ सिट नेपाली कांग्रेसले जित हासिल गरेको ठाउँ भएकोले तालमेल नगर्ने संकेत कांग्रेस केन्द्रले गरेको छ । सत्ताको नेतृत्व गरिरहेको एमालेले भने यसबारे कुनै निर्णय गरेको छैन ।

शुक्रबार उम्मेदवार मनोनयन
आयोगले उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । साथै सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । सोही दिनको दिउँसो ३ बजे उपरान्त मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

२०८१ मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ । आयोगले सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने र मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ः०० बजे पछि मौन अवधि सुरु हुने आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आयोगले ४१ पदका लागि उपनिर्वाचन गर्न लागेको हो ।


प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ११:२६
#उपनिर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस
रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस बुधबार, मंसिर २४, २०८२
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको संघर्ष होः संयोजक दाहाल
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको संघर्ष होः संयोजक दाहाल मंगलबार, मंसिर २३, २०८२
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा मंगलबार, मंसिर २३, २०८२
भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई
भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई मंगलबार, मंसिर २३, २०८२
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे मंगलबार, मंसिर २३, २०८२
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला सोमबार, मंसिर २२, २०८२
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP