Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • नारायणगढ–बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन
नारायणगढ–बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१

नवलपुर -  यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुईपटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो । 

सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुनपुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर–११ का कृष्ण पौडेलले गुनासो गरे  । 

भारतको नयाँ दिल्ली गएर फर्किदै गरेका पौडेल दाउन्नेको जाममा १२ घण्टासम्म रोकिएको गुनासो गरे । “दिल्लीमा काम सकाएर दाउन्ने हुँदै घर जान हिँडेको थिएँ, दाउन्नेमा सडक भासिएर बाटो अवरुद्ध भएछ”, उनले भने, “यस सडकको विकल्प नभएका कारण असोज १८ गते रातभरी  बाटोमै बस्नु पर्‍यो ।” 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ । 

Hardik health

सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इञ्जिनियर चुडाराज ढकालले भने , “बाटोमा कुनै जाम भएन भने चार घण्टामा सार्वजनिक सवारीसाधनले नारायणगढ बुटवलको दूरी पार गर्छन् ।” सडक सहज रुपमा सञ्चालन गराउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उनले बताए । 

“सडक विस्तारको काम निकै ढिला भएको महसुस गरेर हामीले भोलि निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडलाई ‘नोटिस’ दिँदैछौँ”, उनले भने, “उनीहरु रु १३ अर्ब घाटा भयो भनेर ढिलासुस्ती गर्दैछन्, काम नगरे ठेक्का तोड्ने र अन्य प्रक्रियामा जाने चेतावनीसहितको सूचना दिन  लागेका हौँ ।” यस खण्डको काममा निर्माण कम्पनीको केन्द्रीय कार्यालयले लगानी गर्ने तयारी गरेको बुझिए पनि काम ढिला हुँदा आफूहरुले सूचना दिन लागिएको इञ्जिनियर ढकालले बताए ।

दसैँ सुरु भएपछि सडक विस्तारभन्दा पनि सडक मर्मत गरेर यात्रालाई सहज बनाउन निर्देशन दिइएको उनले बताए । “यो सडक भएर लाखौँ यात्रुले यात्रा गर्नुहुन्छ, सडकको खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउन हामीले निर्देशन दिएका छौँ”, उनले भने, “मनसुनपछि पूर्वीखण्डमा पाँच किलामिटर कालोपत्र भएको छ, भने बाँकी मर्मतको काम भएको छ ।” 

एक सय १४ किलोमिटर सडकमध्ये एकतर्फी ६० किलोमिटर कालोपत्र भएको २० किलोमिटर जति पुरानै कालोपत्र रहेको र करिब ३४ किलोमिटर सडक  खाल्डाखुल्डीसहित कच्ची भएकाले कच्ची बाटोको यात्रा सहज बनाउन लगाइएको उहाँले बताए  । 

नारायणगढ बुटवल सडकखण्डमा दाउन्नेबाट पूर्वतर्फभन्दा दाउन्नेबाट पश्चिमतर्फको खण्डमा बढी जोखिम देखिएको छ । नारायणगढ बुटवल सडक योजना पश्चिम खण्डका योजना प्रमुख इञ्जिनियर शशाङ्क मिश्रले अहिले आफूहरुले सडक मर्मतलाई प्राथमिकता दिएको बताए । “जसरी हुँदै यात्रुहरुको यात्रा सहज बनाउने हाम्रो प्रयत्न छ”, उनले भने, “पहिराले सडक अवरुद्ध भएमा तत्काल खुलाउने गरी हामी तयारी अवस्थामा रहेका छौँ ।” 

पहिरो सम्भावित क्षेत्र दाउन्नेमा अपरेटरसहित एउटा एक्साभेटर, एउटा डोजर तथा एउटा रोलर तयारी अवस्थामा राखिएको मिश्रले बताए । मिश्रले भने, “अवरुद्ध भएको सडक तत्काल खुला गर्नका लागि स्थानीय प्रशासन, ट्राफिक प्रहरीसहितको सहकार्यमा काम गर्नेगरी योजना बनाएका छौँ ।” मनसुन सुरु भएपछि पश्चिम खण्डमा सडक विस्तारका काम सुरु नभएको भन्दै सडकलाई खाल्डाखुल्डी बनाउतर्फ ध्यान दिइएको योजना प्रमुख मिश्रले बताए  । 

“अहिले बुटवलबाट बर्दघाट बढीमा साढे एक घण्टामा पुग्न सकिन्छ भने त्यहाँबाट दाउन्ने आधा घण्टामा पास हुन्छ”, मिश्रले भने, “दसैँमा घर फर्किने यात्रुको यात्रालाई सहज बनाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ ।” खैरहनी र बुटवलतर्फ केही खाल्डाखुल्डी भएका भन्दै इञ्जिनियर मिश्रले मङ्गलबारसम्म ती खाल्डाखुल्डी पुरेर यात्रालाई सहज पारिने जानकारी दिए।


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP