Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तीन महिनामा ३५३ श्रमिकका परिवारले पाए आर्थिक सहायता
तीन महिनामा ३५३ श्रमिकका परिवारले पाए आर्थिक सहायता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १४, २०८१

काठमाडौं– वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३५३ जनाको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मृत्यु भएका उनीहरुको परिवारका सदस्यलाई १३ करोड ४३ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले आर्थिक सहायता वितरणको आधारमा वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने नेपालीको संख्या यकीन गर्दै आएको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मासिकरुपमा सरदर ११६ जना नेपालीको विदेशमा मृत्यु हुने गरेको देखिन्छ । यो सहायता रकम वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका नेपालीले मात्रै पाउँदै आएका छन् । बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा उनीहरुको परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । यद्यपि, सरकारले यही कात्तिक ८ गतेबाट आर्थिक सहायता रकम बढाएर १० लाख रुपैयाँ उपलब्ध गराउनेगरी राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । अब उप्रान्त वैदेशिक रोजगारमा गएर मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ पाउने बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।   
बोर्डले आर्थिक सहायता दिएको संख्याको आधारमा तथ्यांक राख्ने भए पनि विदेशमा मृत्यु हुने नेपाली श्रमिकको संख्या अझै बढी हुनसक्ने ढकालले बताए । ‘श्रम स्वीकृति लिएर जाने नेपालीहरुको मृत्यु भएमा उनीहरुका परिवारले तोकिएको सहायता रकम पाएको आधारमा रेकर्ड रहन्छ,’ उनले भने, ‘अवैध तरिकाबाट रोजगारीका लागि विदेश गएका वा भिसा अवधि सकेर गैरकानुनीरुपमा बसिरहेका नेपालीको मृत्यु भएमा तिनीहरुको न रेकर्ड हुन्छ न सहायता रकम नै पाउँछन्, अप्ठ्यारो अवस्था छ ।’

विदेशमा धेरैजसो प्राकृतिक रुपमा, औद्योगिक दुर्घटना, आत्महत्या, कार्डियाक एरेस्ट, सडक दुर्घटना आदिका कारण नेपालीहरुको मृत्यु हुने गरेको बोर्डले जनाएकोे छ । यद्यपि, अहिलेसम्म वैदेशिक रोजगारीको क्रममा जाँदा मेडिकल परीक्षणबाट स्वस्थ्य देखिएका नेपालीहरुको के–कति कारणले मृत्यु हुने गरेको छ भन्ने सम्बन्धमा सरकारले कुनै अध्ययन गरेको छैन ।

Hardik health

यसैगरी वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले अंगभंग र गम्भीर बिरामी भएका १३६ जना श्रमिकले चार करोड ८० लाख रुपैयाँ आर्थिक सहायता पाएको बोर्डको तथ्यांकले देखाएको छ । कार्यस्थलमा हुने दुर्घटना, सडक तथा सवारी दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरुको अंगभंग हुने गरेको बताइन्छ । तर, अंगभंग हुने कामदारलाई उनीहरुको शारीरिक अवस्थाको आधारमा आर्थिक सहायता दिने गरिएको सूचना अधिकारी ढकालले बताए ।

त्यस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकका घरपरिवारका ८८ जना सदस्यलाई गम्भीर बिरामी हुँदा तोकिएबमोजिम ४१ लाख ८० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराइएको छ ।बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गई मृत्यु भएका २२१ जना श्रमिकको शव घर ठेगानासम्म पुर्‍याइएको छ भने विदेशमा मृत्यु भएका १०४ जना श्रमिकको शव स्वदेश झिकाउन सहजीकरण गरिएको छ । त्यस्तै विदेशमा अलपत्र परेका ४५ जना श्रमिकको उद्धार तथा खोजतलास कार्यका लागि सम्बन्धित नेपाली नियोगलाई पत्राचार एवं सहजीकरण गरेको बोर्डले जनाएको छ । तीन महिनाको अवधिमा वैदेशिक रोजगारमा जानुपूर्व महिलाहरुलाई दिइने अभिमुखीकरण तालिमको शुल्कसमेत सोधभर्ना गरिएको छ । जसमा २६३ महिलालाई एक लाख ८४ हजार रुपैयाँ दिइएको छ । 

यसअवधिमा २१ हजार जनाका लागि सीप विकास तालिम सञ्चालन गर्न आशयपत्र माग भएको छ भने वैदेशिक रोजगारीमा रहेका एक हजार १०५ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएको बोर्डले जनाएको छ । श्रमाधान कल सेन्टरमा प्राप्त भएका २२ हजार ९९५ गुनासोमध्ये आठ हजार ४७३ वटा समाधान भएको पनि बोर्डले जनाएको छ । कल सेन्टरमा आएका गुनासामध्ये सबैभन्दा बढी श्रम स्वीकृतिसँग सम्बन्धित रहेको सूचना अधिकारी ढकालले जानकारी दिए । उनका अनुसार भिजिट भिसामा गएर समस्यामा परेकाहरुले पनि समस्या राख्ने गरेका छन् भने अलपत्र पर्ने, रोजगारदाताले पारिश्रमिक नदिएको विषयमा पनि गुनासो आउने गरेको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन शुक्रबार, माघ १६, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न बिहीबार, माघ १५, २०८२
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला बिहीबार, माघ १५, २०८२
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बुधबार, माघ १४, २०८२
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित बुधबार, माघ १४, २०८२
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा मंगलबार, माघ १३, २०८२
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP