Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  •  ‘दुखियाको हाँसोमा ईश्वरको बास’
 ‘दुखियाको हाँसोमा ईश्वरको बास’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ८, २०८१

जलेश्वर - वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का रामजी डोम अहिले आफ्नै घर अगाडि मुसुमुसु हाँस्दै हातमा बाँस र बेंतका भाँडाकुंँडा बनाउँदै गरेको भेटिन्छन् । उनीसहित उनका छोरा, नाति र घरका अन्य महिला पनि प्रसन्न मुद्रामा आपसमा विभिन्न कुराकानी गर्दै हातहातमा बाँस र बेंतको भाँडाकुँडा बनाइरहेको दृश्य हेर्दा जो कोहीलाई पनि खुसी हुन्छ । सायद यसैले भनिन्छ, ‘दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ ।’ हो यस कुरालाई छठपर्वको बेला बाँस र बेंतबाट डालो, नाङ्लो र टपरी बनाउन जुटेका महोत्तरीका डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईबासीको प्रमुख पर्वको रुपमा रहेको छठको तीन साता मात्रै बाँकी रहेको बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएकाले साँच्चिकै ईश्वरको बास दुखियाको हाँसोमा रहेको देखिन्छ । 

गरिबी र विपन्नतामा पिल्सिएका वर्षैभरि गाउँगाउँमा सुङ्गुर डोर्‍याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ । गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमहरुले छठपर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका– ५७ वर्षीय हरिदेव डोमले बताए ।

गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६२ वर्षीया मरनी डोमिनले बताए । डालो बुन्दै गरेकी जिल्लाको गौशाला नगरपालिकाकी ७० वर्षीया घुरनी डोमिनले गहभरि आँशु लिएर भने, “कात्तिक लाग्नेबितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा राम्रै आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौँ ।” तर वर्षभरि काम नपाउने हुँदा फेरि केही दिनपछि उनीहरुको दुःख सुरु हुन्छ ।’’

छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्दछ । सम्सी गाउँपालिकाका ६५ वर्षीय बेचना डोमले आफूहरु सोही कारण दिनरात व्रतालुहरुको निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाए । 

Hardik health

त्यस्तै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका इन्दल डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर कात्तिकमा वर्षभरिकै सबै ऋण चुक्ता गरेर केही रकम बचाउने गरेको बताउनुभयो । जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमका अनुसार घरका बालकदेखि बुढासम्मले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति ५०/६० देखि ७०/८० हजार र प्रत्येक परिवारले दुई/तीन लाखको हाराहारीमा आम्दानी गर्ने गर्दछन् । यतिबेला जिल्लाको प्रत्येक पालिकाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । दिनदिनै छठपर्व मनाउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई भ्याइनभ्याइ भएको छ । 

पछिल्लो केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौंँसहित पोखरा, हेटौँडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने गरेको छ । छठपर्वको बेला महोत्तरीको विभिन्न १५ वटै पालिकामा उत्पादन गरिएको बाँस र बेंतका भाँडाकुँडा छठको बेला नेपालको राजधानी काठमाडौँसहित पोखरा, हेटाैँडा, चितवन, बुटबल, धरान जस्ता पहाडी क्षेत्रका साथै भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनासम्म पुग्ने गर्दछ ।

मिथिलाको प्रमुख पर्वको रुपमा रहेको छठपर्वका लागि प्रत्येक परिवारले अहिलेदेखि डोमको आँगन र पिँढीमा बाँस र बेतबाट बनेको भाँडाकँुडा खरिद गर्नका लागि पुग्न थालेको बताउँदै औरही नगरपालिकाका सुरेश डोमले आफू परिवारसहित राति अबेरसम्म काम गरेर बाँसका र बेंतका भाँडाकुँडा बनाउने गरेको बताए। छठ व्रत सुरु हुनुदेखि अन्त्य हुनुसम्म छठव्रत मनाउने प्रत्येक परिवारले पूजा सामग्री तथा पूजाप्रसाद प्रयोग गर्न डोमले बनाएकै बाँसका भाँडाकुँडा प्रयोग गर्नुपर्ने हुन्छ ।

यस पर्वमा सूर्य देवतालाई चढाइने प्रत्येक वस्तु (प्रसाद) बाँस र बेतकै भाँडाकुँडामा राख्नुपर्ने प्रचलन रहेको र ती सामग्री डोम समुदायका व्यक्तिले नै बनाउने हुँदा उनीहरुको जीवनस्तरमा सुधार ल्याउने माध्यम बनेको पिपरा गाउँपालिकाका सुरेश डोम बताउनुहुन्छ । डोम समुदायले छठ पर्वको भाँडाकुँडा बनाएर व्रतालुलाई एकातिर सहयोग पुर्‍याएका छन् भने अर्कोतिर आर्थिक उपार्जन पनि भइरहेको छ ।

यसैबीच डोम समुदायका युवाहरुले आफूले छठपर्वको बेला बाँस र बेंतबाट उत्पादन गरेको डालो, नाङ्लो, ढकिया, कोनिया जस्ता भाँडाकँुडाको व्यापार छठपर्वको बेला मात्रै चल्ने भएकोप्रति चिन्तित हुँदै यसको वर्षभरिको बजारीकरणको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँगसमेत माग गरेका छन् । यस पर्वपछि पुनः उनीहरु आफ्नो पैतृक पेसा सुङुगुर पालनमै लाग्नुपर्ने बाध्यता रहेकाले उनीहरुले आफ्नो यस (बाँस र बेंतबाट भाँडाकुँडा बनाउने) पेसालाई वर्षभरि सञ्चालन पेसाको रुपमा विकास गरिदिएमा आफ्नो समुदायको जीवनस्तरमा सुधार आउने उनीहरुको विश्वास रहेको छ । 

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि सम्पूर्ण मिथिला क्षेत्रमा छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व पोखरी, नदी, तलाउ र अन्य जलाशयमा मनाउने गरिन्छ । धार्मिक आस्थाका साथै सामाजिक सद्भावको रुपमासमेत विकसित छठपर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP