Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
विचार
  • Home
  • विचार
  • दशैँ  उदात्त संस्कृतिको विराट आयाम
दशैँ  उदात्त संस्कृतिको विराट आयाम
डा शोभाकर पराजुली
डा शोभाकर पराजुली सोमबार, असोज २१, २०८१

बसन्त–शरदावेव सर्वनास करावुभौ ।
तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।।

वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दशैँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दशैँको भावमा सुगन्धित हुन थालेको छ । देशको सबैभन्दा ठूलो यो पर्वले फेरि एकपटक सम्पूर्ण नेपालीलाई एउटा आत्मियताको मालामा गाँसेको आभाष छाएको छ ।  

वसन्त अनि वर्षा ऋतु र शारदीय मौसमको आरम्भसँगै एउटा भव्य सांस्कृतिक सुगन्ध छाउँछ दशैँको । यो श्लोकमा दशैँको सांस्कृतिक, प्राकृतिक अनि मानवीय संस्कारको एउटा आदिम साइनो गाँसिएको छ । यसको अर्थ हुन्छ, वसन्त अनि वर्षायामसँगै शारदीय मौसम सुरु भएसँगै चण्डीपाठ गर्दा त्यो बीचमा भएका अनि आउँदा सङ्कट पनि सबै नाश भएर जान्छन् भन्ने मान्यता हो । 

दशैँको सांस्कृतिक पक्ष अर्थात यो पर्वमा हुने पूजाआजा त्यही मान्यताका आधारशीला हुन् । हिन्दूकुश हिमालय पर्वतको काखमा अवस्थित नेपाल राज्य स्थापनाका आफ्नै वैदिक अनि परम्परागत मान्यता छन् । उसै पनि अध्यात्मिक पवित्र भूमिका रुपमा चिनिने नेपाल राज्यमा सनातनदेखि नै दशैँको परम्परा सुरु भएको देखिन्छ । नेपालको इतिहासमा लिच्छविकालको सुरुआतदेखि नै यस्ता वैदिक सनातन संस्कार प्रचलनमा आएको देखिन्छ । यहाँको आदिमानव सभ्यतामा वैष्णव, शैव, शात्तललगायत धर्ममा गरिने देवीको पूजाआजाको धार्मिक परम्परा नै दशैँका रुपमा स्थापित हुँदै गएको पाइन्छ । 

Hardik health

यद्यपि, यसका अनेक किंवन्दती छन् । यसका वैदिक अनि धार्मिक मान्यता छन् र यसका आ–आफ्नै मौलिकता छन् । धर्म अनि परम्पराबाट अलि परबाट हामीले यसलाई महसुस ग¥र्यौं भने दसैँ एउटा सामाजिक उत्सव पनि हो । जहाँ नेपाली समाजको विविधताबीच एकता पनि झल्किन्छ । अनेक विविधताले भरिएको नेपालमा हरेक पर्व मनाउने सबैका आ–आफ्नै तरिका छन् । संस्कार अनि परम्परा छन् । तथापि हरेक पर्व अनि उत्सवहरूले दिने सन्देशमा भने तात्विक अन्तर देखिन्छ । 

अर्थात हरेक पर्वले सामाजिक र सांस्कृतिकसँगै एउटा मानवीय सन्देश पनि दिइरहेका हुन्छन् । जो अन्ततः मानव जाति र प्रकृतिको चक्रसँग गाँसिएको हुन्छ । दशैँ पनि त्यस्तै हो । दशैँ मान्ने तरिका फरक छन्, कसैले टीका लगाउँछन्, कसैले रातो लगाउँछन् त कसैले सेता, कसैले कालो । कसैले मासु खान्छन् कसैले खाँदैनन् । कसैले कस्तो वेष धारण गर्छन्, कसैले कस्तो । जसले जे नाम वा जसरी मनाए पनि दशैँको महिमा अनि महत्व पनि एउटै हो । यो मानवजाति र प्रकृतिको अन्य सम्बन्ध र पारस्परिक परिचक्रसँग जोडिएको छ । यसको अन्तिम लक्ष्य भनेको मान्छे र प्रकृतिको आदिम साइनो पनि हो, जसको चक्रमा यो सिङ्गो ब्रह्माण्डको अस्तित्व अनादिकालदेखि नै रहिआएको छ । 

धार्मिक किंबदन्तीअनुसार देवीले दैत्यहरूको नाश वा बध गरेपछि त्यसलाई उत्सवका रुपमा मनाउने क्रममा दशैँ स्थापित भएको मानिन्छ । त्यसैलाई विजयादशमी पनि भन्ने गरिन्छ । अनि कतिपय शास्त्रमा रामले देवीको पूजा गरेपछि रावणमाथि विजय प्राप्त गरेका मान्यताहरू स्थापित छन् । हिन्दू परम्परामा मानिँदै आएका कोटीकोटी देवीदेवता वा भगवानमध्ये दशैँमा खासगरी शक्तिपीठ अर्थात देवीहरूको पूजा हुन्छ । त्यो भनेको दशैँ असत्यमाथि सत्यको विजयोत्सवका रुपमा पनि लिइन्छ । यस अर्थमा दशैँलाई शक्ति उपासनाको पर्वका रुपमा लिन सकिन्छ । 

हिन्दू शास्त्रहरूमा यसका आ–आफ्नै विधि र प्रक्रिया छन् । जस्तो कि विजयादशमीका बेला हामीले लगाउने टीका, जमरा अनि आर्शीर्वादका पनि आफ्नै मान्यता र अर्थ छन् । यसका वैज्ञानिक व्याख्यातिर नजाने हो भने यी दशैँका यी सबै अवयवहरूमा मानव सभ्यताका गहिरा अर्थहरू गाँसिएका छन् । जस्तो कि– दशैँका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्त दशैँमा टीका लगाउँदा यसरी आर्शीर्वाद दिने चलन छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्योधने ।।
सौर्य शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते ।
विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसमा अष्ठ चिरञ्जीविको जस्तो दीर्घायू, राजा दशरथको जस्तो धन सम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति, भीष्मका पराक्रम अनि कृष्णका दाजु बलरामको शक्ति, युधिष्ठिरको सत्यवादिता, विदूरको ज्ञान–विज्ञान अनि नारायणको अविनाश कीर्तिहरूको सन्देश गाँसिएको छ । खासगरी पुरुषहरूलाई दिइने यस्तो आशीर्वादमा मात्रै धर्म वा किंबदन्ती छैनन् । बरु यसमा ज्ञान–विज्ञानका कुरा पनि गाँसिएका छन् । यसरी दशैँ र यसलाई मनाउने तरिका अनि परम्परामा विज्ञान पनि मिसिएको छ । हामीले दशैँका बेला अपनाउने कतिपय संस्कार वैज्ञानिक पनि छन् । यी अनुसन्धानले पनि प्रमाणित गरेका कुरा हुन् । 

जयन्ती मङगला काली भद्रकाली कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते ।।

महिलाका लागि टीका, जमरासँगै दिइने यो आशीर्वादको अझ गहिरो अर्थ लाग्छ । यो भनेको हाम्रा सृष्टिका हरेक नारीहरूको सम्मान हो । अर्थात् नारीलाई देवीशक्तिका रुपमा पूजा गर्ने हाम्रो सनातन परम्पराअनुसार नारीलाई देवीकै अवतारका रुपमा लिइन्छ । यसरी दशैँले मानव सभ्यता र यसको सृष्टीलाई धर्मका माध्यमद्वार बलियो गरी बाँधेको हुन्छ । 

अर्को हिसाबबाट हेर्ने हो भने दशैँका सामाजिक अनि आर्थिक शास्त्र पनि छन् । वर्षायामभरि खेतीपाती सकेर यो समयमा हरेक किसानले आनन्दपूर्वक दशैँ मनाउने गर्छन् । टाढा टाढा रहेका आफन्त अनि परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी र आत्मियता साट्ने यो पर्वको आफ्नै सामाजिक मान्यता पनि छन् । यसबेला बजार पनि चलायमान हुन्छ । नयाँ नयाँ सामान भित्र्याउने अनि किनमेलका लागि यो पर्वले राज्यको अर्थबजारलाई पनि गतिशील बनाइरहेको हुन्छ ।

तसर्थ, दशैँ आफैँमा धार्मिक पर्व त हो नै, त्यसका लागि सामाजिक अनि आर्थिक हिसाबले पनि दशैँ एउटा परिवार, समाज मात्रै नभइ सिङ्गो राष्ट्रका लागि पनि महत्वपूर्व अवसर मानिन्छ । योसँगै सुरु हुने तिहार अनि छठपर्वले पनि एकअर्को समुदायलाई धार्मिक र आत्मिक गाथामा बाँधेको हुन्छ । यसबाट हाम्रो सनातन समाजको सहिष्णुता र मिलाप दर्साउँछ । त्यसमा पनि नेपाल आफैँमा एउटा बहुधार्मिक अनि बहुसांस्कृतिक समाज मिलेर बनेको एउटा सार्वभौम र स्वायत्त राष्ट्र हो । त्यसैले पनि यहाँका परम्परा अनि संस्कृतिहरूको पहिचान विश्व माझमै अलग प्रकारको छ । 

जे होस् अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वले सामाजिक सद्भाव, भ्रातृत्व अनि हरेक समुदाय र समाजलाई प्रेमिल बनाउन सघाइरहेका हुन्छन् । त्यसैले पनि नेपाली समाज आफैँमा सभ्यता र संस्कृतिको विराट भूमि पनि हो । दशैँ, तिहार र छठ पर्वको यो पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा दीर्घायु, उन्नति अनि समृद्धिको शुभकामना ।


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात !
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात ! मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP